Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली माविको पत्रकार सम्मेलनमा पारदर्शिता र फिको विषय प्राथामिकतामा

बद्री नयाँघरे बद्री नयाँघरे
५ श्रावण २०७८, मंगलवार
in समाचार
0
130
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । जिल्लाको नमुना माविको रुपमा स्थापित मन्थली माविले सोमबार गरेको पत्रकार सम्मेलनमा विद्यालयमा हुने गरेको आर्थिक पारदर्शिता र विद्यार्थिसंग विद्यालयले उठाउँदै आएको फिको विषयले प्राथामिकता पाएको छ । पछिल्लो समयमा वजारमा विद्यालयका बारेमा विभिन्न कोड बाट नकरात्मक कुरा उठेको भन्दै उक्त आरोपका बारेमा स्पष्ट गर्न विद्यालयले विद्यालय ब्यवस्थापन समिति,शिक्षक अविभाबक संघ र आम शिक्षकहरु समेतको रोहबरमा पत्रकार सम्मेलनको आयोजना गरि आरोपका बारेमा संस्थागत धारण राख्ने क्रममा उक्त विषयले प्राथमिकता पाएको हो ।
बजारमा उठेका सवै राम्रा र नराम्रा पक्षको आरोपका बारेमा अविभाबक र सबै सरोकारवाला पक्षलाई बास्तविक विषयको बारेमा जानकारी गराउने उदेश्यले गरिएको पत्रकार सम्मेलनमा अन्य विषयको अलाबा मुख्यत दुई विषयले प्राथमिकता पाएको हो ।
पत्रकार सम्मेलनमा विद्यालयका प्रअ टंक प्रसाद दाहालले विद्यालयको हाल सम्मको शैक्षिक,भौतिक प्रगति तथा विद्यालयको बास्तविक अबस्थाका बारेमा जानकारी गराउनु भएको थियो । सम्मेलनमा प्रअ दाहालले जिल्लाको शैक्षिक हबका रुपमा विकास गर्न लागिएको मन्थली माविका बारेमा बजारमा नराम्रा कुरा फैलनु कसैको पनि हितमा नहुने बताउनु भयो । पठन पाठन, पारदर्शिता र शुसासनमा विद्यालयको स्थान अब्बल भएको फेहरस्ति पेश गर्नु भएको थियो । खराब आचरण र ब्यवहार बाट विद्यालयलाई टाढा राख्नुपर्छ भन्ने मान्यता प्रति विद्यालय परिवार सचेत रहेको भन्दै यसकालागि थप सहयोगका सबै संग आग्रह पनि गर्नु भयो । निति नियम र पारदर्शित प्रति सचेत हुँदा हुदै पनि विद्यालयले विद्यालयको गुणस्तरियतालाई अब्बल बनाउनका लागि अविभाबकहरु संगको सहमति र विद्यालय ब्यवस्थापन समितिको निर्णय अनुसार विद्यालयले सहयोग स्वरुप निश्चित रकम भने लिदै आएको पनि बताउनु भयो ।
पत्रकार सम्मेलनमा बोल्ने अधिकाँश पत्रकारहरुले मन्थली माविलाई लागेको आर्थिक अपारदर्शिता लगाएतका सबालहरुलाई विद्यालय परिवारले गम्भिरताका साथ प्रस्तुत हुनु पर्ने धारणा राखेका थिए । सो अवसरमा पत्रकारहरुले विद्यालयको भौतिक संरचना निर्माण लगायतका कुराहरुमा उठेको विषयमा जबाफ माग गरेका थिए ।


बजारमा उठेका सबालहरु र पत्रकार सम्मेलनमा उठेको कुराहरुको जबाफ दिंदै विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ध्रुब कुमार कार्किले विद्यालय आर्थिक पारदर्शिता,शुसासन र विधिका सवालमा कति पनि विचलन नभएकोले विद्यालयका विरुद्ध अर्नगल प्रचार नगरीदिन पनि संबन्धित पक्ष संग आग्रह गर्नु भयो । कार्किले आफुहरु विद्यालय सुधारका लागि समितिमा आएको भन्दै विद्यालयमा नराम्रा कुराहरु गरेको र भएको प्रमाण फेला पारे निर्धक्क संग समाचार संप्रेषण गरिदिनु हुन पनि आग्रह गर्नुभयो ।
विद्यालयमा शिक्षक भर्ना लगायतका विषयमा पनि प्रतिस्पर्धाका आधारमा हुँदै आएको अवस्थामा विद्यालयलाई र्अ्नगल आरोप लाग्नु दुखद कुरा भएको भन्दै गलत भएको भए प्रमाणका आधारमा सार्वजनिक गर्न पनि संबन्धित पक्षलाई चुनौति दिनुभयो । आफुहरुले भवन निर्माण लगायतका सबै संरचनाहरु निर्माण गर्दा ब्यवस्थापन समितिको निर्णय र अर्थिक ऐनले दिएको अधिकार भित्र रहेर निर्विवाद र पारदर्शि तरिकाले काम गरिरहेको दावि पनि अध्यक्ष कार्किले गर्नुृ भयो । विद्यालयमा हाल कक्षा १२ सम्म करिब २ हजार विद्यार्थि अध्ययनरत रहेको उक्त विद्यालय हाताभित्र निर्माणाधिन भवनहरुको निर्माणका सबालमा उठेको कुराको जवाफ पनि सो अबसरमा प्रअ र अध्यक्ष कार्किले दिनु भएको थियो । पत्रकार सम्मेलनमा उहँाहरुले विद्यालयले विद्यार्थिहरुको ब्यवहारिक शिक्षाका लागि विद्यालय हाता भित्र फलफल तथा वाख्रपालन ब्यवसाय आरम्भ गरेको जानकारी दिनुभयो । साथ शिक्षक तथा विद्यार्थिहरुको सहयोगमा हाताभित्रको बृक्षारोपणले वढ्दो सुन्दरता र सकरातम्क सवालहरुलाई पनि सार्वजनिक गरिदिनु हुनका लागि पनि आग्रह गनुभएको थियो ।

Share52Tweet33Share9

Related Posts

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

५ श्रावण २०७८, मंगलवार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

५ श्रावण २०७८, मंगलवार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

५ श्रावण २०७८, मंगलवार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

५ श्रावण २०७८, मंगलवार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

५ श्रावण २०७८, मंगलवार
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

५ श्रावण २०७८, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero