Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

उमाकुण्डमा सात महिनाको पूँजीगत खर्च ११ प्रतिशत मात्रै, ठूला योजना सम्झौता हुनै बाँकी

नेपाल अभियान नेपाल अभियान
१ फाल्गुन २०७६, बिहीबार
in स्थानीय सरकार
0
138
SHARES
Share on FacebookShare on Twitter

उमाकुण्ड- रामेछापको उमाकुण्ड गाउँपालिकामा चालु आर्थिक वर्षको सात महिनामा पूँजीगत बजेट ११ प्रतिशत मात्रै खर्च भएको छ । पालिकाबाट प्रवाह भएका सार्वजनिक सेवा तथा विकास निर्माणको प्रभावकारीता विषयक सार्वजनिक सुनुवाईमा चालु आर्थिक वर्षको सात महिनमा भएको विकास निर्माणको तथ्यांक प्रस्तुत गर्दै प्रमुख प्रशासकीय अधिकृत इश्वरी सुवेदीले गत साउन देखि माघ २५ गते सम्ममा पूँजीगत बजेटको ११ दशमल ९८ प्रतिशत मात्रै खर्च भएको बताउनुभयो । त्यस्तै बितेको सात महिनामा चालु खर्च पनि १८ दशमलव १३ प्रतिशत मात्रै भएको छ ।

वडामा गएका केही योजनाहरु सम्पन्न भइसकेका तर भुक्तानी हुन बाँकी भएकाले रकम भुक्तानीपछि पूँजीगत खर्च बृद्धि हुने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो । ७ वटा वडा भएको गाउँपालिकामा पचास लाख माथिका योजनाहरु पनि अधिकासं वडामा सम्झौता नभएको वडाध्यक्षहरुले बताएका छन् ।

सार्वजनिक सुनुवाईमा सहभागी भएका नागरिकले चालु आर्थिक वर्षमा काम गर्ने सयम थोरै बाँकी हुदाँ ११ दशमल ९८ प्रतिशत मात्रै खर्च हुँदा असार मसान्त सम्ममा सबै रकम खर्च नहुने होकी भन्दै चिन्ता व्यक्त गरेका छन् । सहभागीहरुले स्थानीय जनप्रतिनिधिलाई बाँकी रहेका योजनाहरु चाँडै सम्झौता गरेर काम सुरु नगरे वर्ष याममा काम गर्न नसकिने भएकाले चाँडो काम गर्न सुझाव दिएका छन् ।

सात महिनाको अवधिमा लक्ष्य भन्दा कम काम भएको भन्दै सार्वजनिक सुनुवाईका सहभागीले गुनासो गरेपछि गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले आर्थिक वर्षको अन्तिम सम्ममा विकास निर्माणका सबै काम गरिने बताउनुभयो । अध्यक्ष सुनुवारले वडाध्यक्षहरुलाई चाँडो सक्न निर्देशन दिँदै काम सम्पन्न गरी भुक्तानी दावी गर्न आग्रह समेत गर्नुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष उर्मिला कार्कीले काम सम्पन्न भएका योजनाहरुको अनुगमन गरी चाँडै भुक्तानीको लागि सिफारिस गरिने बताउनुभयो । उपाध्यक्ष कार्कीले आफ्नो गाउँमा आएका योजनाको काम के कती भएको छ भन्ने विषयमा स्थानीय नागरिकले पनि खोजी गर्नुपर्नेमा जोड दिनुभयो ।

उमाकुण्ड गाउँपालिकाको अयोजना तथा सान नेपालको सहजीकरणमा सोमबार भएको सार्वजनिक सुनुवाईमा सबै वडाका वडाध्यक्षहरुले आफ्नो वडा कार्यालयबाट प्रवाह भएका सार्वजनिक सेवा तथा विकास निर्माणको अवस्थाको बारेमा जानकारी गराएका थिए ।

Share55Tweet35Share10

Related Posts

भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब
खेलकुद

भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब

१ फाल्गुन २०७६, बिहीबार
चिसापनीमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनीमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

१ फाल्गुन २०७६, बिहीबार
वडा अध्यक्षको प्रयास पछि रामेछाप बजार कालोपत्रेको काम अघि बढ्ने
देश

वडा अध्यक्षको प्रयास पछि रामेछाप बजार कालोपत्रेको काम अघि बढ्ने

१ फाल्गुन २०७६, बिहीबार
सुनापति अध्यक्ष कपको उपाधि मुगिखोलाले चुम्यो
देश

सुनापति अध्यक्ष कपको उपाधि मुगिखोलाले चुम्यो

१ फाल्गुन २०७६, बिहीबार
अबिरल बर्षाका कारण खुर्कोट र काभ्रे भन्ज्याङमा रोकिए सबै सवारी साधन
समाचार

अबिरल बर्षाका कारण खुर्कोट र काभ्रे भन्ज्याङमा रोकिए सबै सवारी साधन

१ फाल्गुन २०७६, बिहीबार
मन्थली नगरपालिका आजबाट बालमैत्री स्थानीय शासन युक्त नगर
प्रदेश नं ३

मन्थली नगरपालिका आजबाट बालमैत्री स्थानीय शासन युक्त नगर

१ फाल्गुन २०७६, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero