Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

समाजसेवी कान्छारामले दिए घरमा बस्नेलाई एक महिनाको भाडा छुट

बद्री नयाँघरे बद्री नयाँघरे
११ असार २०७७, बिहीबार
in समाचार
0
145
SHARES
Share on FacebookShare on Twitter

रामेछाप–  एक पछि अर्काे राम्रो काम मार्फत आफनो अभियानमा निरन्तर लाग्दै आएका नेपाली काँगे्रस रामेछापका नेता एवं समाजसेवी पुर्ण बहादुर तामाङ्ग कान्छारामले फेरि पनि उदाहरणिय  काम गरेका छन् । पछिल्लो पटक उनले जिल्ला सदरमुकाम मन्थलीको मुख्य बजारमा रहेको आफ्नो सटरमा व्यापर गर्ने र घरमा डेरा गरी बस्नेहरुका लागि  भाडामा छुट दिएर फेरि पनि असल समाजसेवीको रुपमा नाम दर्ज गराएका हुन् ।

उनले मन्थलीको देबकोटाचोकमा रहेका सबै सटरमा ब्यापार गर्दे आएका र घरमा डेरा गरि बस्दै आएका र राजधानी काठमाडौको घरमा बस्दै आएकाहरुलाई लक डाउनको समयमा सहज जीवन जीउने बाताबरण बनोस भन्नका लागि  कोरोना महामारीको समयमा सहुलिएत स्वरुप १ महिनाको भाडा छुट गर्ने घोषण गरेका हुन् ।

पेशाले निर्माण ब्यवसायि समेत रहेका कान्छारामले कोरोनाको संक्रमणले मुलुक थला परिरहेको र सबै पेशा ब्यवसायीहरुको आम्दानीमा गिरावट आएको भन्दै भाडा दरमा छुट दिने निर्णय लिएको बताए । उनले भने– ‘अहिले सबैले सबैसंग सहयोगी हात बढाएर अघि बढ्ने बेला हो । यो बेलामा मैले थोरै भएपनि मेरो घरमा बस्नेहरुलाई राहत पुगोस भन्नका लागि यो निर्णय गरेको हुँ । मैले सकेको भए अझ बढि सहयोग गर्नु पर्ने होे तर आफ्नै ब्यवहारीक बाध्यताका कारण त्यो कुरा संभब भएन ।’

कोरोना संक्रमणले मुलुक बन्दा बन्दीमा फसेको बेलामा जिल्ला स्तरमा आफ्नो घरमा बसेकाहरुलाई भाडा दरमा छुट दिन उनले पहिलो ब्यक्तिका रुपमा आफनो नाम दर्ज गराएका छन् । यस अघि पनि कान्छारामले संघीय संसदको निर्वाचनको बेला बोलेको बाचा निर्बाचनमा पराजय भोगेर पनि पुरा गरेर नाम कमाएका थिए । जस अनुसार उनले जिल्लाका विभिन्न ठाउँमा करोडौ खर्चेर सडक निर्माण पनि गरेका छन् । त्यसै गरि कान्छारामले बन्दाबन्दीको समयमा कोरोना संक्रमित बिरामी र उपचार गराउनका लागि काठमाडौ जाने र घर फर्कन नसकेर  अलपत्र परेकाहरुलाई पनि आफुले संचालन गरेको एम्बुलेन्सबाट निःशुल्क सेवा दिँदै आएका छन् । त्यस्तै तेस्रो मुलुकबाट घर फर्केका नागरिकहरुलाई काठमाण्डौको होल्डिङ सेन्टर देखि जिल्लाको सेलेघाटमा रहेको होल्डिङ सेन्टर एम्बुलेन्स मार्फत निःशुल्क ल्याउने काम पनि जारी रहेको छ ।

उनले जिल्लाको विभिन्न गाउँ–ठाउँ र बस्तीहरुलाई लक्षित गरी अहिले सम्म एक दर्जन भन्दा बढि एम्बुलेन्स र सवबहान समेत निःशुल्क रुपमा हस्तान्तरण  गराएका छन् । जुन एम्बुलेन्स र सववहानका कारण सर्वसाधारणले निकै राहतको अनुभुति गरेका छन् । उनले सबै एम्बुलेन्स र सववहान आफ्ना माता पीताको स्मृतिमा वितरण गरेका हुन् । त्यस बाहेक कान्छारामले आफुले दान गरेको एम्बुलेन्समा बच्चा जन्माउने तीन जना सुत्केरी आमाका सन्तानहरुलाई हुर्काएर उच्च शिक्षा उपलब्ध गराउने र विवाहमा समेत सहयोग गर्ने घोषणा गरीसकेका छन् ।

Share58Tweet36Share10

Related Posts

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

११ असार २०७७, बिहीबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

११ असार २०७७, बिहीबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

११ असार २०७७, बिहीबार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

११ असार २०७७, बिहीबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

११ असार २०७७, बिहीबार
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

११ असार २०७७, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero