रामेछाप । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फो निज) रामेछापले नेपाल पत्रकार महासङ्घमा ताला लगाउने सम्मको चेतावनी दिएको छ । उसले महाँसंघका संस्थापक अध्यक्षमा सत्यनारायण बहादुर श्रेष्ठको नाम कायम गर्नु पर्ने माग कार्यान्वयन नभए ७ दिन पछि कार्यालयमा ताला लगाउने सम्मको को अल्टिमेटम सहितको स्मरण पत्र बुझाएको हो ।
फो निज बागमती प्रदेश अध्यक्ष युवराज श्रेष्ठ सहित फो निज रामेछापका अध्यक्ष कुमार श्रेष्ठको नेतृत्वमा कार्यालयमा पुगेको टोलीले नेपाल पत्रकार महासङ्घ रामेछापको अध्यक्ष बद्री नयाँघरेलाइ अल्टिमेटम पत्रसहित स्मरण पत्र बुझाएको हो ।
महाँसंघलाई बुझाएको अल्टिमेटम पत्रमा विभिन्न ऐतिहासिक दस्ताबेज सहितको प्रमाण आधार हुँदा हुँदै पनि श्रेष्ठलाई महासङ्घले संस्थापकको मान्यता नदिएको भन्दै ७ दिन भित्र संस्थापकको मान्यता दिन पनि माग गरेको छ । यदि आफ्ना मागहरूको उचित सम्बोधन नभए महासङ्घमा ताला लगाउने देखि विभिन्न सङ्घर्षका कार्यक्रम गर्ने पनि फोनजीले आफ्नो स्मरण पत्रमा उल्लेख गरेको छ ।
स्मरण पत्र बुझ्दै नेपाल पत्रकार महासङ्घ रामेछापका अध्यक्ष नयाँ रेले फोनिजको स्मरण पत्रलाई केन्द्रीय कार्यालयमा यथाशीघ्र पठाउने बताए । नयाँ रेले फोनिजको मुद्दालाई सम्बोधन गर्न सहज वातावरण तयार गर्ने प्रतिबद्धता समेत टोली समक्ष बताएका थिए ।
यो बारेमा तपाईको प्रतिकृया