Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

खानेपानी प्रमुख कार्यालय नबस्दा सेवाग्राही मर्कामा

अभियान सम्बादाता अभियान सम्बादाता
२७ फाल्गुन २०७८, शुक्रबार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
103
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २७ माघ । खानेपानी सरसफाई डिभिजन नं ४ मन्थलीका प्रमुख हुपेन्द्र राज जोशी कार्यालयमा नबस्दा सेवाग्राहिहरु मर्कामा परेका छन् । प्रमुख जोशी कार्यालयमा नबस्दा कार्यालयमा काम गर्न आउने सेवाग्राहिहरु समस्यामा परेका हुन् ।


संघियताको कार्यान्वयन संगै सरकारले सिन्धुली र दोलखा जिल्लालाई समेत पाएक पर्ने गरि रामेछापको सदरमुकाम मन्थलीमा कार्यालय स्थापना गरि काम संचालन गर्दे आएको थियो । कार्यालय ३ जिल्लाको सेन्टर प्वाईन्टमा भएपनि प्रमुख कार्यालयमा नबस्दा कामको शिल शिलामा आउने सेवाग्रहिहरुले पटक पटक रित्तोहात फर्कनु परेको पनि नागरिकहरुको गुनासो रहेको छ ।

तर त्यसकुराको बेवास्ता गर्दे सेवाग्राहि हरुको समस्यालाई समेत चासो नराखि प्रमुख जोशि कार्यालयमा नबस्दा लक्षित कार्यक्रम समेत अधुरो र अपुरो हुन सक्ने अबस्था सृजना भएको छ । जोशिको अनुपस्थीतिका कारण कार्यालयको आन्तरिक काममा समेत ढिलासुस्ति हुने गरेको कर्मचारि श्रोतले बताएको छ ।


रामेछाप जिल्लामा मात्र चालु आवमा मात्र ससर्त अनुदान अन्र्तगत संघिय मन्त्रालय अन्र्तगतका ५१ वटा र प्रदेश सरकार अन्र्तगतका २९ वटा खानेपानीका आयोजना संचालनमा आएका छन् । कार्यालय प्रमुखको अनुपस्थितिमा ति आयोजनाका कामहरुको निरन्तरतामा समेत समस्या आएको छ । प्रमुख नहूँदा योजनाको ईष्टमेट,छनौट, योजना तथा कार्यालय संचालन र भुक्तानी तथा कार्यालयको दैनिक कामहरुमा पनि समस्या आएका लगायतका दर्जनौ गुनासाहरु आउने गरेका छन् ।


प्रायः कार्यालयमा बस्न नरुचाउने प्रमुख जोशी सेवाग्राहि हरुको कचकच बाट छलिन र तनाब मुक्त हुन त्यस ठाउँमा काम नहुँदा पनि साइट अफीसमा बस्ने गरेका छन् । प्रमुख नहुँदा आफु जस्तासेवाग्राहिले अनाबश्यक रुपमा दुख पाउनु परेको रामेछाप नगरपालिका ३ का बासुदेव सुवेदीले बताए । उनले भने गाडिमा ओहोर दोहोर गर्दा कारिब २ हजार रुप्ौयाँ त गाडिभाडामा मात्र जान्छ । अहिले सम्म कार्यालयमा आएर फर्किएको पनि ३ पटक भैसक्यो तै पनि मेरो काम सकिएको छैन् । कार्यालयमा पुगेर बुझदा स्टाफहरुबाट जहिले पनि एउटै जवाफ आउँछ । सर कार्यलयमा हुनु हुन्न । यसको जवाफ कसले दिने । उनले प्रति प्रश्न गरे ।

कार्यालयको काममा परेको असर र कार्यालयमा प्रमुख नबस्ने गरेको विषयमा प्रमुख जोशि संग समन्वय गर्दा उनले आफु अरु जिल्लाको लागि पनि कार्यालय प्रमुख भएकोले अन्यत्र जानु र बस्नु पर्नै हुँदा मन्थलीको कार्यालयमा नियमित समय दिन नसकेको स्वीकार गरे ।

Share41Tweet26Share7

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२७ फाल्गुन २०७८, शुक्रबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२७ फाल्गुन २०७८, शुक्रबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२७ फाल्गुन २०७८, शुक्रबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२७ फाल्गुन २०७८, शुक्रबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२७ फाल्गुन २०७८, शुक्रबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२७ फाल्गुन २०७८, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero