रामेछाप ३० साउन । नेकपा एमालेले आफ्ना केन्द्रीय सदस्य माधव ढुङ्गेललाई सङ्गठन विभागको सचिवको जिम्मेवारी दिएको छ । सोमबार बसेको सचिवालयको बैठकले अनेरास्ववियुका पूर्व केन्द्रीय अध्यक्ष समेत रहनु भएका रामेछाप घर भएका ढुङ्गेललाई सङ्गठन विभागको सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो ।
पार्टीको सङ्गठन निर्माणमा कुशल भूमिका निर्वाह गरेकै कारण केन्द्रीय विद्यार्थी फाँटको इन्चार्जसमेत सम्हालिसकेका ढुङ्गेलले नेकपा एमाले सरकारमा छँदा राष्ट्रिय युवा परिषदमा दुई कार्यकाल उपाध्यक्षको जिम्मेवारी समेत सम्माहालि सक्नु भएको छ ।
यो बारेमा तपाईको प्रतिकृया