रामेछाप ५ माघ । जिल्ला कारागार रामेछापमा रहेका १सय ४३ जना कैदी बन्दीहरूको आँखा परीक्षण गरिएको छ । तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँ, रामेछाप शर्जिकल आँखा केन्द्र रामेछाप, जिल्ला कारागार रामेछाप र रामेछाप ग्रामीण आँखा केन्द्रको संयुक्त आयोजनामा शनिवार रामेछाप कारागार परिसर भित्र सञ्चालन गरिएको आँखा जाँच शिविरमा एकै दिन १ सय ४३ जना कैदी बन्दीको आँखा परीक्षण गरिएको हो ।
शिविरमा गरिएको आँखा परीक्षणमा ४० जनाले चस्मा लगाउनु पर्ने देखिएको छ भने ३ जनाको आँखा पाक्ने र ९ जनाको आँखा चिलाउने रोग देखिएको छ । त्यसैगरि अरू ८८ जना बिरामीहरूमा भने आँखाको अवस्था सामान्य रहेको परिरक्षणबाट खुलेको ९ जना र अरू सामान्य समस्या देखिएका ८८ जना कैदी बन्दीहरूले आँखा जाँच शिविरमा सेवा प्राप्त गरेको रामेछाप शर्जिकल आँखा केन्द्र मन्थलीका आँखा स्वास्थ्य कार्यकर्ता पुष्कल घिमिरेले जानकारी दिए ।
त्यसैगरि आँखा परीक्षणका क्रममा मोतिया बिन्दु को अप्रेसन गर्नु पर्ने ३ जना भेटिएकाले आगामी चैत १ र २ गते रामेछाप शर्जिकल आँखा केन्द्र मन्थलीमा संंचालन गरिने आँखाको शिविरमा शल्यक्रिया गर्नका लागि सुझाव सहित रेफर गरिएका पनि घिमिरेले बताए ।
जिल्ला कारागार शाखाको समन्वयमा भएको आँखा परीक्षण सिविरका लागी आर्थिक सहयोग भने हिमालयन मोतिया बिन्दु परियोजना युएसएकोले गरेको थियो ।
यो बारेमा तपाईको प्रतिकृया