Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

भटौली खोलामा आएको बाढिका कारण ठुला सवारी आवागमन बन्द

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१८ श्रावण २०८२, शनिबार
in विविध, समाचार, समाज
0
18
SHARES
Share on FacebookShare on Twitter

मन्थली,१७ साउन । रामेछाप सदरमुकाम मन्थलीलाई खाँडादेवी, दोरम्बा शैलुङ र सुनापति गाउँपालिकासँग जोड्ने तथा काठमाडौं जाने वैकल्पिक मार्गका रुपमा रहेको भटौली खोलाको पक्की पुल खोलाको कटानका कारण ठुला सवारी साधन को आवागमन रोकिएको छ ।


शुक्रबार राति परेको अबिरल बर्षाका कारण आएको बाढीले पुलको पकरवार तर्फको किनार कटान गरेपछि ठूला सवारी साधनको आवागमन पूर्ण रूपमा रोकिएको हो ।
मन्थली नगरपालिका–७ र खाँडादेवी गाउँपालिका–४ पकरबास जोड्ने उक्त पक्की पुलको पकरबासपट्टि खोलाले भत्काएपछि सडकको एक भाग खोक्रो बनेको छ । दुई पाङ्ग्रे सवारी साधन बाहेक अन्य सवारी आवतजावत बन्द गरिएको स्थानीय केदार प्रसाद ढुंगेलले जानकारी दिनुभयो ।

यस अघि बिभिन्न सञ्चार माध्यममा यो पुल जोखिममा रहेको बिषयको समाचार प्रकाशन र प्रशारण भएपछि केही प्रदेश सांसद आनन्द श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापा, जिल्लाका सुरक्षा निकायका प्रमुखहरु सहितको टोलीले स्थलगत अवलोकन गरी सम्बन्धित निकायलाई मर्मतको काम गर्न निर्देशन दिएको थियो ।
मर्मतको लागि केही काम सुरु भएको भए पनि शुक्रबार रातिको अबिरल बर्षाले मर्मतका लागि बनाइएका संरचना समेत बताएको खाँडादेवी गाँउपालिका वडा नं –४ का वडाध्यक्ष कृष्ण प्रसाद पौडेलले बताउनुभयो । उहाले भन्नुभयो –‘अहिले तत्काल मर्मत नगरिए पुल नै जोखिममा पर्छ’ ।


उहाका अनुसार खोलाले कटान सुरु गरेपछि सम्बन्धित निकायलाई पहिले नै जानकारी गराएका थियौं तर ति निकायहरु ले चासो नदिएपछि यस्तो अबस्था आएको हो ।
रामेछापको तीन गाउँपालिकालाई सदरमुकाम मन्थलीसँग जोड्ने यो पुल रामेछाप–काठमाडौं वैल्पिक मार्गको रूपमा समेत प्रयोग हुँदै आएको छ । गत वर्ष खुर्कोटको पुल बगाएपछि दोलखा र रामेछाप र ओखलढुंगाका धेरै सवारी साधन यही बाटो भएर राजधानी आते जाते गर्ने गरेका थिए ।


हाल पनि खुर्कोटको पुलमा १५ टन भन्दा बढि भार बहन बोकेका सवारी साधनहरु यहि बाटो भएर जिल्ला सदरमुकाम मन्थली भित्रिने र काठमाण्डौ तथा तराइका बिभिन्न भागहरुमा आउने जाने गरेका थिए ।

पुल तत्काल मर्मत नगरिए रामेछापको दक्षिणी भेगसँग सदरमुकामको सम्पर्क नै विच्छेद हुने अबस्था रहेको छ । भने मन्थलीका लागि १५ टन भन्दा बढि खाद्यान्न लिएर आएका मालवाहक सवारी साधन पनि रोकिने छन् ।


बर्षादको मौसममा खोलाको बहाव अझै बढ्न सक्ने भएकाले तत्काल जोखिम व्यवस्थापन गर्नु पर्ने स्थानीय शिक्षक नारायण खत्रीले बताउनुभयो ।

Share7Tweet5Share1

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

१८ श्रावण २०८२, शनिबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१८ श्रावण २०८२, शनिबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

१८ श्रावण २०८२, शनिबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

१८ श्रावण २०८२, शनिबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

१८ श्रावण २०८२, शनिबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

१८ श्रावण २०८२, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero