रामेछाप ९ भदौ । नेपाल माझी उत्थान सङ्घ मन्थलीमा सम्पन्न प्रथम नगर अधिवेशनले रामबहादुर माझीको अध्यक्षमा सर्व सहमतिले मन्थली नगर कमिटी गठन गरेको छ । शनिवार मन्थलीमा भएको अधिवेशनले रामबहादुर माझीको अध्यक्षतामा १५ सदस्य नगर कार्यसमिति सर्व सहमतिमा गठन गरेको हो ।
नव गठित समितिको वरिष्ठ उपाध्यक्षमा अमृता माझी (भटौली), उपाध्यक्षमा गणेशबहादुर माझी (जखनीटार) चयन भएका छन् भने सचिवमा मनीषा माझी (कुनौरी), सह–सचिवमा तेजबहादुर माझी (करम बोट), कोषाध्यक्षको जिम्मेवारी लेखबहादुर माझी ( सेलेघाट) ले पाएका छन् ।
त्यसैगरि सदस्यहरूमा उर्व माझी (मसानटार), लालुमाया माझी (हात्तिटार), गोपाल माझी (मुगिटार), महेन्द्र माझी (भटौली), मखौरे माझी (वडारे), डम्बरबहादुर माझी (गाईखुरा) र गणेश माझी (नपुघाट) लाई चयन गरिएको नेपाल माझी उत्थान सङ्घ रामेछाप–काठमाडौँ सम्पर्क समाज समितिका अध्यक्ष बालकृष्ण माझीले दिनु भयो । सो अवसरमा केन्द्रीय सचिव गोपाल माझी लगायत जिल्ला कार्य समितिका पदाधिकारी र नगर वडा कमिटीका पदाधिकारीहरूको पनि सहभागिता रहेको थियो ।











यो बारेमा तपाईको प्रतिकृया