रामेछाप,२३ पुष । नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघको केन्द्रीय महाधिबेशनको अन्तिम तयारी पुरा भएको छ ।
यहि पुष २८ र २९ गते चितवनको सौराहामा हुने महासंघको छैटौं राष्ट्रिय ४ सय ५० प्रतिनिधि र करिब ३ सय जति पर्यबेक्षक सहित महाधिबेशनमा ७ सय ५० जना सहभागि हुने महासंघका महासचिब दिवाकर घिमिरेले जानकारी दिनुभयो ।
नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ जिल्ला शाखा चितवनको आतिथ्यतामा सम्पन्न हुनगइरहेको उक्त अधिबेशन सौराहको होटल सेभेन स्टारमा हुने र कार्यक्रमको उद्घाटन शिक्षा मन्त्री देवेन्द्र पौडेलले गर्नुहुने बताइएको छ ।
अधिबेशनलाई भब्य र सभ्य रुपमा सफलता पूर्बक सम्पन्न गर्नका लागि केन्द्रीय अध्यक्ष उपाध्यक्ष मनहरी बस्यालको संयोजकत्वमा मूल आयोजक समिति र ऋषिराम शर्माको संयोजकत्वमा ब्यवस्थापन समिति गठन भएको छ ।
ब्यवस्थापन समिति अन्तर्गत सचिवालय, प्रचार प्रसार, आर्थिक, अनुगमन तथा मुल्यांङ्कन,अतिथि सत्कार, आवास तथा भोजन,स्थास्थ्य,जस्ता बिभिन्न उप–समितिहरु गठन गरिएको र ति उप–समितिहरु जिल्ला शाखाका अध्यक्ष उद्योग बिक्रम बानियाको नेतृत्वमा परिचालन भैरहेको केन्द्रीय सचिब नारायण काफ््लेले जानकारी दिनुभयो ।
२८ गते बिहान ११ बजे देखि सुरु हुने उक्त कार्यक्रम अन्तर्गत औपचारिक कार्यक्रम पछि हुने बन्द सत्रले महासचिब र कोषाध्यक्षको प्रतिबेदन माथिको छलफल सहित नयाँ नेतृत्व चयन गर्ने पनि आयोजकले जनाएको छ ।
यो बारेमा तपाईको प्रतिकृया