Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

भर्ना सँगै विद्यार्थीका हात हातमा पठ्यपुस्तक

नेपाल अभियान नेपाल अभियान
७ बैशाख २०८०, बिहीबार
in आधारभूत, समाचार, समाज
0
66
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,७ वैशाख । देशभरका सामुदायिक विद्यालयमा भर्ना अभियान चलिरहेको बेला भर्ना सँगै हात हातमा पुरा सेटमा पाठयपुस्तकहरु पाएपछि बिद्यार्थीहरु दंग छन् । यस अघि प्राय सबै कक्षाका पठयपुस्तक पुरा सेटमा उपलब्ध नहुने समस्या भएपनि यसपालि भने कक्षा १ देखि १० सम्मका पाठ्यपुस्तकहरु सेट संख्यामै देशभरका बिद्यार्थीहरुले पाइसकेको छन ।


२०४६ सालको जनआन्दोलन पछि देशमा बहुदलिय व्यवस्था लागु भए पश्चात देशै भरी जनमानसमा खुसियाली छाए पनि देशको कर्णधार निर्माण गर्ने मेरुदण्डका रुपमा रहेको विधालयमा अध्ययन गर्ने विधार्थीका लागि आवश्यक पाठ्यपुस्तक कहिल्यै समयमा नपुगेको यथार्थ विवरणहरु सञ्चार माध्यमहरुमा देखिएको थियो ।
त्यस वेला पछिका कुनै पनि शैक्षिक वर्ष हरुमा शैक्षिक वर्षको मध्यान्तर सम्म पनि पाठ्यपुस्तकहरु विधार्थी का हात हातममा पुगेका थिएनन् । तर यस शैक्षिक वर्ष सुरु हुना साथ विधार्थीको हात हातमा पाठ्यपुस्तकहरु पुगिसकेको छ ।
कर्णाली प्रदेश सहित देश भरका ७ वटै प्रदेशमा विधालय स्तरको पाठ्यपुस्तकहरु विधार्थीको हातमा पुगिसकेको तथ्याङक पाठ्यक्रम विकास केन्द्र सँग छ । विगतका वर्षहरुमा कागज खरिद, वजेट व्यवस्थापन लगायतका अनेकन समस्याहरुलाई निराकरण गर्दै पाठ्यपुस्तक छपाइ तथा वितरणमा वर्तमान पुष्पकमल दहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको हस्तक्षेपकारी भुमिकाले मात्र समयमा विधार्थीको हातमा पाठ्यपुस्तकहरु पुग्न सकेको पुस्तक ब्यवसायिहरु बताउछन् ।
जसका कारण वि सं २०४६ पछि सम्भव नभएको कार्य यो शैक्षिक वर्षकोको सुरुवातिमै भएको हो । पाठ्यपुस्तक वितरणमा देखिएको यो तदारुकताले विद्यार्थी,शिक्षक र अभिभावकलाई निकै सहज बनाएको छ । विगतका वर्षहरुमा जनक शिक्षा सामाग्री केन्द्रले कक्षा ४ देखि १० सम्मको पाठ्यपुस्तक छपाइ तथा वितरण गर्ने गरेकोमा यस वर्ष बाट जनक शिक्षा सामाग्री केन्द्रको भार कम गर्दै कक्षा १ देखि कक्षा ५ सम्मका पाठ्यपुस्तक छपाइ तथा वितरणमा नीजि क्षेत्रलाई सहभागी गराइ समयमा नै पाठ्यपुस्तक छपाइ तथा वितरण गरिएको हो ।
पाठ्यक्रम विकास केन्द्रले उक्त कक्षा १ देखि कक्षा ५ सम्मको पुस्तकहरु छपाई तथा वितरण देश भरीबाट उनीहरुको क्षमतालाई अध्ययन गरी प्रादेशिक हिसाबले १३ वटा नीजि छापाखानाहरुलाई सुचिकृत गरी उक्त जिम्मेवारी दिएको थियो ।
पाठ्यक्रम विकास केन्द्रले सुचिकृत गरेका १३ वटा छापाखाना मध्ये ललितपुरमा रहेको समा प्रिन्टर्सले अग्रणी भूमिका निर्वाह गर्दै सबैभन्दा धेरै पाठ्यपुस्तक छपाई तथा वितरण गरेको पाठ्यक्रम विकास केन्द्रको तत्थ्याङक मा छ ।
उक्त प्रिन्टर्सका सञ्चालक पुष्पकमल दहाल ‘प्रचण्ड’ का घरबेटी समेत रहेका व्यवसायी शारदा प्रसाद अधिकारी रहेको जानकारी समेत पाठ्यक्रम विकास केन्द्रका एक निर्देशकले बताए ।
प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले शैक्षिक वातावरणलाई परिणाम मुखी बनाउने योजना अनुसार पाठ्पुस्तक छपाइ तथा वितरण लाई तदारुकताका साथ समर्थन गर्दै देश भरिका पुस्तक व्यवसायी मार्फत समयमा नै वितरण गरिएको जानकारी समा प्रिन्टर्स, ललितपुरका प्रमुख कार्यकारी निर्देशक अतुल पाण्डेले बताउनुभयो ।
आफ्नो दायित्वमा परेका पुस्तक छपाइ तथा वितरण भइरहेको र माग भएको खण्डमा आगामी दिनमा थप पुस्तक छपाइ तथा वितरणमा तयार रहेको पाण्डेले बताउनुभयो । यो प्रिन्टर्स जस्ता नीजि क्षेत्रका छापाखानाका कारण ले मात्र यो शैक्षिक वर्षमा समय अगावै पुस्तक हरु विधार्थीका हात हातमा पुग्न सफल भएको कुरा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रीय सदस्य महेश शर्माले बताउनुभयो ।

Share26Tweet17Share5

Related Posts

रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

७ बैशाख २०८०, बिहीबार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

७ बैशाख २०८०, बिहीबार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

७ बैशाख २०८०, बिहीबार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

७ बैशाख २०८०, बिहीबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

७ बैशाख २०८०, बिहीबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

७ बैशाख २०८०, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero