Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

कार्यालय प्रमुखका कारण रामेछापमा खानेपानीका योजना अलपत्र

superadmin superadmin
२३ पुष २०७९, शनिबार
in आधारभूत, देश, प्रदेश नं ३, विविध, समाचार, समाज
0
72
SHARES
Share on FacebookShare on Twitter


रामेछाप । कार्यालय प्रमुखको बेवास्ताका कारण खानेपानी तथा सरसफाइ डिभिजन नं ४ रामेछाप मार्फत संचालित खानेपानीका अधिकांस योजनाहरुको काम अलपत्र परेको छ । कार्यालयले रामेछाप सहित सिन्धुली र दोलखा जिल्लालाई पनि हेर्नु पर्ने भन्दै कार्यालय प्रमुख जिल्लामा नबस्ने र प्राविधिक कर्मचारी समेतको अभाबका कारण नयाँ योजनाहरुको पनि सम्झौता हुन सकेका छैन्न भने कतिपय चालु योजनाहरु पनि समस्यामा परेको नागरिकहरुले गुनासो गरेका छन् ।
आर्थिक वर्षका ०७९÷८० का लागि यस कार्यालयमा प्रदेशतर्फ रामेछापमा ४४, दोलखामा ६४ र सिन्धुलीमा ४९ गरि जम्मा १ सय ५७ वटा योजना संचालनमा रहेका छन् । संचालित योजना मध्य रामेछापका योजनाहरुको गति भने निकै सुस्त देखीएको नेकपा एमालेका जिल्ला उपाध्यक्ष समेत रहेका खाँडादेवि गाउँपालिका वडा नं ८ का वडा अध्यक्ष ईन्द्र बहादुर तामाङले बताउनु भयो ।
‘को मान्छे कस्तो भनेर समेत नबुझ्ने डिभिजन प्रमुखबाट कसरी काम सम्भव हुन्छ । हाकिमबाट काम हुदैन भनि कर्मचारी आफैले भन्छन्, करडौंका योजना बजेट अभाबमा अलपत्र छन्, अर्को मान्छे आए काम हुन्थ्यो कि, भनेको सरुवा थमौतिनै भएको भन्ने सुनियो अध्यक्ष तामाङले भन्नुभयो ।’

उहाँले भन्नु– ’भयो चालु आर्थिक वर्षको चौमासिक प्रगति विवरण सार्वजनिक गर्नु पर्ने बेला कार्यालय प्रमुखको काम निकै सुस्त देखिन्छ । कार्यालयमा जाँदा पनि प्रमुख भेटिदैनन् । केहि गरि भेटियो भने पनि प्रमुखले कुनै रेसपोन्स गर्दैनन् ।’
कार्यालयले प्रदेश र सङ्घीय तर्फ गरी कूल २ सय ६३ वटा योजनाको काम गर्नु पर्ने हो । तर, अधिकांश योजनाहरू अहिले पनि अलपत्र अबस्थामा रहेका छन् ।

योजनाका कामले गति लिन नसके पछि केहि महिना अघि प्रदेश कार्यालयले डिभिजन प्रमुख जोशीको धादिङ सरुवा गरेको थियो । तर, प्रदेश सचिव स्तरको २०७९ मंसिर ७ मा बसेको बैठकले धादिङमा भएको सरुवा बदर गरी जोशीलाई यथास्थान मन्थलीमा नै रहने गरि पदस्थापन पत्र आएपछि उपभोक्तामा थप अन्योल थपिएको इन्सीन डाँडा खानेपानी उपभोक्ता समितिका उपभोक्ता दीपक थापाले बताउनुभयो ।
जागिर सरुवा भएपछि धादिङ जाने तरखरमा रहेका प्रमुख जोशिको मन्थलीका लागि भएको पदस्थापनाले उनि थप उत्साहित भएको भएपनि सेवाग्राही भने निरास भएका छन् । पदस्थापन संगै उनको कामले गति लिने अबस्था भने नभएको स्रोतको भनाई छ । कार्यालयमा प्रमुख जोशी वाहेक प्राविधिक तर्फका एक जना पनि स्थाई कर्मचारी छैनन् । जसले गर्दा नियमित काममा ढिलाई भएको स्वयं कर्मचारिहरुलेनै बताउने गरेका छन् ।
कार्यालयमा सबैथोक भद्रगोल छ । कार्यालयमा सूचना अधिकारीको पनि ब्यवस्था छैन् । फिल्डमा खटिने कर्मचारी, इन्जिनियर पनि गाउँ गएका छैनन् । यतिबेला उपभोक्ता समितिहरूले काम धमाधम गर्नु पर्नैे बेला कार्यालय प्रमुखले बजेट छैन, भनेर काम रोकिएको अवस्था छ, यो सबै कार्यालय प्रमुखको कारण भएको उपभोक्त प्रवल सुवेदीले बताउनु भयो ।
कार्यालय प्रति आएको गुनासो र काममा आएको अबरोधका बारेमा कार्यालयको प्रगति नदेखिनुमा डिभिजन प्रमुख हुपेन्द्रराज जोशीले भने टालटुले कुरा गरेर उम्कने प्रयास गर्नुभयो । उहाँले ठाडो भाषामा गैर जिम्म्ोवार पुर्ण जवाफ दिंदै भन्नु भयो –‘काम आफ्नो गतिमा हुँदैछ त कार्यालय प्रमुखलाई दोष दिएर मात्र हुन्छ । कार्यालयमा कर्मचारी नै छैनन् त म एक्लै कता–कता मात्र दौड्नु हो ।’
पुष महिना सम्मको कार्य प्रगतिका बारेमा सम्पर्क गर्दा डिई जोशीले पुष महिनाको कार्य प्रगति भने तयार भै नसकेको बताउनु भयो । आफुले ३ वटा जिल्लालाई उत्तिकै महत्वका साथ हेर्नु पर्न भएकोले अन्य जिल्लामा पनि गहिरनु आफनो बाध्यता रहेको जोशीको भनाई रहेको छ ।
यसबारेमा प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मी संग सम्पर्क गर्दा उहाँले सो कार्यालयमा काम नभएको गुनासो आएको भन्दै आइतबार डिभिजन प्रमुखलाई कार्यालयमानै बोलाएर कामको प्रगति र कार्यालयको अबस्थाका बारेमा जानकारी लिने पनि उहाँले बताउनु भयो । त्यस पछि मात्र बाँकि कुरा आफुले भन्न सक्ने भन्दै उहाँले उपभोक्ताको काममा भने कुनै पनि अबरोध हुन नदिने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

Share29Tweet18Share5

Related Posts

पत्रकार घिसिङ प्रेस चौतारी पत्रकारिताबाट सम्मानित
देश

पत्रकार घिसिङ प्रेस चौतारी पत्रकारिताबाट सम्मानित

२३ पुष २०७९, शनिबार
रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न
कारोबार

रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न

२३ पुष २०७९, शनिबार
१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न
प्रदेश नं ३

१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न

२३ पुष २०७९, शनिबार
खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै
आधारभूत

खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै

२३ पुष २०७९, शनिबार
शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल
शिक्षा

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल

२३ पुष २०७९, शनिबार
देवकोटा चोकमा दीप प्रज्वलन
राजनीति

देवकोटा चोकमा दीप प्रज्वलन

२३ पुष २०७९, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.