Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली बजारको चहल–पहलमा गिरावट

नेपाल अभियान नेपाल अभियान
५ जेष्ठ २०७६, आईतवार
in समाचार, समाज
0
264
SHARES
Share on FacebookShare on Twitter

५ जेठ, २०७६

मन्थली– २०४५ सालमा रामेछापबाट मन्थली सरेर छोटो समयमा नै आफ्नो उच्च स्थान बनाउन सफल सदरमुकाम मन्थली बजारको पछिल्लो समयमा चहल पहलमा गिरावट आएको छ । मुलुक संघियताको कार्यान्वयनको चरणमा प्रवेश गरेसँगै सबै शक्ति स्थानीय तहमा केन्द्रित हुँदा सदरमुकाममा काम गर्न आउने मानिसको संख्या एक्कासी घटेपछि मन्थलीको चहल पहलमा गिरावट आएको हो ।

साँघुरो भूगोलमा फैलिएको मन्थली बजार क्षेत्रमा बनेका घरहरूमा अहिले बस्ने मानिसहरूको संख्या पनि घटेको छ । सरकारी कार्यालयका कर्मचारी र शिक्षकहरू पनि आफ्नो जागिरको सिलसिलामा  जिल्ला छाडेर हिड्न थालीसकेका छन् । जिल्लामा संचालित गैर–सरकारी संघ संस्थाहरू पनि संघियताको कार्यान्वयन संगै गाउँ–गाउँमा पुगेका छन् ।

स्थानीय तहको शिक्षा शाखामा उप–सचिवको व्यवस्था भए पछि शिक्षा कार्यालयबाट हुने सबैजसो कामको भार पनि जिल्लामा घटेको छ । मानिसहरूको आगमन घटेसंगै सदरमुकाम मन्थलीका कार्यालहरूमा काम लिएर आउने नागरिकहरू समेत घटेका छन् । जसको असर मुख्यगरी मन्थलीमा होटल लगाएत अन्य व्यापरिक क्षेत्रमा पनि असर परेको अनुभव ब्यापारीहरूले गरेका छन् । संघियताको कार्यान्वयन पछि जिल्लामा भएका सरकारी कार्यालय अधिकासं स्थानीय तहबाट पनि संचालन भईरहेका छन् ।

जसका कारण सदरमुकाममा बनेका र बन्दै गरेका सरकारी कार्यालय बस्ने घरहरू पनि प्राय खाली जस्तै बनेका छन् । अहिले बन्दै गरेका र बनिसकेका कतिपय निजी घरहरू पनि भाडामा लाग्न सकेका छैनन् । सबै अधिकार र काम गर्ने कर्मचारी स्थानीय तहमा गएर सदरमुकामका कार्यालय खाली भए पनि स्थानीय तहका विषयगत शाखाका कार्यालयहरूमा आधा–आधी कर्मचारी पनि छैनन् । जसको कारण नागरिकको काम तामेलीमा रहँदा नागरिकहरूले विना कारण दुःख खेप्नु परेको छ । मानिसहरूको आगमन घटेसंगै मन्थलीको होटल र पसलवालाहरूको कारोवारमा समेत गिरावट आएको उनिहरूले गुनासो गर्ने गरेका छन् ।

विगतका वर्षहरूमा करौडोको ब्यापर हुने होटल व्यवसायमा पनि उल्लेख्य रूपमा गिरावट आएको रामेछाप उद्योग बाणिज्य संघ रामेछापका महासचिव जगन्नाथ दाहलले बताउनुभयो । उहाँका अनुसार मन्थलीको ब्यवसायलाई मथी उठाउनका लागि महासंघले सबैखालका प्रयासहरू जारी राखेको छ ।

Share229Tweet15Share4

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

५ जेष्ठ २०७६, आईतवार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

५ जेष्ठ २०७६, आईतवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

५ जेष्ठ २०७६, आईतवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

५ जेष्ठ २०७६, आईतवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

५ जेष्ठ २०७६, आईतवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

५ जेष्ठ २०७६, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero