Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

१००%ऋण सुरक्षा भएको एकमात्र सहकारी भूपू सैनिक मात्र –नगर प्रमुख बस्नेत

नेपाल अभियान नेपाल अभियान
२५ मंसिर २०७८, शनिबार
in कारोबार, समाचार, स्थानीय सरकार
0
89
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, २५ मङ्सीर । देशभर रहेका सहकारी संस्था मध्ये एक सय प्रतिशत ऋणको सुरक्षा भएको सकहकारी भूपू सैनिक सहकारी मात्र भएको मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले बताउनु भएको छ ।
सो कुरा उहाले शनिवार श्री भूतपूर्ब सैनिक बचत तथा ऋण सहकारी संस्थाको १५ औ बार्षिक साधारण सभाको उद्घाटनका क्रममा बताउनु भएको हो ।

उहाले भूतपूर्ब सैनिकहरु द्धारा सञ्चालन भएको यो सहकारीमा ऋण लैजादा आफ्नो पेन्सन पट्टा धितो राखेर लानुपर्ने ब्यवस्था भएका कारण संस्थाले गरेको ऋण लगानी नउठला की भन्ने चिन्ता नहुने वताउनुभयो ।
उहाले जिल्लामा रहेको भूपू सैनिक संघ र भूपू सैनिक बचत तथा ऋण सहकारी संस्थाको एक आपसमा नङ र मासुको जस्तो सम्बन्ध भएका संस्थाहरुका कारण निजी भवन निर्माण देखि अन्य रचनात्म कामहरु गर्न सकेको बताउनुभयो । उहाले यस सहकारीले कृषकहरुका लागि समेत मलको ब्यवस्थापन गर्ने गरेकोले आगामी दिनमा जिल्लाभर रहेका यस सहकारीका शेयर सदस्यहरुलाई मल दिन सक्ने गरी काम गर्न आफुले पनि सहयोग गर्ने बताउनुभयो । उहाले पैसाको कारणले उद्यम गर्न नसक्नेलाई अब बैङ्क हरु सँग मिलेर नगरपालिकाले थोरै ब्याजमा उद्यम गर्न ऋण प्रवाह गर्न सिफारिस गर्ने बताउनुभयो ।

सहकारीका अध्यक्ष केशव प्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका अवसरमा मन्थली नगरपालिका वडा नं १ का अध्यक्ष नारायण दाश श्रेष्ठ, भुपू सैनिक संघरामेछापका अध्यक्ष जय बहादुर कठायत, पूर्व अध्यक्ष टहल बहादुर कार्की ,केन्द्रीय भूपू सैनिक बचत तथा ऋण सहकारी संस्थाका केन्द्रीय कोषाध्यक्ष ओम बहादुर लामा, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका कोषाध्यक्ष रमेश ढुंगेल लगाएतले आ –आफ्नो मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रमका अबसरमा बोल्दै वडा नं १ का वडा अध्यक्ष नारायण दाश श्रेष्ठ ले आफु सधै भुपू सैनिक हरुको पक्षमा रहने भन्दै उहाहरुको सम्मानका लागि आफुले सञ्चालन गरेको रामेछाप सामुदायिक अस्पतालमा सेवामा २५ प्रतिशत र औषधिमा ५ प्रतिशत छुट दिने घोषणा गर्नुभयो । उहाले आफ्नो वडामम भएका अन्य सहकारीको तुलनामा यो सहकारी पनि पूँजि र भौतिक संरचनाका हिसावले धनि सहकारीमा पर्ने बताउनुभयो ।
सो अवसरमा बोल्दै पत्रकार रमेश ढुंङ्गेलले शैनिक जस्तो अनुसासित संगठनबाट पेन्नसपकाएर बसेका ब्यक्तिहरुबाट खोलेको यो सहकारीले राम्रो काम गरेका कारण मात्र भौतिक संरचना निर्माण गर्न सफल भएको बताउनु भयो । उहाले शेयर सदस्यहरुले लगेको ऋण उत्पादन मुलक क्षेत्रका लगानी गर्न अनुरोध गर्दै सहकारीबाट ऋण लिएर प्राप्त गरेको सफलताको कथा लेख्ने अवसर आफुहरुलाई दिन अनुरोध गर्नुभयो ।

१ हजार ४ सय ५४ जना शेयर सदस्य रहेको यस सहकारीले गत अर्थिक बर्षमा ६ लाख ९० हजार ६ सय ४६ रुपैया नाफा कमाउन सफल भएको संस्थाका कोषाध्यष बिर बहादुर खड्काले जानकारी गराउनु भएको थियो । त्यसैगरी उहाले संस्थाको ५ करोड ८ लाख ७९ हजार ६ सय ६८ रुयैया कुल सम्पति रहेको, ४ करोड १५ लाख २४ हजार ९ सय २४ ऋण लगानी भएको र ४ करोड १५ लाख ७२ हजार ९ सय ३६ रुपैया बचत संकलन भएको साथै ३६ लाख ९८ हजार २ सय ८५ रुपैया शेयर पूँजी रहेको पनि सो अवसरमा जानकारी गरमउनुभएको थियो ।

कार्यक्रमका अबसरमा उत्कृष्ठ कर्मचारी, उत्कृष्ठ जेष्ठ नागरिक बचतकर्ता, लगाएतलाई सम्मान गरिएको थियो भने अध्यक्ष,उपाध्यक्ष सचिब,कोषाध्यक्षले प्रस्तुत गर्नु भएको र लेखा तथा सुपरिबेक्षण समितिका संयोजक ले प्रस्तुत गर्नुभएको प्रतिबेदन समेत बन्द सत्रले पास गरेको छ ।

Share36Tweet22Share6

Related Posts

अम्बर आदर्श वचतकाे २४ अाैं साधारण सभा सम्पन्न
संघ

अम्बर आदर्श वचतकाे २४ अाैं साधारण सभा सम्पन्न

२५ मंसिर २०७८, शनिबार
नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको   अन्तरकृया
राजनीति

नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको अन्तरकृया

२५ मंसिर २०७८, शनिबार
रुद्राक्षेश्वर माविमा विब्यस गठन
शिक्षा

रुद्राक्षेश्वर माविमा विब्यस गठन

२५ मंसिर २०७८, शनिबार
शिब सुबेदीलाई सम्मान सहित  विदाई
प्रदेश नं ३

शिब सुबेदीलाई सम्मान सहित विदाई

२५ मंसिर २०७८, शनिबार
चन्द्रसिं र शिवको विदाईमा भक्कानीयो मन्थली मावि
देश

चन्द्रसिं र शिवको विदाईमा भक्कानीयो मन्थली मावि

२५ मंसिर २०७८, शनिबार
रामेछापमा एमाले प्रतिनिधि चयन, सहमतिमै टुङ्गियो
देश

रामेछापमा एमाले प्रतिनिधि चयन, सहमतिमै टुङ्गियो

२५ मंसिर २०७८, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.