मन्थली,१७ साउन । रामेछाप सदरमुकाम मन्थलीलाई खाँडादेवी, दोरम्बा शैलुङ र सुनापति गाउँपालिकासँग जोड्ने तथा काठमाडौं जाने वैकल्पिक मार्गका रुपमा रहेको भटौली खोलाको पक्की पुल खोलाको कटानका कारण ठुला सवारी साधन को आवागमन रोकिएको छ ।

शुक्रबार राति परेको अबिरल बर्षाका कारण आएको बाढीले पुलको पकरवार तर्फको किनार कटान गरेपछि ठूला सवारी साधनको आवागमन पूर्ण रूपमा रोकिएको हो ।
मन्थली नगरपालिका–७ र खाँडादेवी गाउँपालिका–४ पकरबास जोड्ने उक्त पक्की पुलको पकरबासपट्टि खोलाले भत्काएपछि सडकको एक भाग खोक्रो बनेको छ । दुई पाङ्ग्रे सवारी साधन बाहेक अन्य सवारी आवतजावत बन्द गरिएको स्थानीय केदार प्रसाद ढुंगेलले जानकारी दिनुभयो ।
यस अघि बिभिन्न सञ्चार माध्यममा यो पुल जोखिममा रहेको बिषयको समाचार प्रकाशन र प्रशारण भएपछि केही प्रदेश सांसद आनन्द श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापा, जिल्लाका सुरक्षा निकायका प्रमुखहरु सहितको टोलीले स्थलगत अवलोकन गरी सम्बन्धित निकायलाई मर्मतको काम गर्न निर्देशन दिएको थियो ।
मर्मतको लागि केही काम सुरु भएको भए पनि शुक्रबार रातिको अबिरल बर्षाले मर्मतका लागि बनाइएका संरचना समेत बताएको खाँडादेवी गाँउपालिका वडा नं –४ का वडाध्यक्ष कृष्ण प्रसाद पौडेलले बताउनुभयो । उहाले भन्नुभयो –‘अहिले तत्काल मर्मत नगरिए पुल नै जोखिममा पर्छ’ ।
उहाका अनुसार खोलाले कटान सुरु गरेपछि सम्बन्धित निकायलाई पहिले नै जानकारी गराएका थियौं तर ति निकायहरु ले चासो नदिएपछि यस्तो अबस्था आएको हो ।
रामेछापको तीन गाउँपालिकालाई सदरमुकाम मन्थलीसँग जोड्ने यो पुल रामेछाप–काठमाडौं वैल्पिक मार्गको रूपमा समेत प्रयोग हुँदै आएको छ । गत वर्ष खुर्कोटको पुल बगाएपछि दोलखा र रामेछाप र ओखलढुंगाका धेरै सवारी साधन यही बाटो भएर राजधानी आते जाते गर्ने गरेका थिए ।
हाल पनि खुर्कोटको पुलमा १५ टन भन्दा बढि भार बहन बोकेका सवारी साधनहरु यहि बाटो भएर जिल्ला सदरमुकाम मन्थली भित्रिने र काठमाण्डौ तथा तराइका बिभिन्न भागहरुमा आउने जाने गरेका थिए ।
पुल तत्काल मर्मत नगरिए रामेछापको दक्षिणी भेगसँग सदरमुकामको सम्पर्क नै विच्छेद हुने अबस्था रहेको छ । भने मन्थलीका लागि १५ टन भन्दा बढि खाद्यान्न लिएर आएका मालवाहक सवारी साधन पनि रोकिने छन् ।
बर्षादको मौसममा खोलाको बहाव अझै बढ्न सक्ने भएकाले तत्काल जोखिम व्यवस्थापन गर्नु पर्ने स्थानीय शिक्षक नारायण खत्रीले बताउनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया