Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

पूर्ण पोषणयुक्त बन्यो साँघुटार स्वास्थ्य चौकि

नेपाल अभियान नेपाल अभियान
२६ असार २०७८, शनिबार
in स्थानीय सरकार, स्वास्थ्य
0
50
SHARES
Share on FacebookShare on Twitter


रामेछाप । रामेछाप नगरपालिका वडा नं ३ मा रहेको साँघुटार स्वास्थ्य चौकी पूर्ण पोषणयुक्त स्वास्थ्य संस्था घोषणा भएको छ । स्वास्थय कार्यालयमा औपचारीक रुपमा आयोजना गरिएको कार्यक्रमका वीच नगरपालिकाका उपप्रमख सृजना खड्काले साँघुटार स्वास्थ्य चौकीलाई पूर्ण पोषणयुक्त स्वास्थ्य संस्था घोषणा गर्नुभएपछि उक्त स्वास्थ्य चौकि पूर्ण पोषणयुक्त स्वास्थ्य चौकीका रुपमा संचालनमा आएको हो । नगरपालिकाको स्वास्थ्य शाखाको अगुवाईमा उक्त स्वास्थ्य चौकीलाई पूर्ण पोषणयुक्त स्वास्थ्य संस्था घोषणा गरिएको जानकारी सो अबसरमा गराईएको थियो । त्यसका लागि सरकारले निश्चित मापदण्ड तय गरेको र उक्त मापदण्ड पुरा गरेको सुचकका आधार तय भएको थियो ।
जसका लागि पूर्ण संस्थागत सुत्केरी वडा घोषणा भएको, ६ महिनासम्म बच्चाले आमाको दूध मात्रै खाएको, प्रत्येक महिना बच्चाको तौल लिएको र ५ वर्षमुनीका बालबालिकाले वर्षमा दुईपटक भिटामिन ‘ए’ र जुकाको औषधी खुवाएको लगायतका मापदण्ड पुरा गरेको आदी मापदण्डका आधारमा साँघुटार स्वास्थ्य चौकी पूर्ण पोषणयुक्त स्वास्थ्य संस्था घोषणा भएको जानकारी स्वास्थ चौकिका ईन्चार्ज जनस्वास्थ्य अधिकृत मदन भौकाजिले सो अबसरमा गराउनु भएको थियो ।
साथै १ वर्षभित्र वडामा कुनै पनि बच्चा कुपोषित नभएको, गर्भवती महिलाले टीटीखोप लगाएको, गर्भवती हुँदा प्रोटोकल अनुसार ४ पटक गर्भजाँच गराएको, हजार दिने आमाको घरमा करेसाबारी भएको यस्ता सबै कुरालाई हेरेर पूर्ण पोषणयुक्त स्वास्थ्य संस्था घोषणा गरिएको नगरपालिकाले जनाएको छ ।२ बर्ष मुनीका बालबालिकालाई उनीहरुको बृद्धि विकासमा सहयोग पुराउनका लागि पोषिलो खानेकुराहरुको आवश्यकता पर्दछ । पोषिलो खाना नपाउँदा अझै पनि नेपालमा धेरै बालबालिकाको मृत्यु कुपोषणवाट हुने गरेको छ । नगरपालिकाले उक्त स्वास्थ्य संस्थालाई कुपोषणको निरन्तर अनुगमन गरी वडा भित्र कुपोषित बालबालिका विहिन बनाउने गरी स्वास्थ्य संस्थालाई पोषणयुक्त स्वास्थ्थ संस्थाको रुपमा घोषणा गरिएको र यसलाई अभियानका रुपमा अन्य स्वास्थ संस्थाहरुमा पनि विस्तार गरिने जानकारी पनि नगरपालीकाले गराएको छ ।

कार्यक्रममा बोल्दै उपप्रमुख खड्काले नगरपालिका भरीका सवै बालबालिकाको प्राथमिक स्वास्थ्यको जिम्मा स्थानीय सरकारको भएको बताउनुभयो । उहाँले कुपोषणका कारण मृत्यु हुनेको संख्या न्यून बनाउन नगरपालिका सक्रिय रहेको बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु बहादुर कार्कीले पूर्ण पोषणयुक्त स्वास्थ्य संस्था घोषणा कार्यक्रमको औचित्य र यसको कार्यान्वयनका विषयमा जानकारी गराउनुभयो । बच्चाहरुको मासिक अनुगमन गरी १ हजार दिन भित्रका बच्चाहरुलाई बढि नै पोषिलो खानेकुराहरु खुवाउने कुरामा सवैले ध्यान दिनुपर्ने उहाँको भनाई थियो । गर्भमा रहे देखि बच्चा २ बर्षको नहुँदासम्म उसको बृद्धि विकासमा सवैले ध्यान दिनुपर्ने स्वास्थ्य संयोजक कार्कीले बताउनुभयो ।
वडा नं ३ का वडाअध्क्ष भुपाल राज श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा रामेछाप नगरपालिकाका प्रशासन शाखा प्रमुख नारायण सुवेदी, नेपाल पत्रकार महासंघ रामेछाप शाखा अध्यक्ष बद्रि नयाँघरे लगायतले जिल्लामै पहिलो पटक साँघुटार स्वास्थ्य चौकी पूर्ण पोषणयुक्त स्वास्थ्य संस्था घोषणा गर्न सकेकोमा रामेछाप नगरपालीकालाई धन्यबाद दिनु भएको थियो ।कार्यक्रममा अभियान सफल बनाउन अहोरात्र खट्नु हुने सवै महिला स्वास्थ स्वयं सेवीकाहरुलाई प्रमुख अतिथि खड्काले कदरपत्रद्धारा सम्मान गर्नु भएको थियो ।

Share20Tweet13Share4

Related Posts

वडा अध्यक्षको प्रयास पछि रामेछाप बजार कालोपत्रेको काम अघि बढ्ने
देश

वडा अध्यक्षको प्रयास पछि रामेछाप बजार कालोपत्रेको काम अघि बढ्ने

२६ असार २०७८, शनिबार
सुनापति अध्यक्ष कपको उपाधि मुगिखोलाले चुम्यो
देश

सुनापति अध्यक्ष कपको उपाधि मुगिखोलाले चुम्यो

२६ असार २०७८, शनिबार
तिलगंगा आँखा केन्द्रले मन्थलीमा नयाँ भवनको उद्घाटन् गर्यो
आधारभूत

तिलगंगा आँखा केन्द्रले मन्थलीमा नयाँ भवनको उद्घाटन् गर्यो

२६ असार २०७८, शनिबार
मन्थलीमा निःशुल्क मोतियाबिन्दु छनौट शिविर
समाचार

मन्थलीमा निःशुल्क मोतियाबिन्दु छनौट शिविर

२६ असार २०७८, शनिबार
अबिरल बर्षाका कारण खुर्कोट र काभ्रे भन्ज्याङमा रोकिए सबै सवारी साधन
समाचार

अबिरल बर्षाका कारण खुर्कोट र काभ्रे भन्ज्याङमा रोकिए सबै सवारी साधन

२६ असार २०७८, शनिबार
मन्थली नगरपालिका आजबाट बालमैत्री स्थानीय शासन युक्त नगर
प्रदेश नं ३

मन्थली नगरपालिका आजबाट बालमैत्री स्थानीय शासन युक्त नगर

२६ असार २०७८, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.