Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

स्थानीय सरकार आएपनि गुम्देलका नागरिकको पीडा उस्तै, चार दिन कुर्दा पनि हुदैनन योजना सम्झौता

नेपाल अभियान नेपाल अभियान
८ चैत्र २०७६, शनिबार
in स्थानीय सरकार
0
534
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- नागरिकले पाउने सामान्य सेवा देखि ठूला विकासे आयोजनाबाट टाढा रहेका गुम्देलका नागरिकले स्थानीय सरकार आए पछि गाउँमै सेवा पाउने ठूलो अपेक्षा गरेको थिए । तर स्थानीय सरकार आएको तीन वर्ष पुग्न लाग्दा समेत त्यहाँका नागरिकाले सरकारबाट पाउने प्राय सबै सेवाबाट बञ्चित नै हुनु परेको छ ।

उमाकुण्ड गाउँपालिका वडा नम्बर १ गुम्देलका मिरेन्द्र बस्नेत सडकको कामको सम्झौता गर्न एक दिन लगाएर ४ गते गाउँपालिकाको कार्यालय पुगे तर उनको काम ८ गते सम्म पनि भएको छैन् । ४ दिन देखि इन्जिनियरको पर्खाइमा बसेका बस्नेतले भने– ‘गाउँमै इन्जिनियर सर जानुभएको थियो, त्यतिबेला हाम्रो योजनाको काम गर्नु पर्ने भनेर अनुरोध गर्दा गाउँपालिकामै आउनुस म गरिदिन्छु भन्नुभयो । तर त्यहि योजनाको प्राविधिक इस्टिमेट र सम्झौता गर्न गाउँपालिकामा आउँदा उहाँ हुनुहुदो रहेनछ । उहाँलाई फोन गर्दा किन नसोधी आएको भनेर उल्टै गाली गर्नुभयो, गाउँबाट हिड्नु भन्दा अगाडि फोन गर्दा उहाँको नम्बरमा फोन लागेन । जसको कारण म चार दिन देखि यहाँ बसी रहेको छु ।’

उनले थपे– ‘यस विषयमा गाउँपलिका अध्यक्षलाई कुरा राख्यौं, उहाँ काम गर्दै गर्नुस भन्नु हुन्छ । तर अघिल्लो वर्ष पनि त्यसरी सम्झौता नगरी काम गरियो, भुक्तानी लिने बेला सम्झौता किन नगरेको भनेर भुक्तानी दिन आनाकानी गरियो । त्यहि भएर पनि सम्झौता गरेर मात्रै काम गर्नु पर्ने भएको हुँदा सम्झौता गरेर फर्किन खोजेको तर इन्जिनियर सर कहिले आउनुहुन्छ थाहा छैन् ?’

मार्बु–बाल्दिङ–गुम्देल सडक उपभोक्ता समितिका अध्यक्ष रहेको मिरेन्द्र बस्नेतले उक्त योजनाको रकम २० लाख भएको बताए । यसरी समयमै सम्झौता गर्न नसके उक्त काम वर्षादको कारणले यस वर्ष सम्पन्न गर्न कठिन हुने समेत उनले बताएका छन् । गाउँपालिकाबाट आफ्नो जस्ता योजना सम्झौता भइरहेको तर मार्बु–बाल्दिङ–गुम्देल सडकको योजना मात्रै इन्जिनियर हुसनैन अंसारी आएर गर्नु पर्छ भने पछि आफ्नो काम गाउँपालिकाले नियतबस नगरेको आरोप समेत बस्नेतको छ ।

स्थानीय सरकारको चुनावले हामीलाई निकै खुसी बनाएको थियो, नागरिकले पाउने सेवा र सुविधाले पनि खुसी दिन्छ होला भनेको तर पहिलेको भन्द अहिले बढी सास्ती खेप्नु प¥यो, ‘ गुम्देलका हाकिम बहादुर बस्नेतले भने । करोड माथिको लागतको डिपिआर तयार गरेर थालिएको उमाकुण्ड– १ को वडा कार्यालय निर्माणको लागि चालु आर्थिक वर्षमा ३० लाख रकम विनियोजित भएको र उक्त कामको सम्झौता गर्न ४ दिन अघि गाउँपालिका आउँदा इन्जिनियर छैन भन्दै अहिले सम्म काम नगरेको बस्नेतको आरोप छ । अघिल्लो वर्ष पनि वडा भवन निर्माणको लागि विनियोजित रकमबाट काम गराउन खोज्दा इस्टिमेट गरेर ल्याए पछि मात्रै सम्झौता गरिदिने भन्दै गाउँपालिकाले भनेपछि बाहिराको इन्जिनियरबाट इस्टिमेट गराएर ल्याउनु परेको तितो अनुभव हाकिम बहादुर बस्नेतले सुनाए । यस वर्ष पनि उक्त वडा भवनको काम गर्न स्थानीयले उपभोक्ता समितिको अध्यक्ष आफैलाई बनाइदिएपछि सम्झौता गर्न आउँदा इन्जिनियरको कारण अघिल्लो बर्षको भन्दा बढी पीडा भएको उनको गुनसो रहेको छ ।

यस विषयमा गाउँपालिकाकै कामले काठमाण्डौमा रहेका इन्जिनियर हुसनैन अंसारीले आफ्नो कारणले उक्त काम नरोकिने दावी गरेका छन् । मार्बु–बाल्दिङ–गुम्देल सडकमा दुगड ग्रुपले पनि काम गरेकाले कसरी काम गर्ने भन्ने विषयमा केही समस्या भएपनि त्यो समस्या गाउँपालिका र वडा कार्यालयले समाधन गर्न सक्ने उनले बताए । गुम्देलको वडा कार्यालयको विषयमा कुनै पनि समस्या नभएकाले त्यसलाई सम्झौता गरेर काम गर्न सकिने इन्जिनियर अंसारीको भनाई रहेको छ । त्यस्तै आफू गाउँपालिकाको कार्यालयमा नभए पनि अर्का इन्जिनियर र सव ओभरसियरले काम गर्न मिल्ने उनले बताए । आफ्नो कार्यक्षत्र वडा नम्बर १, २ र ३ मात्रै भएको बताएका अंसारीले अर्का इन्जिनियरले सबै काम नजानेकाले पालिकाको सबै काम आफूले गर्दै आएको बताए । यसरी लोक सेवाबाटै नाम निकालेर आएका अर्का इन्जिनियरलाई सबै काम गर्न आउँदैन भन्नु थाई रुप्मा काम गर्न आएका इन्जिनियरको कार्यदक्षता माथी प्रश्न उठेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद सुवेदीले इन्जिनिय नभए पनि सव ओभरसियरलाई काम गर्न भनी सकेको बताएका छन् । योजना सम्झौता नभएको विषयमा वडाबाट आवश्यक डाटा ढिला आएकाले केही ढिला भए पनि दुई योजनाका काम आइतबारनै हुने उनले बताए ।

गाउँपालिका अध्यक्ष र इन्जिनियरको मिलेमतो हुँदा जनताले दुख पाएः उपाध्यक्ष कार्की

नागरिकले भोग्नु परेको समस्याको बारेमा योजना तर्जुमा समितिको संयोज एवं गाउँपालिका उपाध्यक्ष उर्मिला कार्कीसँग नेपाल अभियानले बुझ्न खोज्दा गाउँपालिका अध्यक्ष शेर बहादुर सुनुवारले इन्जिनियरसँगको मिलेमतोमा जनतालाई दुःख दिइएको आरोप लगाईन् । उनले भनिन्– ‘गुम्देलबाट आउने जस्तै उपभोक्त समितिका अन्य मानिसको काम सव ओभरसियर सुजन कार्कीले गरिरहनुभएको छ । तर गुम्देलबाट आउने दुई उपभोक्त समितिका मानिसलाई भोली हुन्छ, पर्सी हुन्छ भन्दै झुलाएर अन्तिममा आएर इन्जिनियर हुसनैन अंसारी आएपछि मात्रै काम हुन्छ भनियो यो सबै काम गाउँपालिका अध्यक्षको डिजाइनमा भएको हो ।, गाउँपालिकाको थाई इन्जिनियर हुँदा हुँदै उहाँलाई बायोस गरेर करारमा हुसनैन अंसारी नियुक्त गरेर गाउँपालिका अध्यक्षको डिजाईनमा फरक बिचार भएका नागरिकलाई दुख दिने काम भएको छ ।’

उनले थपिन– ‘यसरी विभिन्न योजनाको सम्झौता समयमै नहुँदा धेरै योजनाको काम समेत समयमै सम्पन्न हुन सकेका छैन् । त्यति मात्रै हैन समय अभावका कारण गुणस्तरिय काम समेत हुँदैन् ।’ यसरी नागरिकले एउटा कामको लागि हप्तौ बस्नु पर्ने बाध्यतालाई समधान गर्न नसक्नु गाउँपालिका अध्यक्षको कमजोरी रहेको समेत उपाध्यक्ष कार्कीले आरोप लगाईन् ।

Share407Tweet53Share15

Related Posts

खाँडादेवी गा.पा को वडा नं–५ मा विरोध प्रदेर्शन
प्रदेश नं ३

खाँडादेवी गा.पा को वडा नं–५ मा विरोध प्रदेर्शन

८ चैत्र २०७६, शनिबार
रामेछाप नगरका आधा योजना पनि संझौता भएनन्
देश

रामेछाप नगरका आधा योजना पनि संझौता भएनन्

८ चैत्र २०७६, शनिबार
मन्थलीमा विबिध कार्यक्रमका साथ मनाईयो महिला दिबस
आधारभूत

मन्थलीमा विबिध कार्यक्रमका साथ मनाईयो महिला दिबस

८ चैत्र २०७६, शनिबार
उमाकुण्डमा हाईड्रोपावरको आँतक,पालिकाले गाडि चलाउन रोक लगाउने
आधारभूत

उमाकुण्डमा हाईड्रोपावरको आँतक,पालिकाले गाडि चलाउन रोक लगाउने

८ चैत्र २०७६, शनिबार
उमाकुण्ड गाउँपालिकाले पत्रकार सम्मेलन गर्दे भन्यो हाइड्रो पावरको ज्यादति खप्न सकिएन्
देश

उमाकुण्ड गाउँपालिकाले पत्रकार सम्मेलन गर्दे भन्यो हाइड्रो पावरको ज्यादति खप्न सकिएन्

८ चैत्र २०७६, शनिबार
दशौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता लिखु तामाकोशीमा सुरु
खेलकुद

दशौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता लिखु तामाकोशीमा सुरु

८ चैत्र २०७६, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.