रामेछाप,१५ वैशाख । नेपाल पत्रकार महासंघ वागमती प्रदेश र जिल्ला शाखा रामेछापको आयोजना तथा मन्थली नगरपालिकाको सहयोगमा शुक्रवार देखि शिक्षा र स्वास्थ्यमा अनलाइन पत्रकारिता तालिम शुरु भएको छ ।
महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेको अध्यक्षतामा सुरु भएको उक्त तालिमको उद्घाटन मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले गर्नुभएको थियो ।
५ दिन सम्म चल्ने सो तालिममा अनलाइन सम्बन्धि सैद्धान्तिक कुराहरुको जानकारी गराउनुका साथै प्रयोगात्मक अभ्यास समेत गराइने आयोजकले जनाएको छ ।
तालिको सहजिकरण पत्रकार के पी ढुंगानाले गरिरहनु भएको छ ।
तालिमको उद्घाटन गर्दै नगर प्रमुख श्रेष्ठ ले पत्रकारहरु निमुखाको साहारा बन्नु पर्ने कुरालाई जोड दिनुभयो । उहाले भन्नुभयो–पत्रकारहरुको इतिहास हेर्दा कहालीलाग्दो भएपनि लोकतन्त्र प्राप्तिका लागि पत्रकारहरुले खेलको मुभिका उल्लेखनिय रहेको बताउनुभयो ।”
यो बारेमा तपाईको प्रतिकृया