Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप नगरको कार्यभार सम्हाल्दै प्रमुख न्यौपानेले भने म जनताको सेवक हुँ

नेपाल अभियान नेपाल अभियान
१० जेष्ठ २०७९, मंगलवार
in देश, प्रदेश नं ३, राजनीति, समाचार, समाज, स्थानीय सरकार
0
187
SHARES
Share on FacebookShare on Twitter


रामेछाप । रामेछाप नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख लवश्री न्यौपानेले आफु जनताको सेवक भएको बताएका छन् । सोमबार नगर प्रमुखको कार्यभार सम्हाल्दै प्रमुख लबश्री न्यौपानेले उक्त धारणा ब्यक्त गरेका हुन् । आफनो नगरउपप्रमुख बाल कुमारी कार्की र उनले एकै पटक कार्यभार सम्हालेका हुन् ।
नगरका सबै वडाध्यक्ष,सदस्य र अन्य विपक्षि दलका नेताहरु समेतको रोहबारमा उनले भने १४ बर्षको उमेर देखि लोकतन्त्र र नागरिकको परिवर्तनका लागि लडेको मेरा कामहरु कहिलै पनि नागरिकको अहितमा हुने छैनन् । शुसासन र पारदर्शिता कायम गर्दै नगरको समुन्नतिका लागि मेरा कदमहरु अगाडी बढ्ने छन् ।


नगरपालीकाले आयोजना गरेको औपचारिक कार्यक्रमका विच न्यौपाने र थापालाई निवर्तमान नगरप्रमुख नरबहादुर थापामगर र नगर उपप्रमुख सृजना खड्काले नवनिर्वाचित नगरप्रमुख न्यौपाने र कार्कीलाई ५ वर्षको विचमा भएका कार्य प्रगतिका दस्तावेज सहित कानुन अनुसार आफुहरुले गर्दे आएको सबै जिम्मेवारी हस्तान्तरण गरेका थिए । नयाँ प्रमुख र उप प्रमुखलाई प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादेले कार्यालयमा स्वागत गरेका थिए ।
कार्यभार सम्हाल्दै नगर प्रमुख न्यौपानेले जिल्ला अस्पताल रामेछापमा हाल रहेको अस्थाई विशेषज्ञ सेवालाई १२ महिना संचालन गर्ने र नगर भित्र रहेका सबै गर्भवति र सुत्केरी आमाहरुका लागि निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्नै दुई निर्णयमा हस्ताक्षर पनि गरे । कार्यभार सम्हाल्दै नवनिर्वाचित नगरप्रमुख न्यौपानेले राजनितिक दलहरुका साथिहरु समेत संगको सहयोग र समन्वयमा आफुले काम गर्नै भन्दै उनले नगरको संबृद्धि र बिकाशका लागि आफुले दिलो ज्यान दिएर लाग्ने पनि बताए ।
उनले अघिल्लो सरकारको कार्यकालमा पनि धेरै राम्रो काम भएकोमा निर्वर्तमान प्रमुख र उनको टीमलाई धन्यबाद पनि दिए । तसर्थ ती खालका कामलाई निरन्तरता दिदै आफु अघि बढ्ने र बाँकि कामको हकमा योजना बनाएर काम गर्नै पनि सो अबसरमा जानकारी गराए ।


कार्यभार सम्हाल्नु अघि नगरप्रमुखले मुख्य निर्वाचन अधिकृतको रोहबरमा आफना सबै वडाअध्यक्ष र सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । सो अबसरमा उनले सबै निर्वाचीत टीमलाई विना आग्रह पुर्वाग्रह जनताको सेवकका रुपमा काम गर्नका लागि पनि निर्देशन दिए ।
त्यस पछि प्रमुख र उप प्रमुख दुवैले मन्थलीमा रहेको विपीको सालीकमा पुगेर माल्र्यापण र पुष्पगुच्छा अर्पण गरेका थिए । सो अबसरमा उनले आफु विपी कोईरालको विचार बाट निर्देशित भएर राजनितिमा लागेकोले विपिका मार्गनिर्देशनकै आधारमा काम गर्नै पनि बताए ।

Share75Tweet47Share13

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१० जेष्ठ २०७९, मंगलवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१० जेष्ठ २०७९, मंगलवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१० जेष्ठ २०७९, मंगलवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१० जेष्ठ २०७९, मंगलवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१० जेष्ठ २०७९, मंगलवार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

१० जेष्ठ २०७९, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero