Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

गाउँमै परिचयपत्र पाए पछि अपाङ्गमा खुसीयाली

नेपाल अभियान नेपाल अभियान
११ असार २०७६, बुधबार
in समाचार, स्थानीय सरकार
0
345
SHARES
Share on FacebookShare on Twitter

११ असार, २०७६
रामेछाप–रामेछाप नगरपालिकाले शिविर मार्फत गाउँमै पुगेर अपाङ्गता भएका व्यक्तिहरूलाई अपाङ्ग परिचयपत्र वितरण गरे पछि लामो समय देखि अपाङ्ग परिचयपत्रबाट बञ्चित सर्वसाधरणहरुले खुसी व्यक्त गरेका छन् ।

स्थानीय सरकार आए सँगै सिंहदरबारको अधिकार गाउँ–गाउँमा पुर्याउने संघियताको मर्मलाई सार्थक बनाउन नगरले आफ्ना सबै वडामा शिविर मार्फत अपाङ्ग परिचय पत्र बितरण कार्यलाई तिब्रता दिए पछि सेवाग्राहीमा खुसीयाली छाएको हो । परिचय पत्र समन्वय समितिको बैठकको निर्णय अनुसार जेठ २० गतेबाट शुरु गरिएको शिविर असार ९ गते सम्ममा आइपुग्दा नगरपालिकाका ६ वडाका १ सय १५ जना अपाङ्गता भएका व्यक्तिहरूले अपाङ्ग परिचयपत्र पाएका हुन् ।

पूर्ण रुपमा अशक्त भएकालाई घरमै पुगेर र आफ्नो वडा कार्यालय सम्म आउन सक्नेहरूलाई वडाबाटै परिचय पत्र वितरण गरिएको उप–सचिव शुकदेव नेपालले जानकारी दिनुभयो ।
पूर्ण अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरूका लागि घर–घरमा पुगेर सेवा दिँदा उनीहरूमा उत्साह थपिएको रामेछाप–१ गोठगाउँका वडा अध्यक्ष नरबहादुर थापाले बताउनुभयो ।
शिविर मार्फत ‘क’ वर्गको ८ जनाले, ‘ख’ वर्गका २९ जनाले, ‘ग’ वर्गको २८ जनाले र ‘घ’ वर्गको २९ जनाले अपाङ्ग परिचयपत्र पाएको परिचय पत्र वितरण फाँटका प्रमुख नारायण सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी रहेका ५, ६ र ७ वडामा असार १३ गते सक्ने गरी काम भइरहेको छ ।

गाउँमै शिविर आउँदा आफूहरूलाई खुसी लागेको हिमगंगाका शारिरिक अपाङ्गता भएका प्रभुराम घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामीले गाउँमै सेवा पाउँला भनेर त कल्पना सम्म पनि गरेका थिएनौं, सेवा पायौं खुसि लागेको छ ।’

जिल्लाका ८ वटा स्थानीय तह मध्य अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरि घर दैलोमा शिविर मार्फत सेवा दिने रामेछाप नगरपालिका पहिलो बनेको छ ।

Share266Tweet33Share9

Related Posts

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

११ असार २०७६, बुधबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

११ असार २०७६, बुधबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

११ असार २०७६, बुधबार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

११ असार २०७६, बुधबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

११ असार २०७६, बुधबार
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

११ असार २०७६, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero