रामेछाप । रामेछाप नगरपालिका वडा नं ८ का वडा अध्यक्ष सन्तोष तामाङ्गले गरेको पटक पटकको पहलमा पछि रामेछाप मुख्य बजारको निर्माणाधिन सडकको कामले पुर्णता पाउने भएको छ । ठेकेदारको लापरवाहिका कारण लामो समय देखि धुल्लाम्मे अबस्थामा रहेको पुरानो सदरमुकाम रामेछापको मुुल बजारमा रहेको सडकमा पुगेको अबरोधका बारेमा मंगलबार वडा कार्यालयमा आयोजीत भेलामा सहमति जुटेपछि कालो पत्रेको कामलाई निरन्तरता दिने कुरामा सहमति जुटेको हो ।
बजार क्षेत्रको सडकमा पर्ने घरहरुमध्यका घरधनी नरबहादुर तामाङ र उद्धवकुमार श्रेष्ठले आफुहरुको घर भत्काउन नदिने अडानका कारण रोकिएको सडक खुलाउने कुरामा वडा अध्यक्षको समन्वयमा सरोकारवालाहरुहरुले गरेको अनुरोधमा दुई घरधनी अबरोध खुलाउन राजी भएपछि सडकमा भई रहेको कालो पत्रेको कामलाई निरन्तरता दिने कुरामा सहमति जुटेको वडा अध्यक्ष सन्तोष तामाङ्गले जानकारी गराए । सरोकारवालाहरुको भेलामा उनीहरूले मुआब्जा लिएर आवश्यक संरचना हटाउन सहमति जनाएका हुन ।
सेलेघाट–रामेछाप–साँघुटार सडक आयोजना अन्तर्गत पर्ने उक्त खण्डमा मापदण्डभित्र परेका अधिकांश घरटहरा भत्काइसकिए पनि दुई घरधनीले मुआब्जा नलिने र घर नहटाउने अडान राख्दै आएका कारण समस्या भएको थियो । जसलाई मिलाउनका लागि वडाध्यक्ष सन्तोषकुमार तामाङले पटक पटक प्रयास गरेका थिए । तर आजको प्रयास भने सफल भएर रामेछाप बजारबासि र यात्रीहरु समेतले भोग्दै आएको कष्टले मुक्ति पाउने अवस्था बनेको अध्यक्षतामा सरोकारवालासहित बसेको छलफलपछि घरधनी नरबहादुर तामाङ र उद्धवकुमार श्रेष्ठ सहमतिमा पुगेका हुन्। उनीहरूले मुआब्जा लिएर आवश्यक संरचना हटाउन सहमति जनाएपछि अब स्थानीयस्तरको अवरोध हटेको छ।
सहमति जुटे सँगै रामेछाप बजार क्षेत्रमा सडक कालोपत्रेको काम करिब दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको वडा अध्यक्ष सन्तोष तामाङ्गले बताउनु भयो । सहमति, सहकार्य र समन्वयका आधारमा सहयोग गर्नु हुने दुइ जना घरवाला र बजारका सबै सरोकारवालाहरुलाई उक्त अभियानमा सहयोग गरेकोमा वडाध्यक्ष तामाङले धन्यवाद व्यक्त पनि दिए ।
सेलेघाटदेखि रामेछाप बजार हुँदै साँघुटारसम्म करिब ५० किलोमिटर लम्बाइको यो सडक भारतीय एक्जिम बैंकको सहयोगमा निर्माण भइरहेको उक्त सडक कालो पत्रेको जिम्मा भारतीय कम्पनी टेलिकम्युनिकेसन कन्सल्ट्यान्ट्स इन्डिया लिमिटेड (टीसीआईएल)ले पाएको छ छ। सन् २०२० नोभेम्बर ११ मा सुरु भएको आयोजना २०२३ मे १० भित्र १ अर्ब ९४ करोड ७१ लाख रुपैयाँमा सम्पन्न गर्ने लक्ष्य थियो। तर निर्धारित समयमा काम नसकिएपछि पटक–पटक म्याद थपिँदै आएको र यस पटक भने कामको गतिले तिब्रता पाउने अपेक्षा आफुहरुले गरेको पनि वडा अध्यक्ष सन्तोष तामाङ्गले बताए ।











यो बारेमा तपाईको प्रतिकृया