Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

जिल्लामै नमुना बन्दै भैसेश्वर खानेपानी

नेपाल अभियान नेपाल अभियान
२० चैत्र २०७८, आईतवार
in प्रदेश नं ३, समाचार
0
100
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । सदरमुकाम मन्थली बजार नजिकै जोडिएको भैसेश्वर खानेपानी उपभोक्ता समितिका उपभोक्ताहरु अहिले निकै उत्साहित छन् । आफनो समितिले उपभोक्ताहरुको हित संगै विभिन्न सामाजिक कार्य अनि मासिक रुपमा १० हजार लिटर सम्म पानी निशुल्क खुआउने देखि संस्थामा ठुलो धनराशी वचत गरिदिएपछि उपभोक्ताहरुमा उत्साह छाएको हो ।
संस्थागत विकासको क्रममा आफनो नयाँ भबन बनाउँदै गरेको उक्त समितिले भर्खरै मात्र अनलाईन सेवा मार्फत घरमै बसेर पानी तान्ने ब्यवस्था मिलाएको छ । समितिले स्थापना काल देखिनै शुकाजोर खोलादेखि लिफट सिस्टमबाट पानी तानेर आफना उपभोक्ताहरलाई सेवा दिंदै आएको थियो । उक्त म्ुहानमा पानि पर्याप्त नभएपछि समितिले विगत दुई बर्ष देखि आफनो बस्तिबाट करिब एक किलो मिटर टाढा रहेको तामाकोशि नदिको मुहान बाट लिफट सिष्टम मार्फत पानी खुवाउने ब्यवस्था मिलाएको छ ।
कुल १ सय ८५ घर उपभोक्ता रहेको उक्त समितिले आफना सबै उपभोक्ताहरुलाई प्रति महिना १० हजार लिटर पानी निशुल्क खुवाउदै आएको छ । समितिले निशुल्क पानी खुवाउँदै आएपछि उपभोक्ताहरु पनि खुसि छन् । समितिका कोषाध्यक्ष सिताराम कार्कीले भने यस वर्षकै साधारण सभाबाट उपभोक्ताहरुले पाउँदै आएको सेवा सुविधा विस्तार गर्ने तयारी भईरहेको जानकारी दिए । यस बाहेक समितिले आफना विपन्न,जेष्ठ नागरिक र एकल महिला हरुका लाई राहत पुग्ने उदेश्यले थप कार्यक्रम ल्याउने तयारी समेत गरेको छ ।
समितिले शनिबार आफना उपभोक्ताहरुको भेला गराई आफुले गरेको कार्य प्रगतिको बारेमा जानकारी गराएको हो । यस बर्षको साधारण सभाको तयारी र उपभोक्ताहरुको थप सुविधाका लागि संस्थालाई सामुदायीक खानेपानीमा परिणत गराउनका लागि बाँकि प्रक्रिया पुरा गर्र्र्र्नै उदेश्यले आयोजना गरिएको भेलाको उद्घाटन् नेपाल पत्रकार महासंघका अध्यक्ष बद्री नयाँघरेले पानसमा बत्ति बालेर तथा खानेपानीको एप्स अन गरेर उद्घाटन गरेका थिए । सो क्रममा उनले समितिले नमूना समितिको रुपमा काम गरेको भन्दै उसलाई निरन्तर कामको लागि पनि सुझाब दिए ।
भेलामा संस्थाका कोषाध्यक्ष सीताराम कार्किले भए गरेका प्रगतिका बारेमा जानकारी गराएका थिए । संस्थाको आगामि साधारण सभाको तयारी र सामुदायीक खानेपानी दर्ता प्रक्रियाका लागि कानूनी हैसियत पुरा गर्ने उद्देश्यले भेलाको आयोजना गरिएको जानकारी पनि सो अबसरमा गराइएको थियो ।
विगतमा डिभिजन खाने पनि रामेछाप र पछिल्लो समयमा प्रदेश खानेपानी कार्यालय मन्थलीको सहयोगमा संचालित उक्त खानेपानी उपभोक्ता समितिले आफना उपभोक्ताहरुका लागि पर्याप्त रिजर्भर टयाँकि निर्माण संगै बृहत लाईन विस्तार गरि पानीको धारा वितरण गर्दे आएको समितिका उपाध्यक्ष भिमसेन थापाले जानकारी गराए ।

कार्यक्रम संस्थाका अध्यक्ष टिकाराम श्रेष्ठको अध्यक्षतामा भएको थियो ।


Share40Tweet25Share7

Related Posts

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

२० चैत्र २०७८, आईतवार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

२० चैत्र २०७८, आईतवार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

२० चैत्र २०७८, आईतवार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

२० चैत्र २०७८, आईतवार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

२० चैत्र २०७८, आईतवार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

२० चैत्र २०७८, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.