Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ केन्द्रीय समितिमा चुनावी चहलपहल सुरु

नेपाल अभियान नेपाल अभियान
६ फाल्गुन २०८०, आईतवार
in कारोबार, शिक्षा, समाचार, समाज
0
99
SHARES
Share on FacebookShare on Twitter



रामेछाप,६ फागुन । यहि फागुन १८ र १९ गते काठमाण्डौंमा हुन गइरहेको नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महांघको सातौं महाधिबेशनका लागि चहलपहल सुरु भएको छ । नयाँ नेतृत्व समेत छनौट गर्ने उक्त महाधिबेशनमा अध्यक्ष पदमा तीन जनाको उमेद्वारी पर्ने भएको छ । यसरी अध्यक्ष पदमा आफ्नो उमेद्वारी सार्वजनिक गर्नेहरुमा दिवाकर घिमिरे, शिवशागर शर्मा र ऋषिराम शर्मा रहेका छन् ।

त्यसैगरी अन्य पदहरुमा पनि धेरै ब्यवसायीहरुले आ–आफ्नो उमेद्वारी घोषणा गरिसकेका छन ।

जस अन्तर्गत बरिष्ठ उपाध्यक्षमा मातृका सिवकोटी, उपाध्यक्षमा राजेन्द्र तिवारी, नारायण कुमार श्रेष्ठ, महासचिवमा दुर्गा कुमार श्रेष्ठ र नारायण काफ्ले, उप–महासचिबमा अर्जुन कुमार आचार्य र रबिन्द्र वराल, सचिवमा महेश शर्मा, मोहन प्रसाद सापकोटा र सम्भु लामिछाने, महिला सचिवमा कोपीला गिरी,लेखा समितिको संयोजकमा कृष्ण राम कार्की र उमेश अधिकारी,सह–कोषाध्यक्षमा रमेश प्रसाद पौडेल र सरोज मास्के,सदस्यहरुमा खुल्ला तर्फ सुबिन मानन्धर र स्टेसनरी सदस्य तर्फ भिम प्रसाद आचार्यले उमेद्वारी दिने घोषणा गरेका छन् ।

यस भन्दा वाहेकका अन्य ब्यवसायीहरुले भने परिस्थीति र अबस्था हेरी उमेद्वारी घोषणा गर्ने तयारी गरीरहेको जनाइएको छ ।


काभ्रे जिल्ला बाट तीनजनाको उमेद्वारी


वागमती प्रदेश अन्तर्गत पर्ने काभ्रेपलान्चोक जिल्लाबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्न तीन जनाको उमेद्वारी पर्ने भएको छ । सो जिल्ला बाट उमेद्वारी पर्नेहरुमा लेखा समितिका संयोजक कृष्णराम कार्की, खुल्ला केन्द्रीय सदस्य सुबिन मानन्धर र स्टेसनरी तर्फको सदस्यमा भिम प्रसाद आचार्य रहेका छन् ।
कृष्णराम कार्की यस अघि काभ्रे जिल्लाको अध्यक्ष हुदै वर्तमान केन्द्रीय सदस्य हुन् भने सुबिन मानन्धर यस अघि २ कार्यकाल वागमती प्रदेशको कोषाध्यक्षको जिम्मेवारी वहन गरिसकेका ब्यवसायी हुन । त्यसैगरी भिम प्रसाद आचार्य काभ्रे जिल्लाको निवर्तमान अध्यक्ष हुन् । एक पछि अर्कोले आफ्नो उमेद्वारी घोषणा गर्दै पुस्तक तथा स्टेशनरी ब्यवसायीहरूले चुनावी चहलपहल बढाईरहेका छन् । सो मितिमा काठमाण्डौमा हुन गइरहेको सातौ महाधिबेशनवाट विभिन्न पदमा चुनिनका लागि पुराना र नयाँ अनुहारका ब्यवसायीहरु मैदानमा उत्रिने तयारी गरिरहेका छन् ।

Share40Tweet25Share7

Related Posts

रामेछापमा पनि राजसंस्था पुनःस्थापनाका लागि  संयुक्त जनआन्दोलन समिति गठन
समाचार

रामेछापमा पनि राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठन

६ फाल्गुन २०८०, आईतवार
नदीको कटान बाट वस्ती र सार्वजनिक स्थल जोगाउन हप्तौ सम्म श्रमदान
समाचार

नदीको कटान बाट वस्ती र सार्वजनिक स्थल जोगाउन हप्तौ सम्म श्रमदान

६ फाल्गुन २०८०, आईतवार
भाँचियो निर्माणाधिन तामाकोशी नदीको पुल
समाचार

भाँचियो निर्माणाधिन तामाकोशी नदीको पुल

६ फाल्गुन २०८०, आईतवार
वर्तमान गठबन्धन  सरकार ढल्ने हल्ला निराधार हाे – पुर्व मन्त्रि सिटौला
समाचार

वर्तमान गठबन्धन सरकार ढल्ने हल्ला निराधार हाे – पुर्व मन्त्रि सिटौला

६ फाल्गुन २०८०, आईतवार
एमाले – काङ्ग्रेसकाे गठबन्धनलाई कसैले हल्लाउन सक्दैन – ढुंगेल
विविध

एमाले – काङ्ग्रेसकाे गठबन्धनलाई कसैले हल्लाउन सक्दैन – ढुंगेल

६ फाल्गुन २०८०, आईतवार
“बसुन्जेल राम्रो काम गर्छु” – प्र.जि.अ थापा
विविध

“बसुन्जेल राम्रो काम गर्छु” – प्र.जि.अ थापा

६ फाल्गुन २०८०, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.