Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको वार्षिक साधारण सभा सम्पन्न 

नेपाल अभियान नेपाल अभियान
१६ बैशाख २०८०, शनिबार
in कारोबार, समाचार, समाज
0
66
SHARES
Share on FacebookShare on Twitter

 

मन्थली,१६ वैशाख । मन्थली सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको २१ औँ वार्षिक साधारण सभा शनिवार मन्थलीमा सम्पन्न भएको छ । 

समितिका अध्यक्ष पूर्ण बहादुर सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाको उद्घाटन सङ्घीय सांसद पूर्ण बहादुर तामाङ(कान्छाराम) ले गर्नु भएको थियो ।

कार्यक्रमका अवसरमा बोल्दै सांसद तामाङले आफ्नो कार्यकालमा मन्थलीमा भएको खानेपानी लाई वैकल्पिक लिफ्ट खानेपानी योजना निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

उहाँले जिल्लामा एयरपोर्ट भएर पनि काठमाडौँ –मन्थली हवाई सेवा लामो समय देखि अवरुद्ध भएकोमा यसलाई प्रत्येक शुक्रवार काठमाडौँ –मन्थली –काठमाडौँ हवाई सेवा सञ्चालन गर्न आफू लागिपरेको बताउनुभयो । 

उहाँले जिल्लाका महत्त्वपूर्ण सडकहरूको स्तरोन्नति का लागि आगामी वर्ष योजना पर्ने ठोकुवा गर्नुका साथै  आफ्नो ५ वर्षे कार्यकालमा अरू कसैले गर्न नसेकेको विकास रामेछापमा गरेर देखाउने बताउनुभयो । 

कार्यक्रमका अवसरमा मन्थली सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता     समितिका निवर्तमान अध्यक्ष रामचन्द्र वियोगी, पूर्व अध्यक्ष नारायण दाश श्रेष्ठ लाई दोसल्ला र प्रशंसा पत्रले सम्मान गरिएको थियो भने कार्यालयको काम सम्पादनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै कार्यालयका कर्मचारीहरू क्रमशः लोक बहादुर पहरी र टङ्कराज फुयाँल लाई पनि नगद रु ५ हजार सहित दोसल्ला र प्रशंसा पत्रले सम्मान गरिएको थियो । 

कार्यक्रमका अवसरमा बोल्दै निवर्तमान अध्यक्ष वियोगीले विगतमा मन्थलीमा भएको खानेपानीको समस्या समाधानका कुराहरूको चर्चा गर्दै यो समितिलाई यहाँ सम्म ल्याउन आफूले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । 

कार्यक्रमका अवसरमा बोल्दै पत्रकार महासङ्घ रामेछापका निवर्तमान अध्यक्ष एवं वागमती प्रदेशका कोषाध्यक्ष रमेश ढुङ्गेलले केही वर्ष अघि पानी आएन भनेर खानेपानी को कार्यालयमा फोन गर्ने उपभोक्ताहरू अहिले  अहिले पानी धेर आयो धेरै पैसा तिर्नुपर्ने भो जतिखेर पनि पानी नछाड्दिनु भनेर पानी बन्द गर्नका लागि  फोन गर्न लागेको बताउनुभयो । उहाँले कार्यसमितिका सदस्यहरूले अझ धेरै काम गर्नुपर्ने बताउनुभयो । खानेपानी तथा सरसफाई उपभोक्ता महासङ्घ जिल्ला शाखा रामेछापका अध्यक्ष लेख बहादुर कार्कीले धेरै  आरोह अवरोह पार गरेर  मात्र यो समिति वर्तमान अवस्थामा आइपुगेको भन्दै खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका  कर्मचारीहरूको लापर्वाहिले अहिले वनेको भवन उपभोक्ता मैत्री नभएको बताउनुभयो । उहाँले बेला वेलामा खानेपानी मा आइरहने समस्या समाधानका लागि दिनरात वर्तमान कार्यसमिति खटेको प्रति मुक्त कण्ठले प्रशंसा गर्नु भयो । 

कार्यक्रमका अवसरमा अध्यक्ष,सचिवले र कार्यवाहक कोषाध्यक्ष क्रमशः पूर्ण बहादुर सुवेदी, ढाकल थापा र कृष्ण बस्नेतले आ आफ्ना प्रतिवेदन पेस गर्नु भएको थियो । 

साधारण सभाले सचिव ढाकल थापा द्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन र कार्यवाहक कोषाध्यक्ष कृष्ण वस्तेत द्वारा प्रस्तुत रु १ करोड, ७० लाख १२ हजार ४ सय ७३ रुपैयाँ बराबर को आम्दानी र खर्चको विवरण पास गरेको छ भने साउन महिना देखि लागु हुने गरी यस अघि लिइँदै आएको पानीको व्यक्तिगत न्यूनतम महसुल रु ६००।– लाई घटाएर रु ५००।– कायम गर्ने निर्णय गरेको छ । 

Share26Tweet17Share5

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१६ बैशाख २०८०, शनिबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१६ बैशाख २०८०, शनिबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१६ बैशाख २०८०, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१६ बैशाख २०८०, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१६ बैशाख २०८०, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१६ बैशाख २०८०, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero