
मन्थली, ९ पुष । मन्थली सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समिति मन्थली रामेछापको बुधवार हुन गैरहेको २२ औं साधारण सभाको अन्तिम तयारी पुरा भएको छ ।
मंगलवार सम्पन्न समितिको बैठकले सबै तयारी पुरा भएको निर्णय गरेको समितिका सचिब ढाकल थापाले नेपाल अभियानलाई बताउनुभयो ।
समितिका अध्यक्ष पूर्ण बहादुर सुबेदीको अध्यक्षतामा हुने उक्त साधारण सभाको उद्घाटन मन्थली नगरप्रमुख लव श्रेष्ठले गर्ने तयारी भएको पनि सचिब थापाले जानकारी दिनुभयो ।
यस अघि विभिन्न ९ वटा एरियाको साधारण सभावाट छनौट भएका ९० जना सदस्यहरु साधारण सभाका प्रतिनिधिहरु हुने छन् ।
साधारण सभामा दुई करोड दश लाख पचास हजार नौ सय नौ रुपैया वरावरको आम्दानी र खर्चको विवरण अनुमोदनका लागि पेश गरिनुका साथै समितिको सांगठनिक गतिविधि प्रस्तुत हुने र आगामी बर्षको कार्य योजना समेत निर्माण गरिने समितिका कोषाध्यक्ष कृष्ण बस्नेतले बताउनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया