Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

“देश विकासमा सबैको सहकार्य आवश्यक छ”– नगर प्रमुख श्रेष्ठ

नेपाल अभियान नेपाल अभियान
२४ कार्तिक २०८१, शनिबार
in कृषि, समाचार, समाज
0
22
SHARES
Share on FacebookShare on Twitter

मन्थली, २४ कार्तिक । मन्थली नगरपालिकाका नगर प्रमुख लब श्रेष्ठले देश विकासको लागि सबैको सहकार्य आवश्यक रहेको बताउनुभएको छ । सो कुरा उहाँले जिल्ला कृषि सहकारी संघ रामेछापको शनिवार सम्पन्न छैठौँ साधारण सभामाका अवसरमा प्रमुख अतिथिको आसनवाट वोल्दै सो कुरा बताउनुभएको हो ।


नगर प्रमुख श्रेष्ठले देश विकासमा सरकार र सरोकारवाला निकायहरूको एक्लो प्रयासले मात्रै नहुने भएकाले सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो ।
श्रेष्ठले पछिल्लो समयमा विकास गर्ने जिम्मा सरकारको मात्रै हो भन्ने तरीकाले आम नागरिकले गुनासो गर्ने गरेको तर आफूले गर्नु पर्ने कर्तव्य र दायित्वहरू भुल्दै गएको प्रति चिन्ता ब्यक्त गनुभयो ।


कृषि क्षेत्रमा काम गर्ने सहकारी, विभिन्न संघसंस्थाहरु, सरोकारवाला निकाय र सरकारको संयुक्त प्रयासले मात्रै मुलुकलाई समृद्ध बनाउन सकिने भएकाले अब सबै एक भएर लाग्नु पर्ने उहालको जोड थियो ।
उहाले कृषि सहकारी संघले मन्थली नगर क्षेत्रलाई मुख्य क्षेत्र बनाएर काम गर्ने योजना अगाडी सारेमा नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।


जिल्ला समन्वय समिति रामेछापका उप–प्रमुख प्रेम सागार थापाले जिल्लामा रहेका सबै कृषि सहकारी संस्थाहरूले कृषि क्षेत्रमा काम गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले जिल्लाको कृषि क्षेत्रलाई प्रभावकारी बनाउनको लागि जिल्ला समन्वय समितिले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।


जिल्ला सहकारी संघ रामेछापका अध्यक्ष हिमाल ढुंगेलले पछिल्लो समयमा देशका विभिन्न ठाउँका केही सहकारीको समस्याले गर्दा रामेछापका सहकारी संस्थाहरूले पनि विभिन्न आरोप खेप्नु परेको भनाई राख्दै त्यस्ता आरोपहरूलाई चिर्ने गरी काम गर्नु पर्नेमा जोड दिनुभयो ।


उहाँले जिल्लामा रहेका सहकारीहरूको यकिन तथ्यांकहरु नभएकाले त्यो तथ्याङ्कलाई यकिन गर्नको लागि सहकारीहरूका छाता संगठन र सरकारी निकायहरूले चाँडो काम गर्नु पर्नेमा जोड दिनुभयो ।
जिल्ला बचत तथा ऋण सहकारी संघ रामेछापका उपाध्यक्ष नवीन केसीले कृषि सहकारीहरूलाई राम्रोसँग परिचालन गर्न सके समृद्ध देश बन्ने धारणा राख्दै कृषि सहकारीहरूले आफ्नो उद्देश्य अनुसार काम गर्नु पर्नेमा जोड दिनुभयो ।


नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेले कृषि क्षेत्रमा काम गर्ने भनेर स्थापना भएका कृषि सहकारीहरूलाई अन्य सहकारीसँग तुलना गर्न नमिल्ने धारणा राख्दै कृषि क्षेत्रलाई सुधार गर्नको लागि कृषि सहकारीले प्रभावकारी भूमिका खेल्नु पर्नेमा जोड दिनुभयो ।


रामेछाप उद्योग वाणिज्य संघका सचिव यज्ञ सुवेदीले जिल्ला कृषि सहकारी संघसँग रामेछाप उद्योग वाणिज्य संघले समन्वय गरेर काम गर्ने प्रतिबद्धता जनाउँदै कृषि सहकारी संघले पनि वाणिज्य संघसँग समेत समन्वय गरेर काम गर्न अनुरोध गर्नुभयो ।


जिल्ला कृषि सहकारी संघका अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षमा सम्पन्न भएको छैठौँ साधारण सभामा संघका कोषाध्यक्ष भानुभक्त श्रेष्ठले जिल्ला कृषि सहकारी संघले विगत देखि गरेका कृषिजन्य कार्यको जानकारी सहित आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारण सभाले आर्थिक तथा संगठनिका प्रतिवेदनका साथै भावि कार्य योजना समेत पास गरेको संघका सचिव सुन्दर घिमिरेले बताउनुभयो ।

Share9Tweet6Share2

Related Posts

भाँचियो निर्माणाधिन तामाकोशी नदीको पुल
समाचार

भाँचियो निर्माणाधिन तामाकोशी नदीको पुल

२४ कार्तिक २०८१, शनिबार
वर्तमान गठबन्धन  सरकार ढल्ने हल्ला निराधार हाे – पुर्व मन्त्रि सिटौला
समाचार

वर्तमान गठबन्धन सरकार ढल्ने हल्ला निराधार हाे – पुर्व मन्त्रि सिटौला

२४ कार्तिक २०८१, शनिबार
एमाले – काङ्ग्रेसकाे गठबन्धनलाई कसैले हल्लाउन सक्दैन – ढुंगेल
विविध

एमाले – काङ्ग्रेसकाे गठबन्धनलाई कसैले हल्लाउन सक्दैन – ढुंगेल

२४ कार्तिक २०८१, शनिबार
“बसुन्जेल राम्रो काम गर्छु” – प्र.जि.अ थापा
विविध

“बसुन्जेल राम्रो काम गर्छु” – प्र.जि.अ थापा

२४ कार्तिक २०८१, शनिबार
 विद्यालयले  पाइप र टयाँकि पाएसँगै अभिभावक उत्साहित 
देश

 विद्यालयले  पाइप र टयाँकि पाएसँगै अभिभावक उत्साहित 

२४ कार्तिक २०८१, शनिबार
सबै पालिकालाई उछिन्दै  प्रथम भयो,मन्थली नगरपालिका 
देश

सबै पालिकालाई उछिन्दै  प्रथम भयो,मन्थली नगरपालिका 

२४ कार्तिक २०८१, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.