रामेछाप १३ भदौ । मन्थली नगरपालिका ८ चिसापानीको चिसापानी कृषि सहकारी संस्थाले स्थानीय युवाहरूलाई कसरी व्यवसाय मार्फत आत्मनिर्भर र स्थानीय कृषि उपजको व्यवस्थापन मार्फत कसरी आय आर्जनमा सरिक बनाउन सकिन्छ भन्ने उदश्यले बुधवार एक अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ ।
वडा अध्यक्ष गोपाल श्रेष्ठलाई प्रमुख अतिथि बनाएर सञ्चालन गरिएको उक्त कार्यक्रममा एक घर एक टनेल गोलभेँडा खेती ,भैसि संरक्षण, बिमा र दुग्ध सङ्कलन केन्द्र सटही पसल सञ्चालन गर्ने लगायतका योजना निर्माण गरेर अगि बढ्ने निष्कर्ष पनि भेलाले निकालेको छ । सा कार्यक्रममा वडा अध्यक्ष गोपाल श्रेष्ठले सहकारी मार्फत व्यवसाय गर्न चाहने कृषकहरूलाई वडा कार्यालय सहयोग गर्न तयार रहेको बताउनु भएको थियो ।
त्यसका लागि आफूले व्यवसायी रूपमा भैसि पालन गर्न चाहनेहरूका लागि वडा कार्यालय जवानी बसेर सहुलियत दरमा ऋणको व्यवस्थापन गर्न र भैँसीको बिमा पनि वडा कार्यालयलेनै गरिदिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा चिरञ्जीवी डेरी मन्थलीका प्रोप्राइटर भानु भक्त श्रेष्ठले दुग्ध उत्पादन मार्फत व्यवसाय गर्न चाहने हरुका लागि आफू सहयोग गर्न तयार रहेको बताउनु भयो । उहाँले त्यसका लागि कृषकहरूलाई निर्धक्कता र लक्षित उद्देश्यका साथ भैसि व्यवसायमा लाग्नका लागि पनि आग्रह गर्नु भयो । त्यसो भएमा दूध सङ्कलन केन्द्र खडा गरी आफूले स्थानीय सबै दूधलाई खरिद गरिदिने तयार रहेको प्रतिबद्धता व्यक्त गर्नु भयो । अन्तरक्रिया कार्यक्रममा करिब ४० जना कृषकहरूको सहभागिता रहेको थियो ।
यो बारेमा तपाईको प्रतिकृया