Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

वडा कार्यालयको नयाँ काम, पर्यटन प्रवर्धनका लागि चिसापानीको स्वाभिमान

नेपाल अभियान नेपाल अभियान
१६ पुष २०८१, मंगलवार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
23
SHARES
Share on FacebookShare on Twitter


रामेछाप १६ पुस । आफु निर्वाचित भएको वडामा नयाँ नयाँ काम गर्दे आउनु भएका मन्थली नगरपालिका वडा नं ८ का वडा अध्यक्षले सोमबार पनि पुनः आफनो वडामा नयाँ कामको सुरुवात गर्नु भएको छ ।

उहाँले आफू निर्वाचित भएको ‘९२५ दिन’ पुगेका शुभ दिनको अवसर पारेर चिसापनीलाई पर्यटन विकासको आधार बनाउने प्रतिवबद्धता सहितको कार्यक्रमको आयोजना गर्नुभयाे ।


मन्थली नगरपालिका भित्र मात्र नभएर जिल्लाका प्रमुख धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्त्विक एवं पर्यटकीय सम्भावना बोकेको ऐतिहाँसिक चिसापानि गढि र स्थानीय भिमेश्वर मन्दिर र तामाकोसी नदीवाट मन्दिर सम्म पुग्ने ३ हजार ६ सय वटा पक्की सिँढि पार गर्दै चिसापानीको नेवार समुदायमा स्थापित लाखे नाच, देवी नाच, नेवारी संस्कृतिसँग सम्बन्धित विभिन्न नाच, पञ्चेबाजा, श्री स्वस्थानी नाच सहितको साङ्गीतिक प्रस्तुति प्रदर्सन गरीएकाे िथयाे ।

आन्तरिका तथा वाह्य पर्यटनको आर्कर्षण बढाउने मुल उदेश्यका साथ अायाेजना गरीएकाे उक्त कार्यक्रमका सहभागिहरूलाइ स्वागत गर्दै प्रचारप्रसारको प्रारम्भ गरिएको हो ।


वडा कार्यालयले आफनो वडा भित्र रहेका प्रमुख स्थलहरूको प्रचारप्रसार गर्ने उद्देश्यले सोमबार रोयल इनफिल्ड समुह रामेछापका युवाहरुको सहयोगमा सदरमुकाम मन्थली देखि वडा कार्यालय भिमेश्वर मन्दिर हुँदै चिसापानी गढी सम्म ‘बुलेट यात्रा’ गराएर छुट्टै नयाँ कामको थालनी गरेको जानकारी वडा अध्यक्ष गोपाल श्रेष्ठले गराउनु भयो ।


मन्थलीबाट लुक्ला उड्ने विदेशी पर्यटकहरूको सिजनमा निक्कै बाक्लो भिड लाग्ने गर्दछ । ती पर्यटकलाई चिसापानी लगेर पर्यटन प्रवर्धन गर्न सकिने उहाँको धारणा छ । त्यसकै लागि पर्यटन प्रवर्धनको काम अघि बढाइएको उहाँले बताउनुभयो । यसको लागि गाउँमा नै होमस्टेहरू समेत बनाउने काम सुरु भएको पनि वडा अध्यक्षले जानकारी दिनुभयो ।


त्यसैगरी उहाँले सदरमुकाम बाट नजिकको दुरिमा पर्ने भएकै कारण गर्मीमा अति गर्मी हुने मन्थली आउने पर्यटकलाई गर्मी छल्ने उपयुक्त थलो पनि चिसापानी हुने विश्वासका आधारमा पनि वडा कार्यालयले सोहि अनुसारको कार्य योजना बनाएर काम गर्दे आएको पनि वडा अध्यक्ष श्रेष्ठले बताउनु भयो । उहाँले भन्नुभयो – त्यसका लागि ‘मन्थली आउने पर्यटकहरुका लागि एक मात्र आरामदायी र उपयुक्त स्थान भनेको चिसापानीनै हो ।

सदरमुकाम मन्थलीबाट छोटो दूरीमा रहेको र प्रमुख पर्यटकीय सम्भावना बोकेको भीमसेन मन्दिर र गढीको प्रचारप्रसार गरि ति दुवै स्थानबाट सदरमुकाम मन्थली बजार नजिकै रहेको तामाकोशि नदि,रनजोर र शुकाजोर खाला र आसपासको मनोरम प्राकृतिक दृष्याअवलोकन गराएर यसमा पनि पर्यटनको विकास सम्भव छ भन्ने कुरालाई ब्यवहारीक रुपमा पुष्टि गर्नका लागि करिव २ दर्जन बुलेट बाइकसहितको टोलीले ति भु– भागहरुको भ्रमण र अवलोकन गरेको थियो ।


‘चिसापानी गढी’ र भिमशेन मन्दिर मन्थली बाट नजिकको दुरिमा पर्ने र नगरकै प्रमुख पर्यटकीय सम्भावना बोकेको स्थल मानिन्छ । बुलेट बाइकसहितका रोयल इन्फिल्ड टोलिलाई चिसापानि तर्फ प्रस्थान गर्नु अघि मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले खादा माला र अविर लगाएर विदाई गर्नु भएको थियो ।


नेपालको राष्ट्रिय झण्डा सहित वडा कार्यालयमा पुगेको रोयल इन्फिल्ड मोटर साईकल टोलिलाई नगरका प्रवक्ता समेत रहेका वडा अध्यक्ष गोपाल श्रेष्ठले स्वागत तथा ऐतिहासिक स्थलको पनि अबलोकन भ्रमण गराउनु भएको थियो । सो अवसरमा स्थनियहरुले पनि उल्लेखनिय उपस्थितिका विच टोलीलाई स्वागत गरेको थियो ।


आफू निर्वाचित भएको ‘९२५ दिन’ सम्ममा आईपुग्दा वडा अध्यक्ष श्रेष्ठले नगरका सवै वडाहरुलाई उछिन्दै ब्यवस्थीत पुर्ण मापदण्ड युक्त र आधुनिक वडा कार्यालय भवन निर्माण सँगै कार्यालय संचालन मार्फत नागरिकहरुको कामलाई शुसासनमा जोड्ने प्रयास अनुरुप कार्यालय र कर्मचारीको आन्तरिक काममा सुधारको ब्यवस्था मिलाउनु भएको छ ।


त्यसैगरी वडा भित्र रहेका स्थानीय धारा, पँधेरा, मठ मन्दिरहरू मर्मत लगायतका काम पनि भइरहेका छन् । सोहि कामका आधारमा वडा कार्यालयले चिसापानीलाई नमुना गाउँ बनाउने अभियानका साथ विधि र नितिका आधारमा काम सुरु गरि रहेको छ ।


कार्यालयको आसपासका एतिहासिक चिजहरुको सँरक्षण र सम्बर्धन,वडाको मुख्य सडकको सुन्दरता अभिवेद्धिका लागि हरित सडक अन्तरगत सडकको लामो दुरि सम्म सयौ बृक्षारोपण र त्यसको सँरक्षणको ब्यवस्था पनि मिलाउनु भएको छ ।


मानिसहरुको चहल पहल र आगमन हुने ठाउँहरुमा सुन्दर खालका दर्जनौ यात्रु प्रतीक्षालय निर्माण जस्ता पर्यटकलाई आवश्यक पर्ने विभिन्न पुर्वाधारहरु र उज्यालो चिसापनि अभियान अन्र्तगत सडक बत्तिको ब्यवस्थापन र वडा भित्रका नागरिकहरुको स्वास्थय तथा सर सफाईका लागि पनि आवश्यक ब्यवस्था वडा कार्यालयले मिलाएको छ ।


सो अवसरमा वडा अध्यक्ष श्रेष्ठले ‘चिसापानी पूर्वाधार,चेतना,सम्पदा, भाषा, धर्म, शिक्षा, स्वास्थ्य’ जस्ता सबै हिसाब सम्पन्न रहेको भन्दै वडा भित्र रहेका प्रमुख पर्यटकिय स्थलहरुको ब्यवस्थापनमा वडाले निकै छलाङ्ग मारी सकेको ठोकुवा गर्दे आफनो कार्यकालमा बाँकि कामहरु पनि अधिकाँश जस्तो पुरा गरि भावि दिनमा पर्यटन विकास मार्फत चिसापानिको सम्बृद्धिको ढोका खोल्ने दावि गर्नु भयो ।


कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्थली नगर प्रमुख लव श्रेष्ठले चिसापानीको सांस्कृतिक र सभ्ययता अभिवृद्धि गर्दे वडाको समृद्धिको लागि यहाँको पर्यटन विकासको सम्भवना भएको र सोहि अनुसार वडा कार्यालयले पनि काम गर्दै आएको बताउनु भयो । यसका लागि नगरले पनि आवश्यक गर्दै आएको र भोलिका दिनमा पनि नगरले नगरले पनि दिगो पर्यटकीय प्रचारप्रसारको लागि सक्दो सहयोग गर्दे जाने पनि प्रमुख श्रेष्ठले आश्वासन दिनु भयो । उहाँले वडाले पनि त्यसका लागि प्रशंसनीय काम गरेको भन्दै अभियानमा सबैलाई सहयोग गर्न आग्रह गर्नु भयो ।


प्रमुख श्रेष्ठले जिल्लाको पर्यटन प्रचारप्रसार गर्ने बुलेट टिम अभियानसहित लागि परेकोमा धन्यवाद दिँदै मन्थलीमा रहेका तिल्केस्थान गढी , चिसापानी गढी भिमसेन स्थान मन्दिर र वहिरा महादेव जस्ता ऐतिहाँसिक सम्पदाहरुलाई सबै मिलेर प्रचारप्रसार गरिदिन पनि आग्रह गर्नु भयो ।


उहाँले मन्थली विमानस्थलबाट हुने लुक्ला उडानका पर्यटकहरूलाई गढीहरूको अवलोकन गराउन सकिने सम्भावना रहेको र त्यसका लागि मन्थली नगरका ४÷५ वटा रुट बनाएर पर्यटनको गन्तब्य बनाउने योजना नगर सँग रहेको स्पष्ट पार्नु भयो । यस बाहेक माझी र नेवार समुदायको मौलिक संस्कृतिले पनि पर्यटकलाई आकर्षित गर्ने उहाँको धारणा छ ।

मन्थलीबाट चिसापानीसम्म पक्की सडक बनेपछि चिसापानी र मन्थलीका दुरी छोट्टिएको छ । अब मन्थलीबाट चिसापानी २० मिनेटमा पुग्न सकिने भएको छ । जसले गर्दा मन्थली आएका आन्तरिक तथा वाह्य पाहुनालाई ग्रामीण परिवेशको आनन्दसहित स्थानीय संस्कार र सांस्कृतिक अवलोकन गर्ने उचित थलो चिसापानी हुनुसक्ने स्थानिय अगुवा रसोेक श्रेष्ठले बताउनुभयो ।

Share9Tweet6Share2

Related Posts

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१६ पुष २०८१, मंगलवार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

१६ पुष २०८१, मंगलवार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

१६ पुष २०८१, मंगलवार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

१६ पुष २०८१, मंगलवार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

१६ पुष २०८१, मंगलवार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

१६ पुष २०८१, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero