Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

उमाकुण्डमा कर्मचारी नियुक्तमा मिलेमतो भएको आरोप, गाउँपालिका भन्छः नियमसंत गरेका छौं

नेपाल अभियान नेपाल अभियान
२२ फाल्गुन २०७६, बिहीबार
in स्थानीय सरकार
0
718
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- रामेछापको उमाकुण्ड गाउँपालिकामा राजनीतिक आस्थाको आधारमा कर्मचारी नियुक्त गरिएको भन्दै एक परिक्षार्थीले नियुक्ती रद्दाको माग गर्दै गाउँपालिकामा निवेदन दिएका छन् । उमाकुण्ड गाउँपालिका वडा नम्बर ३ का विजय कार्कीले कृषि बाली विज्ञानको पाँचौ तहमा मिति २०७६/११/२१ गते लिइएको मौखिक परिक्षामा अर्की उम्मेद्वार अविजना कार्कीको नाम मिलेमतोमा निकालिएको भन्दै परिक्षा समितिमा रहेका सदस्यहरुलाई छानविन गरी पाउँ भन्दै विहिबार निवेदन दिएका हुन् ।

बैकल्पिकमा परेका कार्कीले नाम निस्केकी अविजना कार्कीका बाबु नेकपाका पुराना कार्यकर्ता भएकाले राजनीतिक आस्थाकै आधारमा आफू योग्य हुँदा हुँदै पनि उनको नाम निकालेकाले उक्त परिणामलाई रद्दा गरी पुःन लिखित र मौखिक परिक्षा लिन समेत माग गरेका छन् । परिक्षाका लागि पेश गरिएका कागजपत्रको आधारमा आफू अगाडि भएको दावी गर्दै कार्कीले भने– ‘म सँग पहिला पनि विभिन्न ठाउँमा काम गरेको अनुभ थियो, सोही आधारमा मैले दरखास्त हाँले, एक जनाको मात्रै दरखास्त पर्‍यो भनेर सूचनाको एक हप्ता म्याद थपेर अर्को मान्छेलाई दरखास्त हाल्न लगाईयो । त्यस पछि पनि लिखित परिक्षा भएन, एकैचोटी मौखिक परिक्षामा बोलाईयो । मौखिक परिक्षामा पनि मैले राम्रै गरेको थिएँ तर मलाई नराख्ने नियतले परिक्षा समितिले नाम निस्केको महिलाको भन्दा केही नम्बर कम दिएछन् । म पनि उ जतिकै योग्य नै थिएँ तर स्थानीय जनप्रतिनिधिको समेत मिलेमतोमा पार्टीको कार्यकर्ता राख्ने गरी सेटिङमै मलाई विभेद गरि अर्को व्यक्तिको नाम निकालियो ।’

गाउँपालिकाका अध्यक्ष र परिक्षा समितिलाई दिईएको निवेदनमा शैक्षिक योग्यताको प्रमाणपत्र, अन्तरवार्ताको मुल्यांकन फारमको प्रतिलिपि र अन्तरवार्तामा सोधिएका प्रश्नहरु समेत माग गरिएको छ ।

कर्मचारी नियुक्तीमा कुनै विभेद भएको छैन, नियमसंगत गरिएको छः प्रमुख प्रशासकीय अधिकृत सुवेदी

उता गाउँपालिकाका प्रमुख प्रशाकिय अधिकृत इश्वरी प्रसाद सुवेदीले कर्मचारी नियुक्तीमा बैकल्पिकमा परका उम्मेद्वारले भने जस्तो कुनै पनि विभेद नभएको बताएका छन् । उनले भने– ‘गाउँपालिकाले करारमा कर्मचारी नियुक्ती गर्नको लागि बनाएको कार्यविधिमा उल्लेख भए अनुसार पेश गरिएका कागजातको आधारमा छोटो सूचीमा नाम छनौटमा परेका उम्मेद्वारलाई सिधै अन्तरवार्ता लिएर नियुक्त गर्न मिल्छ सोहि अनुसार परिक्षा संचालन गरिएको हो । उहाँहरुले पेश गरेका कागजपत्र र मौखिक रुपमा दिएको परिक्षाको परिणाम अनुसार नाम प्रकाशन गरिएको हो । यसमा कुनै पनि विभेद गरिएको छैन । नियमसंगत नै परिक्षा संचालन गरिएको छ ।’

विषय विज्ञ सहितको आफ्नो संयोजकत्वमा रहेको तीन सदसिय समितिले मौखिक परिक्षामा दिइएको अंकमा कुनै विभेद नभएकाले यदि परिक्षार्थीलाई समिति माथि संका लागे सम्बन्धित निकायमा गएर उजुरी गर्न सकिने पनि प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए । मौखिक परिक्षा दिनु पूर्व पेश गरेका कागजपत्रको प्रतिलिपि नियम अनुसार एक हप्ता भित्र उपलब्ध गराइने पनि उनले बताए ।

Share287Tweet180Share50

Related Posts

रामेछाप नगरका आधा योजना पनि संझौता भएनन्
देश

रामेछाप नगरका आधा योजना पनि संझौता भएनन्

२२ फाल्गुन २०७६, बिहीबार
मन्थलीमा विबिध कार्यक्रमका साथ मनाईयो महिला दिबस
आधारभूत

मन्थलीमा विबिध कार्यक्रमका साथ मनाईयो महिला दिबस

२२ फाल्गुन २०७६, बिहीबार
उमाकुण्डमा हाईड्रोपावरको आँतक,पालिकाले गाडि चलाउन रोक लगाउने
आधारभूत

उमाकुण्डमा हाईड्रोपावरको आँतक,पालिकाले गाडि चलाउन रोक लगाउने

२२ फाल्गुन २०७६, बिहीबार
उमाकुण्ड गाउँपालिकाले पत्रकार सम्मेलन गर्दे भन्यो हाइड्रो पावरको ज्यादति खप्न सकिएन्
देश

उमाकुण्ड गाउँपालिकाले पत्रकार सम्मेलन गर्दे भन्यो हाइड्रो पावरको ज्यादति खप्न सकिएन्

२२ फाल्गुन २०७६, बिहीबार
दशौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता लिखु तामाकोशीमा सुरु
खेलकुद

दशौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता लिखु तामाकोशीमा सुरु

२२ फाल्गुन २०७६, बिहीबार
नगर कपको उपाधि मन्थली वडा नं–१ लाई
खेलकुद

नगर कपको उपाधि मन्थली वडा नं–१ लाई

२२ फाल्गुन २०७६, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.