रामेछाप,१५ वैशाख । दुधमा आवश्यक गुणस्तरको मात्रा नपुगेको पाइएपछि रामेछापको मन्थलीमा संचालनमा रहेका तिन वटै डेरी सञ्चालकहरु कार्वाहिमा परेका छन् ।
डेरीसञ्चालकहरुले आफु खुसी मुल्य वढाउने कृषकहरुकाई कम पैसा दिने र गुणस्तमा ख्याल नगर्ने गुनासोका आधारमा स्थानीय प्रशासनले शुक्रबार वजार अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा डेरीसञ्चालकहरुलले बजारमा पठाउने दुध गुणस्तरयुक्त नभएको पाइएको थियो ।
जिल्ला प्रशासन कार्यालय रामेछापले मन्थलीमा रहेका अमृत डेरी, रामेछाप डेरी र चरञ्जिवी डेरीबाट उपभोक्तालाई विक्रीका लागि तयार पारिएको दुध शुक्रबार आकस्मिक रुपमा परिक्षण गरको थियो ।
परिक्षणका क्रममा दुधमा न्यूनतम हुनु पर्ने फ्याट र सिएन एफ नभेटिएपछि मन्थलीमा संचालित तीन वटै डेरी कारवाहि परेका हुन ।
यस अघि जिल्ला प्रशासन कार्यालय रामेछापमा वसेको दुग्ध डेरी सञ्चालक हरु सहितको सरोकारवालाहरुको बैठकमा डेरी सञ्चालकहरुले आफुखुसी दुधको प्रति लिटरमा रु २० बढाएपछि स्थानीय प्रशासनको पहलमा रु ५ घटेको थियो भने त्यस बैठकमै गुणस्तरीयता कामय गनै प्रतिबद्धता गरिएको थियो ।
उपभोक्ताको गुनासोको आधारमा पहिलो पटक मन्थलीका डेरी बाट विक्रीका लागि तयार भएको तीन वटै डेरी सञ्चालकहरु वाट ल्याएका दुध परिक्षण गर्दा गुणस्तरीयताकको मापदण्ड लागु नभएका कारण कार्वाहि गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले बताउनुभयो ।
उहाका अनुसार– परिक्षणका क्रममा न्यून गुणस्तरको दुध फेला परेकाले पहिलो पटक प्रत्येक डेरीलाई १५ हजारका दरले जरिवाना गरीएको छ । यस पछि पनि गुणस्तरीयता कामय नभए उनीहरुलाई कडा कारवाहि हुन्छ , नागरिकको स्वास्थ्यमा खेलवाड गर्न पाईदैन ।
यस अघि डेरी सञ्चालकहरुले दुधको मुल्य बढाएर गाइको प्रति लि रु १०० र भैसीको दुध प्रतिलिटर १०० कायम गरेका थिए । तर कृषकहरुलाइ भने प्रतिलिटर फ्याटका आधारमा अधिकतम रु ७४ दिने गरेका थिए ।
यो बारेमा तपाईको प्रतिकृया