Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मंङ्सिर महिनामा हजारौं जोडीको विवाह सम्पन्न

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
३० मंसिर २०७७, मंगलवार
in समाचार, समाज
0
207
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ३० मंङ्सिर । आज मंङ्सिर महिनाको अन्तिम दिन । यस महिनालाई विहेवारीको महिनाका रुपमा लिइन्छ । त्यसैले पनि यो महिनामा हजारौ जोडि विवाह वन्धनमा बाधिएका छन् ।
वंश धान्नलाई गरीने विवाह सामाजिक मान्यता प्राप्त प्रकृया हो । सुरु सुरुमा केटा पक्षले केटी माग्न जाने, महिनौ हिडेर जुत्ता फाटि सक्दा पनि केटि नपाइने अवस्था थियो । लामो समयको हैरानी पश्चात वल्ल तल्ल केटी पाइयो र कुरोकानी मिल्यो भने जन्ति लिएर रातभर लगाएर विवाहको विधि गर्ने र विहान बेहुली अन्माएर बेहुलाको घरमा ल्याउने चलन थियो ।


तर अहिले त्यस्तो अवस्था छैन छिठो मिठो ढंगवाट एकै दिनमा विवाह सकिन्छ । अहिलेको अवस्थामा मागि विवाह भन्दा बढि भागि र प्रेम विवाह हुने गरेको छ । त्यति मात्र हैन विदेश जानका लागि नाटकिय विवाह पनि पर्याप्त मात्रामानै हुन थालेका छन् ।
हिजो आज जुत्ता फटाएर महिनौ केटी माग्न जानु पर्ने अबस्था टरेको छ । समाजिक सञ्जाल, सञ्चार माध्यम र एउटै कार्यालयमा काम गर्ने कारण एकले अर्कोलाई मन पराउने र अन्त्यमा विवाह गर्ने काम सुरु भएको छ । हिजोआज केटी माग्न गयो भने केटामा के को कमजोरी छ र माग्न आयो भन्ने शंका उपशंका उब्जिने गरेको पाइन्छ । हिजोआजका केटा वा केटि आ आफ्नो केटा र केटी साथी वनाएर (लिभिङ टुगेदर सहित) वस्ने गरिसकेका हुन्छन । जव घरमा विवाहको कुरा सुरु हुँदै उत्कर्षमा पुग्छ त्यस पछि मात्र परिवार मा थाहा हुन्छ । नत्र एकले अर्कोलाई मनपराएको कुरा गोप्यनै राखेको पाइन्छ । विवाहको चर्चा चलेपछि कोही भाग्छन त कोही माग्न आउने वातावरण बनाउछन् । हाम्रो समाजमा मागि विवाहलाई भने बढि बिश्वास गरिन्छ ।

जुन मागि विवाह हो त्यो बिवाह सामाजिक रुपमा लगन भएकै दिन गर्ने चलन छ । तर भागि विवाह र प्रेम विवाहका लागि लगन हुनु नपर्ने केटा र केटीको मञ्जुरी भयो भने जुनसुकै वेला भाग्न सक्ने वा वुवा आमाले सामान्य ढंगबाट टिका लगाएर पठाइदिने चलन पनि छ । मागि विवाह दीगो र भरपर्दो हुने तर भागि र प्रेम विवाह गर्नेहरुको भने श्रीमान् श्रीमति विच चाडै देखि झगडा सुरु हुने, झगडाले उग्ररुप लिदै गएपछि अन्त्यमा सम्बन्ध बिच्छेद सम्म गर्ने गरेको उदाहरण हरु पनि प्रसस्तै भेटिएका छन् ।


भागि र प्रेम विवाहले सामाजिक मुल्य, मान्यता र संस्कृतिलाई गिज्याउदै गैरहेका महसुस आफुलाई भैरहेको मन्थली नगरपालिकाका स्थानीय जेष्ठ नागरिक जय प्रासद ढुंगेल बताउनुहुन्छ । उहा भन्नुहुन्छ– “यो कलियुगमा जस्ले जे गरेपनि हुने रैछ हिजो आजका केटा र केटीको छाडा पनको कृयाकलापले आँखा छोपेर र शिर निहु¥याएर हिड्न बाध्य हुने परेको छ, उनीहरुलाई न घरपरिवारको न त समाजको नै डर छ ।”

यसै सन्दर्भमा २०७६ चैत्र महिना देखि नेपालमा कोभिड–१९ को संक्रमितहरु देखिन थालेपछि चैत्र ११ गतेदेखि देशभर कडा लकडाउन भयो । २०७७ साल लागे सँगै वैशाख महिनाको १३, १४,१९,२०,२२,२३, र २५ गते र असार महिनाको ११,१३ र १४ गते विवाहको लगन थियो । तर ति लगनहरुमा मुलुकभर कडा लकडाउनका कारण सामान्य ढंगबाट लुकिछिपी , प्रशासनको डर र त्रासमा केहि जोडिहरुको विवाह भएको भएपनि विगतका वर्षहरुको जस्तो धेरैको विवाह हुन सकेन ।

लकडाउन खुकुलो भए सँगै मंङ्सिर महिना को १६,२१,२२ र २६ गते भने हजारौ जोडिले विवाह गरेका छन् । त्यति मात्र हैन मंसिर महिनको १ गते देखि ३० गते सम्म आफैले लगन निकालेर भएपनि लगन नभएको दिनमा समेत विवाह गरेका छन् । अव यस वर्षको माघ र फागुनमा विवाहको लगननै नभएका कारण पनि धेरैको विवाह मंसिर महिनामै भएको ज्योतिष सूर्य प्रसाद ढुंगेल वताउनुहुन्छ । उहाले भन्नुभयो–“विना लगन विवाह गर्नु मुर्खता हो । यो वर्ष धेरै लगन छैनन् । आफैले लगन निकालेर विवाह गर्नु लाई सामाजिक रुपमा राम्रो मानिदैन ।

Share83Tweet52Share14

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

३० मंसिर २०७७, मंगलवार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

३० मंसिर २०७७, मंगलवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

३० मंसिर २०७७, मंगलवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

३० मंसिर २०७७, मंगलवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

३० मंसिर २०७७, मंगलवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

३० मंसिर २०७७, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero