Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

आँखा पाक्ने रोग बढे सँगै मन्थलीका   विद्यालय बन्द

नेपाल अभियान नेपाल अभियान
२८ श्रावण २०८०, आईतवार
in देश, प्रदेश नं ३, समाचार
0
55
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २८ साउन — आँखा पाक्ने रोगले सङ्क्रमणको सङ्क्रमणको रूप लिन  थाले सँगै जिल्ला सदरमुकामका तीन विद्यालयले  बिदा दिने निर्णय गरेका छन् ।  बजार गाउँ र विद्यालयमा पनि आँखाका रोगीहरू अत्याधिक रूपमा बढेपछि  धेरै विद्यार्थी भएको मन्थली माविले एक साताका लागि पठनपाठन बन्द गर्ने निर्णय गरेको  छ ।

उसले आइतबार अध्ययनका लागि विद्यालय पुगेका छात्रछात्राहरूलाई विद्यालय सञ्चालन भएको केही बेरमै बिदा दिइएको हो । उनीहरूलाई अर्को हप्ताको आइतबार मात्रै विद्यालय आउनका लागि सूचना गरेको  विद्यालयका प्र अ  टङ्कप्रसाद दाहालले बताउनु भयो  ।

प्र अ दाहालका अनुसार विद्यालयका १ हजार ३ सयमध्ये ४ सयभन्दा धेरै छात्रछात्राहरू आँखा पाक्ने रोगबाट ग्रसित भएका छन् । आँखाको रोगबाट ९ जना शिक्षक पनि ग्रसित भएको प्र अ दाहालले बताए ।

त्यसै गरी सदरमुकाम मन्थलीमा रहेका ३ वटा निजी विद्यालयले पनि आँखाको सङ्क्रमणकै कारण तीन दिन बिदा दिने निर्णय गरेका छन् । प्राप्त सूचना अनुसार २९ गते सोमबारदेखि आगामी बुधवार सम्म तीन वटै निजी विद्यालय बन्द हुने भएकोले अविभाबकहरुलाई सचेत पूर्वक नानी बाबुहरूको ख्याल गर्न पनि ती विद्यालयले भनेका  छन् ।

तामाकोसी आवासीय बोर्डिङ स्कुलमा अध्ययन गर्ने १ हजार १ सय विद्यार्थीमध्ये २ सय ५० जनाभन्दा धेरै बिरामी परेका छन् ।

केही दिनयता मन्थली र आसपासका क्षेत्रमा आँखा पाक्ने रोगको सङ्क्रमण तीव्र रूपमा फैलिएको छ । जिल्ला सामुदायिक आँखा केन्द्र रामेछापका अनुसार आँखा पाक्ने रोग लिएर केन्द्रमा दैनिक करिब १ सय जना बिरामीहरू आउन थालेका छन् । जबकि यसअघि दैनिक २० को हाराहारीमा मात्र आँखाका बिरामीहरू आउने गरेका थिए ।

आँखा पाक्ने रोगले जिल्ला अस्पताल, तामाकोसी अस्पताल, रामेछाप सामुदायिक आँखा अस्पताल र मन्थली अस्पतालमा बिरामी आउने क्रम बढेको छ । जिल्लामा रहेका चस्मा पसलमा पनि भिडभाड देखिन थालेको छ ।

सङ्क्रमण पूर्ण रूपमा निको हुन अरू  एक साता लाग्ने अनुमान चिकित्सक हरूले गरेका छन् ।

Share22Tweet14Share4

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२८ श्रावण २०८०, आईतवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२८ श्रावण २०८०, आईतवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२८ श्रावण २०८०, आईतवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२८ श्रावण २०८०, आईतवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२८ श्रावण २०८०, आईतवार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२८ श्रावण २०८०, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero