Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

विजुलीकोटको बृखेश्वर माविमा ४ महिना देखि विज्ञान शिक्षककाे अभाव

बद्री नयाँघरे बद्री नयाँघरे
२१ श्रावण २०८२, मंगलवार
in देश, प्रदेश नं ३, समाचार, समाज, स्थानीय सरकार
0
96
SHARES
Share on FacebookShare on Twitter


मन्थली ,२० साउन । जिल्लाको लिखु तामाकोशी गाउँपालिका वडा नं–३ खाेल्मागाँउमा रहेको बृखेश्वर माविमा ४ महिना देखि विज्ञान शिक्षक नहुँदा विद्यार्थीहरूकाे पठन पाठनमा समस्या भएकाे छ ।

शैक्षिक सत्रको सुरू भएकाे ४ महिना बित्न लाग्दा समेत उक्त विद्यालयमा मावि विज्ञान विषय सहित अन्य मावि स्तरका शिक्षक दरवन्दी पुरा हुन नसकदा विद्यालयको पठन पाठन प्रभाबित भएको हो ।


विद्यार्थीका लागि अत्यावश्यक रहेको भन्दै स्थानीयको अनुरोधका आधारमा उक्त विद्यालयमा चालु शैक्षिक सत्रको आरम्भबाट मावि तह कक्षा –९ को कक्षा सञ्चालन गरिएको थियो । तर साउन वित्न लाग्दा पनि कक्षा –९ को विज्ञान विषयको पठन पाठन आरम्भ नहुँदा विद्यार्थीहरुलाई विद्यालय छाड्ने कि बस्ने भन्ने कुराले सताएको छ ।


त्यो सँगै उक्त विद्यालयको कक्षा –९ का अन्य विषयको लागि पनि विद्यालय ब्यस्थापन समितिले मावि तहका लागि विषयगत शिक्षकको ब्यवस्था समेत गर्न नसकेकाले त्यसको असर विद्यार्थीहरुले प्रत्यक्ष रुपमा भोग्नु पर्ने अवस्था रहेको स्थानीय एक शिक्षकले अाफ्नाे नाम प्रकाशन नगर्ने सर्तमा बताए ।

जन प्रतिनिधिहरु र स्थानीय अविभावक हरु समेतको उत्साहजनक सकृयतामा यसै शैक्षिक सत्रदेखि मावि कक्षा आरम्भ गरिएको भएपनि विद्यालयको अवस्थाले गर्दा कक्षा –९ मा अध्ययनरत विद्यार्थीहरुको भविश्यनै अन्योलमा पर्ने अवस्था सृजना भएको अविभावकहरुको भनाई रहेको छ ।


यस अघि त्यस क्षेत्रका वाल वालिकाहरुले मावि तह सम्मको पठन पाठनका लागि पालिकाको धोवि बजार या सिमाना पालिका रामेछापको मावि गोठपानीमा पुग्नु पर्ने बाध्यता थियो ।

उक्त बाध्यता बाट वाल वालिकालाई मुक्त गराएर स्थानीय स्तरमानै सहज तरिकाले मावि शिक्षा दिन सकीयोस भन्नका लागि अविभावक हरुले चालु शैक्षिक सत्र बाट कक्षा –९ संचालनमा ल्याएका भएपनि विद्यार्थीहरुको पठन पाठनमा समस्या देखिनुका साथै उनीहरुको भविष्य समेत अन्योलमा परेको छ ।


विद्यालयले यति लामो अवधि विति सक्दा पनि मावि कक्षाका लागि भनेर आएको प्रदेश अनुदान कोटामा शिक्षक भर्ना गर्न सकेको छैन् । यावत समस्याका कारण उक्त विद्यालयमा अध्ययनरत मावि तहका विद्यार्थीहरुको पठन पाठनमा अवरोध पुगेको हो । उक्त कक्षाको विज्ञान वाहेक अन्य विषय पनि निमावि र प्रावि तहका शिक्षकहरुले पठन पाठन गराउँदै आएका छन् ।


यस बारेमा लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महत सँग सम्पर्क गर्दा उहाँले –९ को पढाई शुरु भएकोले उक्त विद्यालयका लागि पालिकाले मावि कक्षाका लागि योग्यता पुगेका २ जना निमावि शिक्षक पठाएको बताउनुभयो । उहाँले हामी सँग मावि तहको दरबन्दिको शिक्षक पठाउन सक्ने अवस्था नभएकोले पठन पाठनमा समस्या नआवोस भन्नका लागि ति शिक्षकलाई पठाएको बताउनुभयाे ।


विद्यालयले अहिले सम्म विज्ञान विषयको पढाईनै गर्ने नसकेको सन्दर्भमा भने आफुलाई अहिले सम्म कुनै जानकारीनै नभएकोले त्यस बारेमा तत्काल सोधनी गरेर आवश्यक कदम चाल्ने पनि अध्यक्ष महतको भनाई रहेको छ । मा वि दरबन्दिको हकमा भने पालिका भरि रहेका स्वीकृत विद्यालयहरु मध्ये मावि दुरागाउँ,मावि खिम्ति र मावि तिल्पुङ्ग बाहेक अन्य कुनै पनि माविमा स्वीकृत दरबन्दि नरहेकोले उक्त विद्यालयको हकमा पनि मावि दरबन्दि दिन सक्ने अवस्था भने पालिका सँग नरहेको तर अाबश्यक प्रकृया चलिरहेकाे पनि उहाँले बताउनु भयाे ।


कुल विद्यार्थी सँख्या १ सय २ जना रहेको यस माविमा राहत करार र स्थाई समेत गरि ८ जना शिक्षकले कक्षा १ देखि ९ सम्मका पठान पाठन गरउँदै आएका छन् । यसरी थोरै सँख्याले नियमित कक्षा सञ्चालन गराउनु पर्दा अाफुहरुलाई भने पठन पाठनमा भने अत्याधिक चाप रहेको गुनासो पनि कार्यरत शिक्षकहरुले गरेका छन् ।

तर उक्त बिद्यालयका प्र अ ले भने माबि दरबन्दीकाे बिषयगत शिक्षक नभएपनि अन्य शिक्षकबाट बिज्ञान बिषय पढाइ भैरहेकाे बताए ।

Share38Tweet24Share7

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

२१ श्रावण २०८२, मंगलवार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

२१ श्रावण २०८२, मंगलवार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

२१ श्रावण २०८२, मंगलवार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

२१ श्रावण २०८२, मंगलवार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

२१ श्रावण २०८२, मंगलवार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

२१ श्रावण २०८२, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero