Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

“देश विकासमा सबैको सहकार्य आवश्यक छ”– नगर प्रमुख श्रेष्ठ

नेपाल अभियान नेपाल अभियान
२४ कार्तिक २०८१, शनिबार
in कृषि, समाचार, समाज
0
36
SHARES
Share on FacebookShare on Twitter

मन्थली, २४ कार्तिक । मन्थली नगरपालिकाका नगर प्रमुख लब श्रेष्ठले देश विकासको लागि सबैको सहकार्य आवश्यक रहेको बताउनुभएको छ । सो कुरा उहाँले जिल्ला कृषि सहकारी संघ रामेछापको शनिवार सम्पन्न छैठौँ साधारण सभामाका अवसरमा प्रमुख अतिथिको आसनवाट वोल्दै सो कुरा बताउनुभएको हो ।


नगर प्रमुख श्रेष्ठले देश विकासमा सरकार र सरोकारवाला निकायहरूको एक्लो प्रयासले मात्रै नहुने भएकाले सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो ।
श्रेष्ठले पछिल्लो समयमा विकास गर्ने जिम्मा सरकारको मात्रै हो भन्ने तरीकाले आम नागरिकले गुनासो गर्ने गरेको तर आफूले गर्नु पर्ने कर्तव्य र दायित्वहरू भुल्दै गएको प्रति चिन्ता ब्यक्त गनुभयो ।


कृषि क्षेत्रमा काम गर्ने सहकारी, विभिन्न संघसंस्थाहरु, सरोकारवाला निकाय र सरकारको संयुक्त प्रयासले मात्रै मुलुकलाई समृद्ध बनाउन सकिने भएकाले अब सबै एक भएर लाग्नु पर्ने उहालको जोड थियो ।
उहाले कृषि सहकारी संघले मन्थली नगर क्षेत्रलाई मुख्य क्षेत्र बनाएर काम गर्ने योजना अगाडी सारेमा नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।


जिल्ला समन्वय समिति रामेछापका उप–प्रमुख प्रेम सागार थापाले जिल्लामा रहेका सबै कृषि सहकारी संस्थाहरूले कृषि क्षेत्रमा काम गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले जिल्लाको कृषि क्षेत्रलाई प्रभावकारी बनाउनको लागि जिल्ला समन्वय समितिले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।


जिल्ला सहकारी संघ रामेछापका अध्यक्ष हिमाल ढुंगेलले पछिल्लो समयमा देशका विभिन्न ठाउँका केही सहकारीको समस्याले गर्दा रामेछापका सहकारी संस्थाहरूले पनि विभिन्न आरोप खेप्नु परेको भनाई राख्दै त्यस्ता आरोपहरूलाई चिर्ने गरी काम गर्नु पर्नेमा जोड दिनुभयो ।


उहाँले जिल्लामा रहेका सहकारीहरूको यकिन तथ्यांकहरु नभएकाले त्यो तथ्याङ्कलाई यकिन गर्नको लागि सहकारीहरूका छाता संगठन र सरकारी निकायहरूले चाँडो काम गर्नु पर्नेमा जोड दिनुभयो ।
जिल्ला बचत तथा ऋण सहकारी संघ रामेछापका उपाध्यक्ष नवीन केसीले कृषि सहकारीहरूलाई राम्रोसँग परिचालन गर्न सके समृद्ध देश बन्ने धारणा राख्दै कृषि सहकारीहरूले आफ्नो उद्देश्य अनुसार काम गर्नु पर्नेमा जोड दिनुभयो ।


नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेले कृषि क्षेत्रमा काम गर्ने भनेर स्थापना भएका कृषि सहकारीहरूलाई अन्य सहकारीसँग तुलना गर्न नमिल्ने धारणा राख्दै कृषि क्षेत्रलाई सुधार गर्नको लागि कृषि सहकारीले प्रभावकारी भूमिका खेल्नु पर्नेमा जोड दिनुभयो ।


रामेछाप उद्योग वाणिज्य संघका सचिव यज्ञ सुवेदीले जिल्ला कृषि सहकारी संघसँग रामेछाप उद्योग वाणिज्य संघले समन्वय गरेर काम गर्ने प्रतिबद्धता जनाउँदै कृषि सहकारी संघले पनि वाणिज्य संघसँग समेत समन्वय गरेर काम गर्न अनुरोध गर्नुभयो ।


जिल्ला कृषि सहकारी संघका अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षमा सम्पन्न भएको छैठौँ साधारण सभामा संघका कोषाध्यक्ष भानुभक्त श्रेष्ठले जिल्ला कृषि सहकारी संघले विगत देखि गरेका कृषिजन्य कार्यको जानकारी सहित आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारण सभाले आर्थिक तथा संगठनिका प्रतिवेदनका साथै भावि कार्य योजना समेत पास गरेको संघका सचिव सुन्दर घिमिरेले बताउनुभयो ।

Share14Tweet9Share3

Related Posts

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

२४ कार्तिक २०८१, शनिबार
अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

२४ कार्तिक २०८१, शनिबार
हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम
देश

हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम

२४ कार्तिक २०८१, शनिबार
भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब
खेलकुद

भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब

२४ कार्तिक २०८१, शनिबार
मन्थलीमा छुट्टा छुट्टै धान दिवस मनाइयो मन्थली,१५ असार । खडेरीका बाबजुत पनि रामेछाप मा २३ औं धान दिवस मनाइएको छ ।æजलवायु मैत्री प्रबिधि,धानमा आम्मनिर्भता र सम्बृद्धिÆ भन्ने मुल नाराका साथ रामेछापको मन्थलीमा मन्थली नगरपालिका र अन्य निकायहरूले छुट्टाछुट्टै धान दिवस मनाएका हुन् ।कृषि विकास कार्यालय रामेछाप र राष्टिय कृषि आधुनिकिकरण कार्यक्रम रामेछाप र रामेछाप बहु प्राबिधिक शिक्षालयको संयुक्त आयोजनामा मन्थली नगरपालिका वडा नं– १ स्थित मदौमा धान रोपेर धान दिवस मनाएको छ भने मन्थली नगरपालिकाले वडा नं –५ को छत्तिवनमा धान रोपेर धान दिवस मनाएको हो ।यति बेला सम्म करिब ५० प्रतिशत भन्दा बढि क्षेत्रफलमा धान रोपाई भैसक्नु पर्नेमा यस वर्ष परेको लामो खडेरीका कारण २० प्रतिशत मात्र धान रोपाई भएको कृषि विकास कार्यालय रामेछापका प्रमुख प्रमोद दाहालले बताउनुभयो । उहाँका अनुसार रामेछाप जिल्लामा ७ हजार ८ सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आइरहेको छ । रामेछाप जिल्लाका अन्य पालिकाहरुले पनि आ आफ्नो पालिका क्षेत्र भित्र रहेका विभिन्न फाँटहरुका धान रोपेर धान दिवस मनाको समाचार प्राप्त भएको छ ।
कृषि

मन्थलीमा छुट्टा छुट्टै धान दिवस मनाइयो

२४ कार्तिक २०८१, शनिबार
सकरात्मक सोच द्वारा रचनात्मक जीवनशैली कार्यक्रम मन्थलीमा सुरु
समाचार

सकरात्मक सोच द्वारा रचनात्मक जीवनशैली कार्यक्रम मन्थलीमा सुरु

२४ कार्तिक २०८१, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero