Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नवौं पुस्तक दिवस बिबिध कार्यक्रमका साथ मनाइयो

नेपाल अभियान नेपाल अभियान
२४ माघ २०७८, सोमबार
in कारोबार, समाचार, समाज
0
54
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, २४ माघ । वसन्त पञ्चमी तथा नवौं राष्ट्रिय पुस्तक दिवस आइतवार देशभर बिबिध कार्यक्रमका साथ मनाइएको छ ।
सो अवसरमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ काठमाण्डौ शाखाले डिल्लिबजारमा रहेका कैदी बन्दीहरुलाई समय कटाउन सहज होस भनि बिभिन्न खालका पुस्तकहरु कारागार प्रशासन लाई पुस्तकहरु हस्तान्तरण गरेको छ ।
काठमाणडौमा रहेको विभिन्न प्रकाशनहरुवाट संकलन गरी करिव ७ लाख ५० हजार मुल्य वरावरको एक हजार दुई सय थान पुस्तकहरु उपलब्ध गराइएको थियो ।
काठमाण्डौ शाखाका अध्यक्ष श्री आचार्यको नेतृत्वमा डिल्लीवजार पुगेको उक्त टोलीले महासंघका महासचिव शिवसागर शर्माको उपस्थितिमा राजनैतिक, धार्मिक, संस्कृतिक, साहित्यिक, ब्यक्तित्व विकास, भाषा र सकारात्मक सोच अभिवृद्धि गर्ने खालका पुस्तकहरु कारागार प्रमुख वसन्त राज पुरीलाई हस्तान्तरण गरीएको हो ।

पुस्तकहरु बुझ्दै कार्यालय प्रमुख पुरीले यति धेरे पुस्तकहरु कारागारका कैदी वन्दीहरुलाई उपलब्ध गराएको प्रति महासंघलाई धन्यवाद दिदै राज्यले नगरेको काम महासंघले गरेको भन्दै खुसी ब्यक्त गर्नुभयो । उहाले र जेल जीवन को समय कटाइरहेको कैदीहरुलाई यस्ता पुस्तकले ज्ञान बृद्धि हुनुका साथै आगामी दिन देखि अपराधिक कृयाकलाप संम्लग्न नहुने खालका सकरात्मक सन्देश दिने पनि बताउनुभयो ।

सो अबसरमा बोल्दै महासंघका महासचिब शिवसागर शर्माले हरेक वर्ष बसन्त पञ्चमी एबं पुस्तक दिवसका अवसरमा महासंघले यस्ता खालका बिभिन्न सामाजिक कामहरु गर्ने गरेको भन्दै पुस्तकको महत्व वढाउन र कैदीबन्दीहरुलाई समय कटाउन सहज होस र पठन संस्कृतिको पनि बिकास होस भन्ने उद्देश्यले पुस्तकहरु उपलब्ध गराइएको बताउनुभयो ।
कार्यक्रममा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्र, प्रदेश र जिल्ला शाखाका पदाधिकारीहरु, सदस्य तथा पुस्तक व्यावसायिहरु , जेल प्रशाशन तथा जेलका आन्तरीक कर्मचारी तथा कैदीहरुको उपस्थिति थियो ।

यसैगरी सोही अबसर पारेर नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ मकवानपुर शाखाले पनि चेपाङ समुदायमा रहेको बिद्यालयमा अध्ययनरत वालावालिकाहरुलाई स्टेशनरी सामाग्रीहरु हस्तान्तरण गरेको छ ।
मनहरी गाँउपालिका वडा नं ४ चिसापानीमा रहको बिद्यालयमा अध्ययनरत शिसु कक्षा देखि ५ कक्षा सम्म अध्ययन गर्ने १ सय ५४ जना बिद्यार्थीहरुलई करिब १ लाख २५ हजार रुपैया बरावरको स्टेशनरी सामाग्रहरु बितरण गरिएको शाखाका अध्यक्ष बिज्ञान रीमालले बताउनुभयो ।
शाखाले बिद्यार्थीहरुलाई बिद्यालयमा आबश्यक पर्ने कापी पेन्सील इरेजर, कटर, कलर बक्स डटपेन, साइनपेन, औजार बक्स र बिद्यालयलाई खेलकुद कार्यक्रम गराउन सहज होस भन्ने उद्देश्यका साथ फुटवल ,भलिवल, क्रिकेट सेट, क्यारिमबोर्ड, लुडो सेट, लगाएतका सामाग्रीहरु उपलब्ध गराएको हो ।
कार्यक्रम शाखा अध्यक्ष बिज्ञान रिमालको अध्यक्षता र केन्द्रीय सह कोषाध्यक्ष किरण बाबु न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा महासंघका केन्द्रीय सदस्य बासु न्यौपाने, लगाएत जिल्ला शाखाका पदाधिकारी एबं सदस्यहरु र बिद्यालयका प्रधानाध्यापक राजेन्द्र न्यौपाने सहित शिक्षक ,शिक्षिकाहरु र अध्ययनरत वालवालिकाहरुको उपस्थिति रहेको थियो ।
यसैबिच सोहि अवसर पारेर नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ जिल्ला शाखा सिन्धुलीले पनि शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।

कमलामाइ नगरपालिकाको श्री आधारभूत बिद्यालय फाल्चुरी खट्टारमा अध्ययन गर्ने वालवालिकाहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो ।
शाखाका अध्यक्ष धन बहादुर कार्कीको अध्यक्षता र नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायि महासंघ केन्द्रीय समतिका लेखा समिति संयोजक बासु भेटवालको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा महासंघ जिल्ला शाखाका पदाधिकरी एबं सदस्यहरु बिद्यलयका प्रधानाध्यापक र शिक्षक, शिक्षिका एबं बालावलिकाहरुको उपस्थिति रहेको थियो ।

त्यसैगरी पर्शा शाखाले पनि द्वार देवी मावि अलौमा शैक्षिक सामाग्री बितरण गरेको छ । शाखाका अध्यक्ष रोहित ब्याहुतको अध्यक्षता र प्रदेश नं २ का निवर्तमान अध्यक्ष मुकेश सिंहको प्रमुख आतिथ्यतामा कार्यक्रम सन्पन्न भएको हो । कार्यक्रममा जिल्ला शाखाका पदाधिकारीहरु, बिद्यालयका प्र अ, शिक्षक, शिक्षिकाहरु र बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।
यसैगरी सो अवसर पारेर देश भर रहेका नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघको प्रदेश शाखा र जिल्ला शाखाहरुले बिभिन्न रचनात्मक कार्यक्रमहरु गरी नवौं पुस्तक दिवस मनाएको समाचारहरु प्राप्त भइरहेका छन् ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले हरेक बर्ष श्री पञ्चमीलाई राष्ट्रिय पुस्तक दिवसका रुपमा मनाउँदै आइरहेको छ ।

Share22Tweet14Share4

Related Posts

रामेछाप अस्पतालमा रक्तदान
समाचार

रामेछाप अस्पतालमा रक्तदान

२४ माघ २०७८, सोमबार
मन्थली नगरपालिकाका १४ वटै वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा
समाचार

मन्थली नगरपालिकाका १४ वटै वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

२४ माघ २०७८, सोमबार
रामेछाप नगरपालिकाका सबै वडा एकैसाथ बालमैत्री वडा घोषणा
समाचार

रामेछाप नगरपालिकाका सबै वडा एकैसाथ बालमैत्री वडा घोषणा

२४ माघ २०७८, सोमबार
जेष्ठ नागरिक द्वारा ९ जना असल बुहारी सम्मानित
समाचार

जेष्ठ नागरिक द्वारा ९ जना असल बुहारी सम्मानित

२४ माघ २०७८, सोमबार
रामेछापकोे सिम्ले आविमा खानेपानी पुगेपछि गाँउमै खुसियाली
विविध

रामेछापकोे सिम्ले आविमा खानेपानी पुगेपछि गाँउमै खुसियाली

२४ माघ २०७८, सोमबार
अन्तरजातिय विवाह गर्ने १3 जोडि सम्मानित
समाचार

अन्तरजातिय विवाह गर्ने १3 जोडि सम्मानित

२४ माघ २०७८, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.