Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

स्थानीय तह क्षमता स्वमूल्यांकनमा मन्थली नगर पहिलो

नेपाल अभियान नेपाल अभियान
२० जेष्ठ २०७९, शुक्रबार
in प्रदेश नं ३, समाचार, समाज, स्थानीय सरकार
0
113
SHARES
Share on FacebookShare on Twitter


रामेछाप । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा मन्थली नगरपालिका जिल्लाकै पहिलो बन्न सफल भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०७७–७८ मा गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा ६५.२५ अंकभार ल्याउँदै मन्थली नगरपालिका जिल्लाकै पहिलो बन्न सफल भएको हो ।
जिल्लाका ८ स्थानीय तहमध्ये स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा मन्थली नगरपालिका पछि सुनापती गाउँपालिका कुल पुणाँकको ६० अंकभार ल्याउँदै स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा दोस्रो स्थान प्राप्त गर्न सफल भएको छ । त्यसैगरि ६० अंकभारसहित रामेछाप नगरपालिका तेस्रो भएको छ भने ५१.७५ अंकभार ल्याउँदै खाँडादेवी गाउँपालिकाले चौथो स्थान प्राप्त गरेको छ । त्यस्तै गोकुल गंगा गाउँपालिका ४८ अंकभार ल्याएर पाँचौ हुन् सफल भएको छ ।
त्यसैगरि ४४.२५ अंकभार सहित उमाकुण्ड गाउँपालिका छैँठौँ भएको छ भने दोरम्बा शैलुङ गाउँपालिकाले ३४.२५ अंकभार सहित सातौँ स्थानमा आउन सफल भएको छ । त्यस्तै चरम विवादका कारण ५ बर्ष सम्म खासै काम हुन नसकेको लिखुतामाकोशी गाउँपालिका भने १६.५ अंकभार सहित आठौँ स्थानमा पुगेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हरेक बर्ष शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण लगायतका विषयमा स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन गर्ने गरेको छ । सोहि आधारमा अघिल्लो बर्षको कामको मुल्याँकनमा मन्थली नगरपालीका यस बर्ष प्रथम हुन सफल भएको प्रमुख प्रशासकिय अधिकृत लीलाराज पौडेलले जानकारी दिए ।
मन्त्रालयले स्थानीय तहको कार्यगत र प्रकृयागत क्षमता तथा त्यसको उपलब्धिको बारेमा लेखाजोखा गरी कामको सबल र दुर्बल पक्षहरूलाई मापदण्डका आधारमा मुल्याँकन गरेका आधारमा मन्थलीले अब्वलता हासिल गरेको पनि प्रमुख पौडेलले बताए । उनले भने हामिले गरेको कामको आधारमा पाएको अब्बलताले हामिलाई थप काम गर्न उर्जा मिलेको छ ।
यसमा पुर्व जन प्रतिनिधि र कर्मचारीहरु सबै धन्यबादका पात्र छन् । टोलिको मुल्यांकनमा स्थानिय निकायको विकासको क्रम संगै शुसासनमा भए गरेका राम्रा र नराम्रा काम आदीको समिक्षा गर्नुका साथै गाउँपालिका तथा नगरपालिका बीचमा तुलनायोग्य सूचकहरूको तर्जुमा गरी प्रतिस्पर्धात्मक सुधारमा अग्रसर गराउन पनि अभिप्रेरित गरिएको छ ।
स्थानीय तहलाई शुसासनमुखि,सक्षम र प्रभावकारी बनाउनका लागि स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८० को प्रयोजनार्थ मन्त्रालयले हरेक वर्ष सबै स्थानीय तहहरुको संस्थागत क्षमता स्वमूल्यांकन गर्दै त्यसको परिणाम सार्वजनिक गर्नै गरेको छ । सोहि आधारमा गरिएको मुल्यांकनमा आफनो पालामा मन्थली नगपालिका प्रथम भएको भन्दै निवर्तमान उप प्रमुख मायाँ कार्किले पनि नगरको सिङ्गो टीमलाई धन्यबाद दिईन् ।

Share45Tweet28Share8

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२० जेष्ठ २०७९, शुक्रबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२० जेष्ठ २०७९, शुक्रबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२० जेष्ठ २०७९, शुक्रबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२० जेष्ठ २०७९, शुक्रबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२० जेष्ठ २०७९, शुक्रबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२० जेष्ठ २०७९, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero