रामेछाप, २१ साउन । नेपाल प्रहरी श्रीमिती संघ र जेसिआई रामेछापले बुधबार रगत संकलन गरेका छन् । जिल्लामा रगतको अभाव हुन लागेको खबर रगत संकलन केन्द्रवाट प्राप्त भएपछि आयोजकले बुधबार प्रहरी कार्यालयको हाता भित्र रक्तदान कार्यक्रम मार्फत रगत संकलन गरेको हो ।

रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको समेत सहभागितामा भएको रक्तदान कार्यक्रममा प्रहरी कर्मचारीहरुका अलावा विभिन्न नागरिक समाजका ब्यक्तिहरु गरी कुल १३ जनाले रक्तदान गरेको प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी भोलाकुमार भट्टले जानकारी दिनुभयो । रक्तदान कार्यक्रमका लागि नेपाल रेडक्रस सोसाइटी रामेछापले आवश्यक प्राविधिक सहयोग उपलब्ध गराएको थियो ।
यस बाहेक पनि रामेछाप प्रहरीका जवानहरु पटक पटक रक्तदानमा सरिक हुँदै आएका र संकटपुर्ण घडिमा प्रहरीले जतिसुकै बेला पनि रगत दान गर्दे आएको नेपाल रेडक्रस सोसाइटी रामेछापका मन्त्री दुर्गा बहादुर श्रेष्ठले जानकारी बताउनु भयो । प्रहरीले गर्दे आएको रक्तदान कार्यक्रमले सर्व साधारण नागरिकका लागि निकै सहयोग पुगेको पनि मन्त्री श्रेष्ठको भनाई रहेको छ ।
जिल्ला भित्र र बाहिर समेत रगतको अधिक माग भएको कारण रगतको केही अभाव हुन लागी रहेको बेला जेसीआई समेतको समन्वयमा जिल्ला प्रहरी कार्यालय हाताभित्र रक्त दान गरिएको जेसीआईका निर्वतमान अध्यक्ष सन्तोष खत्रीले जानकारी दिनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया