Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

आजबाट सञ्चालनमा आयो खुर्काेटको बेलिब्रिज १५ टन भन्दा बढीको तौल नथाम्ने 

नेपाल अभियान नेपाल अभियान
६ कार्तिक २०८१, मंगलवार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
54
SHARES
Share on FacebookShare on Twitter

 रामेछाप,६ कार्तिक । खुर्कोट स्थित सुनकोसी नदीमा निर्माण गरिएको बेलिब्रिज सञ्चालनमा आएको छ । उक्त बेलिब्रिजको मङ्गलवार दिउँसो भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले रिवनकाटेर उद्घाटन गरेसँगै सञ्चालनमा आएको हो । 
यहीअसोज महिनाको  ११ र  १२ गते परेको अविरल वर्षापछि आएको बाढीले सुनकोसी नदीको पुल बगाएपछि रामेछाप र ओखलढुङ्गा सँगको तराइ र काठमाण्डाै सँगकाे िसधा सडक सञ्जालकाे सम्पर्क टुटेको थियो । जसका कारण सर्वसाधारणको यात्रा र सामान ढुवानीमा समस्या हुँदै आएको थियो । 
पुल वगाउना साथ  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको अगुवाइमा पुल बनाउने जिम्मा नेपाली सेनालाई दिइएको थियो । नेपाली सेनाको अनवरत प्रयत्नको १८ दिन पछि मङ्गलवार वाट उक्त पुल सञ्चालनमा आएको छ । सेनाको प्राविधिक टोलीले २४ घण्टाको प्राविधिक परीक्षणका आधारमा ५१ मिटर लामो स्पान भएको   बेली ब्रिज सञ्चालनमा ल्याएको थियो । 
पुलको उद्घाटन सँगै पुल जोडिएको भूभागमा पर्ने मन्थली नगरपालिकाले पुल निर्माणमा लागि पर्ने नेपाल सरकार  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्बन्धित सबै जन प्रतिनिधि लगायत सबै सरोकारवाला हरूलाई एक औपचारिक कार्यक्रमका बिच धन्यवाद दिएको थियो ।
 कार्यक्रमका सहभागी सबैलाई मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले धन्यवाद दिनु भएको थियो । उहाँले पुल बगाएको छोटो समयमा सरकारले बेलीब्रिज निर्माण गरेको भन्दै त्यस अभियानमा अहोरात्र खट्ने नेपाली सेना र सक्रियताका साथ लागि पर्नु हुने जन प्रतिनिधि र सबै शुभ चिन्तकहरूलाई पनि धन्यवाद दिनु भएको थियो । सो अवसरमा उहाँले असोज १० देखि १२ मा आएको बर्षादले उक्त पुल बाहेक मन्थली नगरपालिकामा भएको क्षतिको बारेमा जानकारी गराउनु हुँदै त्यसको निर्माण र पुनः निर्माणका लागि सङ्घीय सरकार सँग अनुरोध गर्नु भएको थियो । 
सोही अवसर पारेर मन्थली नगरपालिका र भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले  बेलीब्रिज निर्माण कार्यमा खटिएका प्राविधिक एवं नेपाली सेनाका जवानहरूलाई सम्मान गरेको थियो ।  
कार्यक्रमलाई सम्बोधन गर्दे भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सरकारले उच्च प्राथमिकतामा राखेर खुर्काेटमा छोटो समयमा पुल निर्माण भएको भन्दै यसका लागि अहोरात्र लागि पर्ने नेपाली सेना धन्यवादको पात्र रहेको बताउनुभयो । उहाँले बेलीब्रिज सञ्चालनमा आएसँगै यसको स्थायित्व र बाढीले ध्वस्त बनाएको बिपी राजमार्गको पुनः निर्माण तथा वैकल्पिक सडकको लागि  पनि सरकार गम्भीरताका साथ तत्काल लागि पर्ने विश्वास व्यक्त गर्नु भयो ।
 कार्यक्रममा बोल्दै ऊर्जा जलश्रोत तथा सिँचाई राज्य मन्त्री पूर्ण बहादुर तामाङले सोचे भन्दा पनि छोटो समयमा पुल निर्माण भएकोमा खुसी व्यक्त गर्दै सङ्कटको वेला र  जिल्लाको कुनै पनि विकास निर्माणको काममा आफूले कुनै कसुर नराख्ने बताउनु भयो  । अब सरकारको  ध्यान खेैरेनिघाटमा बगाएको पक्की पुलको ठाउँमा बेली ब्रिज निर्माण र बाढीले ध्वस्त पारेको बाँकी सडक लगायतका  संरचना निर्माण  तर्फ केन्द्रित हुने आश्वासन पनि दिनुभयो ।  
  सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ र रामेछापको मन्थली नगरपालिका–६ जोड्ने सुनकोसी नदीको पुल (बेलिब्रिज) निर्माण भएसँगै आजै देखि सो पुल पुनः सञ्चालनमा पनि आएको छ । बाढीले सुनकोसी नदीमाथि रहेको रामेछाप तर्फको  पुलको आधा भाग बगाए सँगै विगत एक महिना अघिदेखि  यातायातका साधन सञ्चालन हुन सकेका थिएनन् ।
 उक्त पुल लामो स्पानमा रहेकोले त्यसले एक पटकमा १५ टन क्षमताको भार मात्र बहन गर्न सक्ने जानकारी पनि नेपाली सेनाले गराएको छ । कार्यक्रममा रामेछाप सिन्धुली र ओखलढँुगा  जिल्ला जन प्रतिनिधि र राजनीतिक दलका नेताहरूले पनि पुल निर्माणमा सहयोग गर्ने नेपाल सरकार र उक्त कर्ममा लाग्ने नेपाली सेनालाई धन्यवाद  दिँदै क्षति पुगेका सडक सिँचाई बजार व्यवस्थापन लगायतको क्षेत्रमा पनि सरकारलाई पहिलो प्राथमिकतामा राखेर तत्काल काम गर्न पनि सुझाव दिएका थिए ।   

 

Share22Tweet14Share4

Related Posts

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

६ कार्तिक २०८१, मंगलवार
साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित
प्रदेश नं ३

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित

६ कार्तिक २०८१, मंगलवार
जातीय छुवाछुत कायमै
विविध

जातीय छुवाछुत कायमै

६ कार्तिक २०८१, मंगलवार
युवराज श्रेष्ठ सहित चार जना पत्रकार सम्मानित
शिक्षा

युवराज श्रेष्ठ सहित चार जना पत्रकार सम्मानित

६ कार्तिक २०८१, मंगलवार
खिम्तीमा बाल प्रतिभा पहिचाहन कार्यक्रम
समाचार

खिम्तीमा बाल प्रतिभा पहिचाहन कार्यक्रम

६ कार्तिक २०८१, मंगलवार
अमेरिकामा अन्तराष्ट्रिय नेपाल साहित्य समाज  द्धारा विविध कार्यक्रम
कारोबार

अमेरिकामा अन्तराष्ट्रिय नेपाल साहित्य समाज द्धारा विविध कार्यक्रम

६ कार्तिक २०८१, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.