Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सभापति प्रति असहमति राख्दै रामेछाप काँग्रेसका बहुमत सदस्यद्धारा बैठक बहिस्कार

नेपाल अभियान नेपाल अभियान
१६ फाल्गुन २०७८, सोमबार
in प्रदेश नं ३, राजनीति, समाचार
0
1.6k
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १६ फागुन । नेपाली काँग्रेसको खाँडादेवी गाउँपालीका ३ को सित्खा बजारमा सोमबार बसेको नेपाली काँग्रेस रामेछापको बैठक सदस्यहरुले बहिस्कार गरेका छन् । जिल्ला सभापति कान्छाराम तामाङ्गको ब्यवहार प्रति असंतुष्ट बनेको बहुमत सदस्यहरुले बैठक चलिरहेको बेला
बैठक बहिस्कार गरेका हुन् । सचिव खड्का संगै समितिका बहुमत निर्बाचित सदस्यहरुले पार्टि सचिब दीपक खड्काको लाईनलाई समर्थन गर्दे बैठकबाट बाहिरिएका थिए ।
बैठक बहिस्कार गर्नै हरुमा सचिव दीपक खड्का,सह सचिव ध्रुब चौलागाई र सदस्यहरुमाक्रमश ,हिमाल ढुंगेल,सिताराम कार्कि, नबराज घिमिरे,गोमा कार्कि,सुमन्त कार्कि,कमल प्रकाश सुनुवार,कमल कार्कि,संजिब विक,हस्त लामा र मन्दिरा घिमिरे, शिव बस्नेत ढाकाल थापा,घन नारायण श्रेष्ठ,गुन्ज बहादुर कार्की र कल्पना खड्का काकी रहेका छन् ।
बैठक शुरु हुना साथ पार्टि सचिब दीपक खड्काले आफना कुरा राख्न शुरु गरेका थिए । सो क्रममा सभापतिले मनोनित सदस्य नारयण बोगटीलाई प्रबक्तामा मनोनयन गरेको पत्र पढेर सुनाउन सचिव खड्कालाई आग्रह गरेका थिए । तर सचिव खड्काले सभापतिले विधान विपरित आफु र अन्य पदाधिकारी संग सल्लाहनै नगरि प्रबक्ता तोक्ने काम गरेको भन्दै आपत्ति जनाएका थिए । उनले आफु सभापति भएदेखिनै कान्छारामले समितिका साथिहरुको कुरा नसनि मनपरि ढंगले काम गर्दे आएको र त्यस बारेमा पटक पटक सुधार गर्न अनुरोध गर्दा पनि उनको ब्यवहार नसुधारेको भन्दै प्रबक्ताको जिम्मेवारी पत्र पढ्नलाई अस्विकार गरेका थिए ।
सचिव खड्काले पार्टिको चौधौ महाधिबेसनबाट विजय भएपछि सातौ बैठक सम्म आइपुग्दा सभापतिले असहमत राखे बापत सचिव दिपक खड्का र सह सचिव ध्रुव चौलागाई लाई बैठकमा नबोलाएको,अकिकांश निर्णय एक्लौटी ढंगले गर्दे आएको, अधिकाँश ब्यवहार र बोलिमा सामान्तबादको गन्ध आउने गरेको पार्टिका नेता तथा कार्यकर्ताहरुलाई नोकरको जस्तो ब्यवहार गर्नै गरेकोले ति कुराहरु प्रति आफनो गम्भिर असहमती रहेको भन्दै आलोचना गरेका थिए ।
सचिव दीपक खड्काले सभापतिले पार्टिको बैठक भित्र र बाहिर वोल्ने क्रममा नेता तथा कार्यकर्ताहरुलाई पटक पटक होच्याउने र अपमानित गर्ने जस्ता ब्यबहार गरेको,पुराना तथा त्यागि नेताहरुलाई पनि अपमानजन्य ब्यवहार गर्ने गरेकोले त्यस खालका ब्यवहार कुनै पनि नेता तथा कार्यकर्ताहरुका लागि सह्य हुन नसक्ने भन्दै बैठक बहिस्कार गर्नै घोषणा सहित आफु बैठक बाट बाहिरिएको जानकारी गराए ।

सचिब बाहिरिए पछि सदस्यहरुले पनि खड्काको कुरा प्रति सहमति हुँदै बैठक बहिस्कार गरेका थिए । बहुमत पक्षले बैठक बहिस्कार गरेपनि साँझ सम्म पनि सभापति सहित १३ जना अल्पमत सदस्यको बैठक बसिरहेको वुझिएको छ । यस बारेमा सम्पर्क गर्न खोज्दा अर्का सचिव विनोद कार्कीले सानो स्वरुमा बैठक चलिरहेकोले बोल्न नमिल्ने जानकारी गराए ।

Share642Tweet402Share112

Related Posts

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

१६ फाल्गुन २०७८, सोमबार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

१६ फाल्गुन २०७८, सोमबार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

१६ फाल्गुन २०७८, सोमबार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

१६ फाल्गुन २०७८, सोमबार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

१६ फाल्गुन २०७८, सोमबार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

१६ फाल्गुन २०७८, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.