Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापकी  महिला अगुवा कान्छी दिदीको निधन 

नेपाल अभियान नेपाल अभियान
२९ माघ २०८०, सोमबार
in देश, प्रदेश नं ३, समाचार
0
52
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २९ माघ । सामाजिक अगुवा,नेपाली काँग्रेसकी नेतृ नेपाल महिला सङ्घ रामेछापकी संस्थापक अध्यक्ष गणेश कुमारी भट्टराई (कान्छी दिदी )को निधन भएको छ । लामो समय देखि घाँटीको  क्यान्सर बाट पीडित  भट्टराईको ८५ वर्षको उमेरमा सोमबार बिहान निजी निवास मन्थलीको बिपी चोक नजिकै निधन भएको हो ।

जिल्लामा अगुवा महिलाको रूपमा स्थापित भट्टराईले २०३६ साल देखि नेपाली   काँग्रेस संग आबद्ध भएर सक्रिय राजनीतिमा लाग्दै गर्दा नेपाली काँग्रेसको भगिनी संस्था नेपाल महिला सङ्घ रामेछापको  संस्थापक अध्यक्ष बन्ने मौका पनि पाउनु भएको थियो । सो क्रममा उहाँ परिवर्तनको पक्षमा पार्टीले विभिन्न समयमा सञ्चालन गरेको आन्दोलनमा पनि सक्रिय भूमिका निभाउँदै आउनु  भएको थियो । 

यसै बिच नेपाली काँग्रेसले पनि   भट्टराई प्रति गहिरो समवेदनाको कामना पनि गरेको छ । उक्त घटना नेपाली काँग्रेसलाई दुखी बनाएको भन्दै पार्टी सचिव दीपक खड्काले भट्टराईको घटनाले नेपाली काँग्रेस रामेछापले एउटा असल गुमाएको छ भने उहाँको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको पनि बताउनु भएको छ ।   

एकल जीवन बिताउँदै आउनु भएकी भट्टराईको सबलाई आजै तामाकोशि नदिमा अन्तिम दाहसंस्कार गरिएको थियो । सो अवसरमा नेपाली काँग्रेसका नेताहरूले पाटीको चार तारे झन्डा पनि ओढाएर उहाँको पार्थिव शरीरलाई सम्मान पनि गर्नु भएको थियो  । उहाँको निधन प्रति शोकाकुल रामेछाप काँग्रेसले  शोक पुस्तिका राखेर १३ दीनका दिन शोक सभा गर्ने कार्यक्रम समेत जनाएको छ । स्वर्गीय भट्टराईको १९९४ फागुन १० गते मन्थलीमा  जन्म भएको थियो । 

Share21Tweet13Share4

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

२९ माघ २०८०, सोमबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

२९ माघ २०८०, सोमबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

२९ माघ २०८०, सोमबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

२९ माघ २०८०, सोमबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

२९ माघ २०८०, सोमबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

२९ माघ २०८०, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero