Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मेयर र सिडियोले सफा गरिदिनु पर्ने मन्थली बजार !

नेपाल अभियान नेपाल अभियान
२ आश्विन २०७६, बिहीबार
in समाचार
0
1.4k
SHARES
Share on FacebookShare on Twitter

२ असोज, २०७६

मन्थली- बिहिबार विहान ७ बजे मन्थलीको मुख्य चोक मानिने देबकोटा चोकमा जिल्ला समन्वय समितिका प्रमुख देखि रामेछापका प्रमुख जिल्ला अधिकारी सहितको एक समूह जम्मा भयो । त्यहि समूहमा रामेछाप उद्योग बाणिज्य संघका पदाधिकारीले मन्थली बजार सरसफाईमा सहभागिताको लागि सबै व्यवसायि तथा घरधनीहरुलाई माईक मार्फत आउन अनुरोध गरिरहेका थिए । बाणिज्य संघले बजार सरसफाईमा सहभागि हुन गरेको अनुरोधलाई बल्ल-बल्ल स्वीकार गरेर केही व्यवसायि र घरधनीहरु निस्किए ।

बजार सरसफाईको लागि तयारी अवस्थामा रहेको समूहमा केही व्यवसायि तथा घरधनीहरु आएर मिस्सिए पछि सबै जना देबकोटा चोकबाट मदनआश्रित चोक सम्म फोहोर संकलन तथा बजार सफा गर्दै टोली अगाडी बढ्यो । जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्का, मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेत, प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डे, उद्योग बाणिज्य संघका अध्यक्ष श्याम थापा, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रमुख, भूपू सैनिक संघका पदाधिकारी, पत्रकार लगायतको टोलीले घर अगाडि थुप्रिएको फोहोर टिप्दै हिड्यो तर, अधिकांस व्यवसायि र घरधनी बाहिर समेत निस्किएनन् ।

कार्यक्रम थियो संविधान दिवसको पूर्वसन्ध्यामा व्यवसायि र घरधनी सहित सबै मिलेर घरवरीपरी सरसफाई गर्ने । आफ्नो घरवरीपरी भएको फोहोर अरुले टिपिदिँदा बाहिर समेत ननिस्किने व्यवसायि, घरधनी र कोठाबहालमा बस्नेहरु नागरिकको दायित्वबाट भाग्न खोजेको सरसफाईमा सहभागीहरुको भनाई रहेको छ ।

यस्तो सरसफाई कार्यक्रम विहिबार मात्रै नभएर विभिन्न दिवसिय कार्यक्रममा पनि हुँदै आएका छन् । कार्यक्रमबाट सबैले आफ्नो घर तथा पसल आसपासमा भएको फोहोर आफैले सफा गर्नु पर्ने कुरा सिकुन भनेर सचेतना जगाईने गरिएको छ । तर अधिकांस बजारबासीहरु फोहोरलाई व्यवस्थापन गर्नुको साटो भाग्ने गरेको प्रत्यक्षदर्सी स्थानीय दिपक खड्काले बताउनुभयो ।

‘मैले एक दिन सफा गरेर हुँदैन, बजारबासीले सधै गर्नुपर्छ’ : नगर प्रमुख बस्नेत

मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले स्थानीय सरकार प्रमुख, सरकारी कार्यालयका प्रमुख लगायतले बजार सफा गरिदिएर मन्थली बजार सधै सफा नहुने प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो– ‘हामीले सांकेतिक रुपमा गर्ने हो, त्यसमा साथ र सहयोग बजारबासीकै चाहिन्छ । नगरपालिकाले नीति र नियम बनाएर लागु गर्छ तर त्यसको कार्यान्वयन गर्ने मुख्य पक्ष भनेको आम नागरिकनै भएकाले यसलाई सबै नागरिकले आफ्नो दायित्व हो भनेर सम्झिनु पर्छ ।’ संविधान दिवसको पूर्वसन्ध्यामा सुरु गरिएको बजार सरसफाईलाई बजारबासीले निन्तर रुपमा गर्नु पर्ने नगर प्रमुख बस्नेतको जोड रहेको छ । मन्थली बाजरको फुटपाथलाई थप व्यवस्थित बनाउने गरी नगरपालिका लागेको र त्यसलाई कडाईका साथ लागु गरेर कार्यान्वयन गराएरै छाड्ने नगर प्रमुखले प्रतिबद्धता जनाउनुभयो ।

जिल्ला स्तरीय संविधान दिवस मूल समारोह समिति रामेछापको आयोजना तथा उद्योग बाणिज्य संघ रामेछापको संयोजनमा बजार सरसफाई गरिएको हो ।

Share1348Tweet37Share10

Related Posts

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

२ आश्विन २०७६, बिहीबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

२ आश्विन २०७६, बिहीबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

२ आश्विन २०७६, बिहीबार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

२ आश्विन २०७६, बिहीबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

२ आश्विन २०७६, बिहीबार
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

२ आश्विन २०७६, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero