Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

शुसासन र पारदर्शितामा नबजागरण उदाहरणिय ः सरोकारवाला

नेपाल अभियान नेपाल अभियान
२५ कार्तिक २०७९, शुक्रबार
in आधारभूत, देश, प्रदेश नं ३, विविध, समाचार, समाज
0
58
SHARES
Share on FacebookShare on Twitter


रामेछाप २५ कात्तिक । सदरमुकाम मन्थलीमा कृयाशिल नवजागरण बचत तथा ऋण सहकारी संस्थाले आफुलाई शुसासन र पारदर्शिता अभियानमा अब्बल देखाउने प्रयास गरेको छ ।
उसले शुक्रबार कार्यालयमा जिल्लाका सरोकारवाला,आफना संचालक र आफना केहि शेयर सदस्यहरु समेतको रोहबरमा संस्थाले शुसासनको क्षेत्रमा हाल सम्म गरेको गतिविधि संगै आफना कोष र तिनको अबस्थाका बारेमा जानकारी गराउने प्रयास गरेको हो ।
उसले सहकारीको नियम अनुसार संस्थाको कुल आम्दानी सहित मुनाफा र त्यसबाट बचेको रकमलाई सबैजसो कोषमा प्रवृष्ठ गराएको विबरण पनि स प्रमाण सार्वजनिक गरेको हो । उसले गत आबमा आफना सबै ८ हजार २ सय ३३ जना शेयर सदस्यहरुलाई बाँडफाँड तथा संरक्षित पुँजी फिर्ता कोष मार्फत २४ लाख ८१ हजार ५सय ३७ रुपैया रकम बितरण गरेको जानकारी पनि गराएको छ ।
जस अनुसार आर्थिक वर्ष ०७८÷०७९ को नाफाबाट छुटिएको संरक्षित पुँजी फिर्ता कोष बापतको रकमबाट ३ जना नियमित र असल ऋणीका रुपमा छनौटमा परेका झगरु दास रहेका छन अबोध झा र राकेश गुप्तालाई क्रमशः नगद ३० हजार ३७२ रुपैयाँ २६ हजार ७ सय ६० र तेस्रो रकम २४ हजार २ सय ७३ रुपैयाँको चेक कार्यक्रमका अतिथि जिल्ला सहकारी सङ्घका अध्यक्ष हिमाल ढुङ्गेलले हस्तान्तरण गर्नु भयो ।
कार्यक्रममा नियमानुसार बचेको उक्त कोषको रकमा बाँकि रहेका सबै ८ हजार २ सय ३० जना शेयर सदस्यहरुको खातामा जम्मा गरिदिने संस्थाका सचिव सोमेश थापाले जानकारी गराउनु भएको थियो । शुसासन र पारदर्शि बन्ने अभियानमा लागेको नवजागरणमा हाल सम्म कुल पुँजि ५८ करोड पुगेको छ भने शेयर पुँजि ४ करोड पुगेको पनि सचिब थापाले जानकारी गराउनु भयोे ।
संस्थाका अध्यक्ष श्याम थापाको अध्यक्षता तथा रामेछाप जिल्ला सहकारी संघका अध्यक्ष हिमाल ढुङ्गेलको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा संस्थाले तय गरेको नीति अनुसार र कारोबारको आधारमा शेयर सदस्य हरुलाई रकम उपलब्ध गराईएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ढुङ्गेलले नबजागरण साकोसले गरेको काम जिल्लामै नमुना र उदाहरणिय काम भएको भन्दै यस बाट जिल्लाका अन्य सहकारीहरूलाई पनि पाठ सिक्न आग्रह गर्नु भयो । उहाँले भन्नु भयो पछिल्लो समयमा सहकारीका नाममा शेयर सदस्को पुँजि विचल्लीमा पर्दे गएपछि सरकारले ल्याएको कानून र त्यसैको आधारमा संस्थाले बनाएको निती र विधि लाई अबल्म्बन गर्दे अगाडि बढेको आधारमा नबजागरण उक्त कर्म गर्न सफल भएको भन्दै यसलाई सबैले शिक्षाको रूपमा ग्रहण गर्नु पर्ने विचार पनि ब्यक्त गर्नु भयो ।
कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जेएन दाहालले नवजागरण सहकारी जिल्लाकै नमुना सहकारीको रुपमा स्थापित हुँदै गएको भन्दै संचालकहरुलाई उक्त कर्ममा सरिक भएको भन्दै सबैलाई बधाई पनि दिनु भयो । उहाँले उक्त संस्थालाई नहौसिकन आगामी दिनमा सदस्यहरूको हितमा थप सुधारका काम गर्न पनि आग्रह गर्नु भयो ।
सो अबसरमा नेपाल पत्रकार महासंघका अध्यक्ष बद्री नयाँघरे र कानून ब्यवसायी झम्क कडेलले नब जागरणले सहकारी अभियानमा खेलेको यस खालको भूमिका प्रति धन्यबाद पनि दिनु भएको थियो । उहाँहरुले यस साकोसले पारदर्शिता र शुसानमा खेलेको भूमिकाको प्रसंसा गर्दे यसलाई अन्य सहकारीहरूले पनि अनुसरण गर्न सके सर्ब साधरणको सहकारी प्रतिको विश्वास बढ्न सक्ने पनि बताउनु भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष श्याम थापाले अध्यक्ष थापाले नबजागरण सहकारी संरक्षित पुँजीको तुलनामा जिल्लाकै पहिलो र नमूना भएको भन्दै यो आफनो कर्मका कारण बागमती प्रदेशको उत्कृष्ट सहकारीको रुपमा पुरस्कृत हुन सफल भएको जानकारि पनि दिनु भयो । उहाँले नबजागरण सहकारी संचालक हरुको मेहनत र शेयर सदस्य हरुको सहयोगका कारण पारदर्शिता र शुसासनको कसिमा उभिन सफल भएकोमा सन्तोष ब्यक्त गर्नु भयो ।
यस साकोसले मन्थली र रामेछाप नगरपालिका सहित खाँडादेवी र लिखु तामाकोसी गाउँपालिका समेत गरि कुल ३९ वटा वडाहरुलाई कार्यक्षेत्र बनाएर काम गर्दै आएको जानकारी संस्थाका व्यबस्थापक रमेश उदासले सो अबसरमा जानकारी दिनु भयो ।

Share23Tweet15Share4

Related Posts

गेलुमा ससुराद्वारा बुहारीकाे हत्या
समाचार

गेलुमा ससुराद्वारा बुहारीकाे हत्या

२५ कार्तिक २०७९, शुक्रबार
मन्थलीमा चार दिने योग शिविर आजबाट सुरु
समाचार

मन्थलीमा चार दिने योग शिविर आजबाट सुरु

२५ कार्तिक २०७९, शुक्रबार
भीरपानीमा एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते
समाचार

भीरपानीमा एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते

२५ कार्तिक २०७९, शुक्रबार
जिल्ला प्रशासन कार्यालय मार्फत गुनासाे तथा सुझाव संकलन र नागरिक वडापत्रकाे क्यु आर सार्वजनिक
समाचार

जिल्ला प्रशासन कार्यालय मार्फत गुनासाे तथा सुझाव संकलन र नागरिक वडापत्रकाे क्यु आर सार्वजनिक

२५ कार्तिक २०७९, शुक्रबार
रामेछापमा पनि राजसंस्था पुनःस्थापनाका लागि  संयुक्त जनआन्दोलन समिति गठन
समाचार

रामेछापमा पनि राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठन

२५ कार्तिक २०७९, शुक्रबार
नदीको कटान बाट वस्ती र सार्वजनिक स्थल जोगाउन हप्तौ सम्म श्रमदान
समाचार

नदीको कटान बाट वस्ती र सार्वजनिक स्थल जोगाउन हप्तौ सम्म श्रमदान

२५ कार्तिक २०७९, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.