Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

काठमाण्डौमा दक्षिण एसियाली अन्तराष्ट्रिय महोत्सव हुँदै

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१३ पुष २०८१, शनिबार
in शिक्षा, समाचार, समाज
0
30
SHARES
Share on FacebookShare on Twitter

मन्थली,१३ पुष । नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघले यही पुष १७ गते देखि काठमाण्डौको भृकुटीमण्डपमा दक्षिण एसियाली अन्तराष्ट्रिय महोत्सव हुने भएको छ ।


पठन संस्कृतिको विकास र प्रवद्र्धन गरी देशमा शैक्षिक, बौद्धिक जनशक्ति उत्पादनको लक्ष्यसहित काठमाडौँमा दोस्रो दक्षिण एसिया अन्तराष्ट्रिय पुस्तक प्रर्दशनी–२०८१ आयोजना गर्न लागिएको हो ।


नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा ५ दिन सम्म उक्त प्रदर्शनी हुन लागेको हो ।


महासङ्घ र करेन्ट मिडिया दुबै संस्थाद्वारा गत वर्षदेखि सुरु गरिएको प्रदर्शनीलाई निरन्तरता दिँदै यही पौष १७ गते देखि २१ गतेसम्म सञ्चालन हुने प्रदर्शनी पुस्तक र शिक्षासँग सरोकार राख्ने व्यक्ति र संस्थाका लागि आकर्षणको केन्द्र बन्दै गएको बताइएको छ ।


“चेतनाका लागि गुणस्तरीय शिक्षा, गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय शैक्षिक सामग्रीको सिद्धान्त र आवश्यकता” भन्ने मूल नारालाई आत्मसाथ गरी प्रर्दशनी आयोजना गर्न लागेको नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघका अध्यक्ष शिव सागर शर्माले बताउनुभयो ।


प्रदर्शनीमा दक्षिण एसियाका देशहरु नेपाल, चीन,भारत सहितका अधिकांश देश र अन्य देशका प्रकाशक,उत्पादक तथा वितरकहरूको सहभागिता रहने महासंघका महासचिब विष्णु प्रसाद पौडेलले बताउनुभयो ।


प्रदर्शनीमा १५० भन्दा बढी स्टलहरू रहनुका साथै देश तथा विदेशका एक सय पचास भन्दा बढी प्रकाशक तथा उत्पादकहररूको जमघट हुने महासंघका सचिब महेश शर्माले बताउनुभयो ।


प्रर्दशनीमा पुस्तकका साथै नेपालसहित विश्वका विभिन्न देशमा उत्पादित शैक्षिक सामग्री प्रदर्शनमा राखिने छ । प्रदर्शनीमा नेपालबाट मात्र नभई दक्षिण एसियाली क्षेत्रका धेरै राष्ट्रहरू र चीनको समेत महत्वपूर्ण सहभागिता रहने भएकाले स्वदेशी तथा विदेशी शैक्षिक सामग्रीहरूको अवलोकन, आयात, निर्यात जस्ता कुरामा सहज वातावरण बन्ने र विभिन्न देशका उत्पादकबीच आपसी सहकार्यको वाताबरण बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको पनि अध्यक्ष शर्माले बताउनुभयो ।


उहाले भन्नुभयो –“महोत्सवले दक्षिण एसियाली राष्ट्रहरूबिच शिक्षा, साहित्य, कला, संस्कृति र सञ्चारको आदानप्रदानको माध्यमबाट समेत आपसी सम्बन्ध प्रगाढ बनाउनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास हामीले लिएका छौं । ”


महोत्सव राष्ट्रिय शिक्षा क्षेत्रका सरोकारवाला निकाय,संघ संस्था र व्यावसायिक प्रतिष्ठानहरूका लागि उपयुक्त सल्लाह,सुझाव उपलब्ध गराउने स्थल बन्ने अपेक्षा महासंघले लिएको छ ।


महोत्सवमा नेपाल तथा अन्य देशका समेत शैक्षिक,आर्थिक,सामाजिक तथा विभिन्न बिषय र क्षेत्रका विज्ञहरू बीच बहस र छलफल,अन्तरक्रिया समेत गरिने भएकाले सबैका लागि उपलब्धिमूलक बन्ने महोत्सव प्रचार–प्रसार समितिका सह –सयोजक पुरोषतम दाहालले बताउनुभयो ।


देशभरबाट पुस्तक तथा शैक्षिक सामग्रीसँग जोडिएका २ हजार भन्दा बढी व्यवसायी र विदेशबाट एक सयभन्दा बढी अतिथिहरु सहभागि हुने र एक दर्जन भन्द बढि देशका प्रकाशकहररूले प्रर्दशनीमा सहभागिता जनाउने महासंघका उपाध्यक्ष नारायण श्रेष्ठले बताउनुभयो ।

Share12Tweet8Share2

Related Posts

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

१३ पुष २०८१, शनिबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

१३ पुष २०८१, शनिबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

१३ पुष २०८१, शनिबार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

१३ पुष २०८१, शनिबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

१३ पुष २०८१, शनिबार
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

१३ पुष २०८१, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero