
मन्थली,२२ वैशाख । ॐ शिव शक्ति कल्याणी साहारा आश्रमको शुक्रवार मन्थलीमा सम्पन्न चौथो साधारण सभाले कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।यसरी निर्विरोध निर्वाचित हुनेहरुमा प्रथम र द्वितिय उपाध्यक्ष क्रमश तारा रैका मगर, जय वहादुर कठायत, सचिव र कोषाध्यक्षमा क्रमश योगेन्द्र न्यौपाने,कोपिला लुईटेल, सह कोषाध्यक्ष र सह सचिवमा क्रमश दुर्गा प्रसाद सत्याल,सीता श्रेष्ठ,रहनु भएको छ भने सदस्यहरुमा सीता मुङ्राती, यसोदा घिमिरे, गोविन्द प्रसाद पौडेल, टिकाराम श्रेष्ठ, पूर्ण बहादुर खत्री,ज्ञान वहादुर मगर गिता थापा कार्की रहनुभएको छ ।
आश्रमका अध्यक्ष नवराज घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाको उद्घाटन मन्थली नगर प्रमुख लव श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रमका अवसरमा वोल्दै नगरप्रमुख श्रेष्ठले आश्रमको विकास का लागि आफ्नो पनि पहल हुने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

कार्यक्रमका अवसरमा आश्रमका संस्थापक अध्यक्ष कृष्ण प्रसाद ढुंगेल र आश्रममा नियमित सेवा गर्ने डोर प्रसाद घिमिरेलाई सम्मान गरिएको थियो । ढुंगेललाई संस्थाको संस्थापक अध्यक्ष भई संस्थाको हितमा अविस्मरणीय योगदान को कदर गर्दै दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको हो ।
उहाले आफ्नो कार्यकालमा मन्थलीमा पटक पटक शिव पुराण र सप्ताह लगाएर उठेको भेटी बाट भैसेश्वरमा जग्गा प्राप्ती गरी ३ तले भवन निर्माणको सुरुवात गर्नु भएको थियो । आश्रमको बन्द सत्रले आर्थिक र सांगठनिक प्रतिवेदन समेत पास गरेको छ ।
यो बारेमा तपाईको प्रतिकृया