Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

खाद्यन्न ढुवानीमा स्थानीय सरकारको असहयोग, दिमीपोखरीमा रुखले सडक अवरुद्ध गरेको आरोप

नेपाल अभियान नेपाल अभियान
१८ चैत्र २०७६, मंगलवार
in समाचार, समाज, स्थानीय सरकार
0
98
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- कोरोना नियन्त्रणको लागि आवतजावतमा रोक लगाउने भन्दै गाउँका विभिन्न ठाउँमा सडक अवरुद्ध गरेपछि गाउँ–गाउँमा अत्यावश्यक खाद्यन्नका सामाग्री ढुवानी गर्न समस्या भएको व्यवसायिहरुले गुनासो गरेका छन् । कोरोना भाइरस नियान्त्रणको लागि सरकारले लगाएको लकडाउनको बेला गाउँमा खाद्यन्न अभाव भएपछि स्थानीय प्रशासनको अनुमती लिएर खाद्यन्न लिएर सुनापति–२ दिमीपोखरी गएको ढुवानीको साधन स्थानीय सरकारले बाटोमा रुख ढालेर रोक लगाए पछि आफूहरुलाई समस्या भएको व्यवासयि जनक रायले आरोप लगाउनुभएको छ । जेनिता एण्ड जेनिका किराना पसल सुनापति–२ दिमीपोखरी मैरेका लागि खाद्यन्नका सामाग्री लिएर सोमबार ढुवानीको साधन त्यस तर्फ गएको थियो ।

व्यवसायि रायले भन्नुभयो– ‘यतिबेला कोरोनाले गर्दा मानिसहरु त्रासमा छन, त्यो भन्द पनि गाउँमा खाद्यन्न सकिँदै गएपछि झन त्रासमा परेका स्थानीयको पीडालाई कम गर्न मन्थलीबाट जिल्ला प्रशासन कार्यालयको अनुमती लिएर अत्यावश्यक खाद्यन्नका सामाग्री बोकेर आएको गाडीलाई वडाध्यक्ष कमल कुमार केसीले बाटोमा रोकेर खाडी खानतलसी गर्दै चाबी नियन्त्रणमा लिएर चामाल बोकेको गाडीमा रहेको चार काटुन चिसोलाई देखाउँदै किन यो चिसो ल्याएको भन्दै चालक र सहचालकलाई थर्काउनुभएछ । केही समय गाडी रोकेर छोडिदिनुभएछ, त्यसपछि गाडीमा भएको सामाग्री झारेर गाडी मन्थली तर्फ फर्कदै गर्दा वडाध्यक्षकै निर्देशनमा लाटापानी भन्ने स्थानमा सडकमा रुख ढालेर सडक अवरुद्ध गर्नुभएछ । मैले गाडी चालकलाई त्यहाँबाट फर्केर मानपुरको बाटो हुँदै जाउँ भने तर, त्यहाँबाट जाँदा पनि सडकमा रुख काटेर तेस्र्याएर गाडी छिर्न दिनुभएन । मैले के हो भनेर गाल्पा प्रहरीलाई फोनमा बुझ्दा वडाध्यक्षले त्यो बाटोको रुख नपन्छाउनु भनेको छ भन्ने जानकारी पाएँ । त्यसपछि रामेछापका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई घटनाको विवरण भनेपछि मात्रै प्रहरी आएर बाटो खुला गरेपछि गाडी मन्थली लैजन सकियो । यसरी गाउँमा खाद्यन्न अभाव हुन नदिन हामीले कोरोनाको जोखिमलाई समेत बेवास्ता गरेर काम गर्न खोज्दा स्थानीय सरकारले असहयोग गर्नु स्थानीय नागरिक प्रति जनप्रतिनिधि उदासिन भएको देखिन्छ ।’

सडक अवरुद्ध गरिएको छैनः वडाध्यक्ष केसी

उता वडाध्यक्ष कमल कुमार केसीले आफूले कुनै पनि ढुवानीका साधनलाई नराम्रो व्यवहार नगरको दावी गर्नुभएको छ । कोरोना भाइरसलाई मध्यनजर गर्दै चिसो पिय पदार्थ ल्याउन वडा कार्यालयले रोक लगाएले उक्त गाडीले केही चिसो पिय पदार्थ लिएर आएकाले यो ल्याउन पाइदैन किन ल्याएको भनेर प्रश्न गर्दा उल्टै चालकले मुख छोडेकाले बरु आफूले सम्झाएर पठाएको वडाध्यक्ष केसीले बताउनुभयो । त्यस्तै सडकमा रुख ढालेर सडक अवरुद्ध गरेको भन्ने आरोपमा सत्यता नभएको पनि उहाँले बताउनुभयो । लकडाउनको नियम उलंघन गरेको भन्दै स्थानीयले केही ठाउँमा सडक अवरुद्ध गराएका हुन्, तर मैले गराउन लगाएको हैन्, ‘वडाध्यक्ष केसीले भन्नुभयो, अवरुद्ध भएको सडक खुलाउने विषयमा आफूले स्थानीयसँग समन्वय गरेर काम गरीरहेको छु ।’

रातीको समय भएकाले उक्त गाडीमाथी बाटो बन्द गराउने मानिसहरुले गाडीमा क्षति गर्न सक्ने भन्दै सुरक्षको लागि गाल्पा प्रहरीलाई उक्त गाडी रोक्न अनुरोध गरेको समेत वडाध्यक्ष केसीले बताउनुभयो ।

Share39Tweet25Share7

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१८ चैत्र २०७६, मंगलवार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१८ चैत्र २०७६, मंगलवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१८ चैत्र २०७६, मंगलवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१८ चैत्र २०७६, मंगलवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१८ चैत्र २०७६, मंगलवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१८ चैत्र २०७६, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero