रामेछाप । रामेछाप नगरपालिका वडा नं ८ मा रहेको विटार पार्कको सर सफाई गरिएको छ । संविधान दीवस २०७८ सालको अबसर पारेर पार्क संरक्षण समितिको अगुवाईमा शसस्त्र सुरक्षाबल मन्थली,रासमका युवा हरुले समेत पार्कको सर सफाई गरेको हो ।
सर सफाईको लागि शसस्त्र सुरक्षाबल मन्थलीका प्रमुख एवं प्रहरी नायब उपरिक्षक केशब प्याकुरेलको नेतुत्वको प्रहरि टोलिले विटारमा पुगेर पार्कको सर सफाई गरेको थियो । उक्त टोलिले जिल्ला सदरमुकाम मन्थली लगायत जिल्लाका अन्य सामजिक विकासका काममा पनि निकै सहयोग पुर्याएउँदै आएको छ ।

टोलिले पार्कको बाँकि कामको सर सफाईमा पनि सघाउने जानकारि पनि सो अबसरमा डिएसपि प्याकुरेलले गराउनु भयो । कोरोनको कहर संगै स्थानिय प्रशासनले पार्क संचालनमा रोक लगाएपछि झाडिले भरिएको विटार पार्कको बारेमा संचार माध्यमहरुले पनि सफाई नभएको भन्दै खबरदारी गरेका थिए । सोहि आधारमा सर सफाइ अभियानलाई पार्क संरक्षण समितिले पनि अगाडि बढाइ रहेको बेला शसस्त्र प्रहरी बल र अन्य सहयोगि मनले सहयोग गरेको भन्दै पार्क संरक्षण समितिका अध्यक्ष सुनिल रायले धन्यवाद दिएका छन् ।
यो बारेमा तपाईको प्रतिकृया