Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

दोरम्बा अस्पताल अलपत्र पार्ने ठेकेदार विरुद्ध प्रशासनमा उजुरि

superadmin superadmin
१२ चैत्र २०७९, आईतवार
in आधारभूत, प्रदेश नं ३, समाचार, समाज, स्थानीय सरकार, स्वास्थ्य
0
43
SHARES
Share on FacebookShare on Twitter


रामेछाप । दोरम्बा शैलुङ गाउँपालिकामा निर्माणाधिन दोरम्बा प्राथमिक अस्पतलाको निर्माण कार्य अलपत्र पारेको भन्दै उक्त अस्पतालका ठेकेदार विरुद्ध उजुरि परेको छ ।
२०७७ चैत १७ गते संझोता गरि एक वर्ष भित्र निर्माण गरिसक्ने जिम्मा पाएको ठेकेदार कम्पनिले दोरम्बामा अस्पताल भवन निर्माण कार्य अलपत्र पारेको भन्दै दोरम्बा वडा नं २ का रत्न प्रसाद कडेलले जिल्ला प्रशासन कार्यालय रामेछापमा लिखित रुपमा उजुरि दिनु भएको हो ।
अस्पताल निर्माणको जिम्मा लिएको आरोग्य सुवेदी जेभीले २०७८ को चैत १६ गतेसम्म काम सम्पन्न गर्ने गरी २०७७ चैत १७ गते ठेक्का सम्झौता गरेको थियो । तोकिएकै मितिमा अस्पताल बनेपछि गाउँमै सेवा लिने आशामा बसेका सर्वसाधारणलाई स्वास्थ्य उपचार तथा सेवामा समस्या भएपछि आफुले प्रशासनमा लिखित रुपमा उजुरि दिएको गैर सरकारी संस्था महासंघका जिल्ला अध्यक्ष समेत रहेका कडेलले बताउनु भयो ।काम अलपत्र पारेर निर्माण व्यवसायी भागेपछि सर्वसाधारणले जस्ताको टहरामा बसेर स्वास्थ्य सेवा लिंदै आएका छन् ।
निर्माणाधीन १५ शय्याको दोरम्बा अस्पतालको निर्माणको काम करिब १५ प्रतिशत पनि पूरा नहुँदै निर्माण कम्पनि लामो समयदेखि निर्माण कार्य रोकेर सम्पर्क विहीन भएको छ । आरोग्य सुवेदी जेभीले लिएकोे भबनको काम निर्धारित समयमा नभएको र उसले समय माग गरेपछि गाउँपालिकाले २०७९ असोज १६ गतेसम्मको म्याद थप गरेको थियो ।
थप गरेको समयमा पनि ठेकेदार कम्पनिले काम नगरेको भन्ने अत्याधिक गुनासाहरुका विच पनि कम्पनीलाई गाउँ कार्यपालिकाले एकै पटक २०८० असार २४ गतेसम्मको लागि म्याद थप गरेपछि पालिकाको अध्यक्ष र उपाध्यक्ष समेतको टीमको नियत माथि पनि स्थानियले संका ब्यक्त गरेका छन् ।
कडेलले प्रशासनमा दिएको उजुरि पत्रमा – भ्याट र पीएस सहित ११ करोड ३० लाख ११ हजार ४ सय ६० रुपैँयामा काम सम्पन्न गर्ने सम्झौता कम्पनीले गरेको थियो । सो कामको लागि कम्पनीले २ करोड २६ लाख रुपैँया पेस्की लिएको कुरा पनि उल्लेख गर्नु भएको छ । ठेकेदारले पहिलो बिलको ८२ लाख ४७ हजार ४ सय ५१ रुपैँया भुक्तानी लिइसकेको छ भने दोस्रो अन्तिम बिल ४६ लाख १३ हजार रुपैँया भुक्तानीको तयारी अवस्थामा रहेको गाउँपालिकालेनै बताएको छ ।
लामो समयदेखि त्यतिकै छाडेको फलाम खियाले खाएर काम नलाग्ने अवस्थामा पुगेको छ । निर्माण कम्पनीले काम नगर्ने गलत मनसायका साथ त्यहाँका निर्माण सामाग्री समेत उठाएर अन्यत्रै लगेको छ । कम्पनीले काम गर्ने कुनै छाँटकाँट नभएको र स्थानिय सरकारले पनि वेवास्ता गरेपछि आफुले बाध्य भएर प्रशासनमा उजुरि दिएको पनि कडेलले गुनासो गर्नु भयो ।
सो उजुरिका आधारमा प्रमुख जिल्ला अधिकारी सोभाखर रेग्मीले सबै सरोकारवालालाई बोलाएर छलफल गर्नकालागि तत्काल निर्दैशन दिईसकेको भएपनि उक्त निर्देशनको पालना हुन नसकेको पनि कडेलले गुनासो गर्नु भएको छ । तर सो छलफल पनि हुन सकेको छैन ।
१५ शय्याको अस्पताल सञ्चालनमा आएमा तीन जना चिकित्सक सहित कम्तीमा २० जना स्वास्थ्य कर्मीले सेवा प्रवाह गर्दा त्यहाँका स्थानियहरुले सहजै उपचार पाउने भएकोले पनि निर्माणाधिन दोरम्बको अस्पतलालाई महत्वका साथ हेरिएको छ ।
उक्त कम्पनिले हाल सम्म करिब ३ करोड बराबरको वीलको भुक्तानि लिएर पनि अस्पतालल जस्तो सम्बेदनशिल भबनको काममा बेवास्ता गरेर सिङ्गो पालिकाका नागरिकहरुमा खेलबाड गर्नु गम्भिर अपराध भएको भन्दै आफुले कानुनी कार्वाहिको लागि उजुरी दिएको पनि कडेलले दावि गर्नु भयो ।

Share17Tweet11Share3

Related Posts

तालिम सुरु
समाचार

तालिम सुरु

१२ चैत्र २०७९, आईतवार
थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ
संघ

थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ

१२ चैत्र २०७९, आईतवार
घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग
समाचार

घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग

१२ चैत्र २०७९, आईतवार
रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी
समाचार

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

१२ चैत्र २०७९, आईतवार
समाचार

६९ आैं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाईयाे

१२ चैत्र २०७९, आईतवार
रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु
समाचार

रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु

१२ चैत्र २०७९, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.