Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

कस्ले मार्ला टिकट प्राप्तिको बाजी ?

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
६ माघ २०८२, सोमबार
in विविध
0
12
SHARES
Share on FacebookShare on Twitter

मन्थली,५ माघ । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि ६ गते मंगलवार उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ , तर रामेछापका अन्य दलहले टिकटको टुंगो लगाइस्क्दा पनि नेपाली काँग्रेसको भने यो समाचार तयार पार्दा सम्म टिकटको टुंगो लागेको छैन । रामेछापमा मात्र हैन काँग्रेसको संसदीय बोर्ड मार्फत टिकट वितरणको काम धेरै जिल्लामा टु्ङ्ग्उाउन बाँकी रहेको बताइएको छ । विशेष महाधिवेशनबाट पार्टीको केन्द्रीय नेतृत्व फेरिएसँगै आन्तरिक विवादका कारण हाल सम्म टिकटको टुंगो लाग्न नसकेको हो ।

एक मात्र निर्वाचन क्षेत्र(प्रतिनिधि सभाको) रहेको यस जिल्लामा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बन्नको लागि यस अघि जिल्ला कार्यसमिति मार्फत प्रतिनिधि तर्फ प्रत्यक्ष,समानुपातिक र राष्ट्रिय सभा सदस्यका लागि सिफारिसमा परेका पाँच नेताहरूको नाममा छलफल भइरहेको स्रोतले बताएको छ ।
स्रोतका अनुसार उम्मेदवारी दर्ता गर्ने समय सम्म टिकटको टुंगो लाग्ने छ । अहिले यस अघि जिल्लाबाट प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभाको लागि सिफारिसमा परेका नेताहरूको नाममा छलफल भइरहेको छ । छलफलमा बिशेषगरी पूर्णबहादुर तामाङ (कान्छाराम), रामचन्द्र खड्का, युवराज भट्टराई, डा सुमन कर्माचार्य र गेल्जे शेर्पा सहित ५ जना रहेका छन् ।
के छ त उहाँहरुको राजनितिक पृष्ठभूमी ?
छलफलमा रहेका पाँच जना नेताहरु मध्ये रामचन्द्र खड्का डेढ दशक भन्दा बढी नेपाली काँग्रेस रामेछापको पार्टी सभापति भएर रामेछाप काँग्रेस मा सर्बमान्य नेता हुन् । उनी हाल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि समेत छन् । खड्कालाई रामेछाप काँग्रेसमा एक अभिभावको रूपमा समेत कार्यकर्ताले उभ्याउने गरेका छन् ।

पूर्णबहादुर तामाङ (कान्छाराम) नेपाली काँग्रेस रामेछापको वर्तमान सभापति एवं विघटित प्रतिनिधि सभा सदस्य हुन् । काँग्रेस र एमालेको गठबन्धनमा बनेको केपी ओली नेतृत्वको सरकारमा उनी ऊर्जा,जलश्रोत तथा सिँचाई राज्यमन्त्री समेत भएर काम गरेको अनुभव तामाङसँग रहेको छ । तामाङ पार्टी राजनीतिसँगै जिल्लाको समाजसेवामा समेत सक्रिय छन् ।

२०३५ सालमा नेविसंघबाट काँग्रेसको राजनीतिमा प्रवेश गरेका नेता डा. सुमन कर्माचार्य नेपाली काँग्रेसको गाउँ, क्षेत्र, जिल्ला र केन्द्रको विभिन्न जिम्मेवारीमा बसेर काम गरिसकेका नेता हुन् । कर्माचार्यले २०६७ सालमा रामेछाप काँग्रेसको क्रियाशील सदस्यता वितरण समितिको संयोजक बनेर १२ औँ जिल्ला अधिवेशन सम्पन्न गराएका थिए । काँग्रेस महासमिति सदस्य समेत भइसकेका कर्माचार्य २०५१ सालको मध्यावधि निर्वाचनको प्रचार प्रसारको लागि तयार पारिएको गीति क्यासेट बनाउने ताका हालका काँग्रेस उपसभापति विश्वप्रकाश शर्माका सारथि हुन् । डा. कर्माचार्य हाल ग्रामीण नागरिकको स्वास्थ्य सुधारका अभियन्ताको रूपमा काम गरिरहेका छन् ।

बहुदलीय व्यवस्थाको लागि २०४६ सालको जनआन्दोलन ताका जेलको यातना समेत भोगेका युवराज भट्टराई पटक–पटक नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि भइसकेका छन् । उनी वर्तमान महाधिवेशन प्रतिनिधि समेत हुन् । नेता भट्टराईलाई काँग्रेसको बौद्धिक नेताको रूपमा चिनिन्छ ।

दशकौँ वर्ष अगाडिदेखि काँग्रेसमा संलग्न गेल्जे शेर्पा २०४६ सालको जनआन्दोलनदेखि नै काँग्रेसमा बढी क्रियाशील छन् । उनी विभिन्न समयमा नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि भइसकेका नेता हुन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा एमाले बाट माधब ढुंगेल, नेपाली कम्युनिष्ट पार्टि बाट श्याम कुमार श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टिबाट कृष्णहरी बुढाथोकीको नाम भने टुंगो लागिसकेको छ ।

Share5Tweet3Share1

Related Posts

मन्थली र रामेछापमा रक्तदान कार्यक्रम
विविध

मन्थली र रामेछापमा रक्तदान कार्यक्रम

६ माघ २०८२, सोमबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

६ माघ २०८२, सोमबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

६ माघ २०८२, सोमबार
चालु आवमा’ मन्थली नगरको प्रगती ८५.०४ प्रतिशत
विविध

चालु आवमा’ मन्थली नगरको प्रगती ८५.०४ प्रतिशत

६ माघ २०८२, सोमबार
मन्थली नगरको बजेट एक अर्ब तीन करोड बीस लाख
विविध

मन्थली नगरको बजेट एक अर्ब तीन करोड बीस लाख

६ माघ २०८२, सोमबार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

६ माघ २०८२, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero