मन्थली,२४ पुष । मन्थली नगरपालिकाले यही पुष २६ र २७ गते नगर स्तरीय कृषि तथा लघु उद्यम प्रदर्शनी मेला –२०८२ गर्ने भएको छ । विहीवार मन्थली नगरपालिकामा पत्रकार सम्मेलनको आयोजना गरी उक्त कुराको जानकारी गराइएको हो ।
मन्थली स्थित वडा नं १ को हाटेचउरमा हुन गइरहेको उक्त मेलाको उद्देश्य किसान र उद्यमीहरुले नगरपालिका भित्र उत्पादन तथा प्रशोधन गरेका बाली, बस्तुहरुको प्रबद्र्धन गर्ने,एक आपसमा ज्ञान,सीप र प्रबिधि साटासाट गर्ने,उत्पादक,उपभोक्ता र ब्यापारी वीच सम्बन्ध विस्तार गर्ने, नगरपालिकामा उत्पादित वाली, वस्तुहरुको ब्यवसयीकरणमा टेवा पुर्याउने रहेको बताइएको छ ।
नगरपालिका बाट ६ लाख बिनियोजन भएको उक्त प्रदर्शनीमा कृषि उपज ल्याउने किसानहरुलाई निःशुल्क स्टल उपलब्ध गराई खाने बस्ने र ढुवानी एबं यातायात खर्चको समेत ब्यवस्था गरिएको मन्थली नगरपालिकाका आर्थिक विकास समिति संयोजक नवराज थापामगरले पत्रकार सम्मेलनका अबसरमा जानकारी गराउनुभएको हो ।
उहाले प्रदर्शनी मेलामा सहभागि भई उत्कृष्ठ हुने कृषक तथा उद्यमीलाई १० वटा विभिन्न विधा मार्फत मूल्याङ्कन गरी पुरस्कृत गरिने कार्यक्रम रहेको र प्रति विधा रु ६ हजार सात सय पुरस्कारको ब्यवस्था गएिको साथै मेलाको करिब १० हजारले अबलोकन गर्ने लक्ष लिईएको पनि बताउनुभयो ।











यो बारेमा तपाईको प्रतिकृया