Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

 नेपाल राष्ट्रिय अभिभावक सङ्घ रामेछापको अध्यक्षमा शङ्कर थापा 

नेपाल अभियान नेपाल अभियान
१४ मंसिर २०८१, शुक्रबार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
60
SHARES
Share on FacebookShare on Twitter

 नेपाल राष्ट्रिय अभिभावक सङ्घ रामेछापको अध्यक्षमा शङ्कर थापा 

रामेछाप । नेपाल राष्ट्रिय अभिभावक सङ्घ रामेछापको अध्यक्षमा शङ्कर थापा निर्वाचित हुनु भएको छ ।  जिल्लामा पहिलो पटक नेपाल राष्ट्रिय अभिभावक सङ्घको मन्थलीमा सम्पन्न अधिवेशनले थापाको अध्यक्षतामा १४ सदस्सीय जिल्ला कार्य समिति चयन गरेको हो ।  

अधिवेशनले  विद्यालयमा अध्ययनरत छात्र छात्राहरूलाई न्यानो कपडा वितरण गर्दे आफ्नो पहिलो जिल्ला अधिवेशन  सम्पन्न गरेका छ । उसले बिहीबार मन्थली नगरपालिका १ को नाग कन्या माविका विद्यार्थी हरूलाई कपडा वितरण गरेर प्रथम जिल्ला अधिवेशन सम्पन्न गरेको हो ।  

 अधिवेशनको उद्घाटन  मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले गर्नु भएको थियो । सो अवसरमा उहाँले नयाँ नेतृत्वमा आएको समिति र तिनका पदाधिकारीहरूलाई बधाई दिँदै अभिभावक सङ्घको  भूमिका जिल्ला र नगरको शैक्षिक विकासका लागि सदुपयोग हुनु पर्ने धारणा राख्नु भयो । कार्यक्रममा नेपाल राष्ट्रिय अभिभावक सङ्घका अध्यक्ष कोषबहादुर जिसीले समेत सम्बोधन गर्नु भएको थियो  

कार्यक्रममा मन्थली नगर उप प्रमुख ईश्वरी बस्नेत,नेपाल राष्ट्रिय अभिभावक सङ्घका केन्द्रीय अध्यक्ष लगायतका केन्द्रीय   सदस्यहरू, लगायत प्रदेशका पदाधिकारी तथा सदस्यहरू र प्रदेशका पदाधिकारीहरू लगायतका वक्ताहरूले अधिवेशन सफलताको कामना गरेका थिए ।कार्यक्रममा  अभिभावक, शिक्षक, विद्यार्थी हरूको सहभागिता रहेको थियो ।

 सङ्घ अध्यक्ष शङ्कर बहादुर थापाको अध्यक्षतामा भएको अधिवेशनले   उपाध्यक्षमा पुरुषोत्तम घिमिरे र महिला उपाध्यक्षमा यमकुमारी घिमिरे लाई चयन गरेको छ  । त्यस्तै सचिवमा प्रज्ञान खड्का, सहसचिवमा मीनप्रसाद घिमिरे, कोषाध्यक्षमा पूर्णबहादुर लामा र  कोषाध्यक्षमा शिवहरि उप्रेती चुनिनु भएको छ । त्यसैगरि अधिवेशनले जगन्नाथ दाहालको संयोजकत्वमा सल्लाहकार समितिको पनि गठन गरेको जानकारी नव निर्वाचित अध्यक्ष शङ्कर थापाले दिनु भएको छ । 

कार्यक्रमका अवसरमा केशरबहादुर थापा अन्तरे स्मृति समाजले नाग कन्या मावि मन्थलीका विद्यार्थी र शिक्षक हरूलाई समेत  न्यानो कपडा वितरण गरेको थियो  । स्मृति समाजले सो विद्यालयका शिशुदेखि १० कक्षासम्म अध्ययन गर्ने विद्यार्थीलाई ट्रयाकसुट वितरण गरेको हो । न्यानो कपडा कार्यक्रमका प्रमुख अतिथि लव श्रेष्ठले विद्यालयकी प्रधानाध्यापक सुमित्रा खड्का कार्की मार्फत सबैका लागि न्यानो कपडा  समाजले हस्तान्तरण गरेको हो । 

Share24Tweet15Share4

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१४ मंसिर २०८१, शुक्रबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१४ मंसिर २०८१, शुक्रबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१४ मंसिर २०८१, शुक्रबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१४ मंसिर २०८१, शुक्रबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१४ मंसिर २०८१, शुक्रबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१४ मंसिर २०८१, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero