Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मच्छेडाँडीमा निर्मित केवलेश्वर मन्दिरको प्राण प्रतिष्ठा गरियो 

नेपाल अभियान नेपाल अभियान
२५ फाल्गुन २०८०, शुक्रबार
in देश, प्रदेश नं ३, समाचार
0
35
SHARES
Share on FacebookShare on Twitter

 रामेछाप २५ फागुन ।  मन्थली नगरपालिका वडा नं.–१,मच्छेडाँडीमा निर्मित केवलेश्वर महादेव मन्दिरको प्राण प्रतिष्ठा गरिएको छ । स्थानीय हरुको सक्रियता सँगै विभिन्न भक्तजनहरू र स्थानीय सरकार समेतको सहयोगमा निर्माण गरिएको केवलेश्वर महादेव मन्दिरको  महा शिवरात्रिका अवसर पारेर राष्ट्रिय पञ्चायतका पूर्व अध्यक्ष  श्री नवराज सुवेदीले शुक्रवार प्राण प्रतिष्ठा गर्नु भएको हो ।

महाशिवरात्रि पर्वको पावन अवसर पारेर गरिएको उक्त मन्दिरको प्राण प्रतिष्ठा र पूजा अर्चना पछि प्रमुख अतिथि समेत रहनु भएका राष्ट्रिय पञ्चायतका पूर्व अध्यक्ष  सुवेदीले हिन्दु धर्मको रक्षाका लागि नव निर्मित केवलेश्वर महादेवको मन्दिर वरदान साबित हुने बताउनु भयो । उहाँले नव निर्मित मन्दिरको नित्य पूजा गर्नका लागि छुट्टै अक्षय कोष खडा गर्नु पर्ने र त्यसका लागि आफूले पनि सहयोग गर्ने आश्वासन दिनु भयो । 

उहाँले हिन्दु धर्म धर्महरूको पनि मूल धर्म भएकोले यसको रक्षा  सँगै प्रचार प्रसारमा पनि सबैले लागि पर्नु पर्ने धारणा राख्नु भयो ।  पछिल्लो समयमा  क्रिष्चियन धर्मालम्बिहरुको दब दवाहटलाई रोक्नका लागि पनि  हिन्दु धर्मालम्बिहरुनै जुरमुराउनु पर्नै भन्दै   यस तर्फ सबै हिन्दुहरूलाई  गम्भीर हुन पनि आग्रह गर्नु भयो । 

स्थानीय अगुवाहरूको निर्देशन र सहकार्य सँगै युवाहरूको सक्रियतामा निर्माण गरिएको उक्त मन्दिर निर्माणका लागि विभिन्न श्रद्धालु भक्तजनहरू बाट प्राप्त आर्थिक सहयोगका साथै मन्थली नगरपालिका वडा नं १बाट ३ लाख,अम्बोटे चउर पुर्वाधार विकास आयोजना बाट ५० हजार,केवलेश्वर मच्छेडाँडी तरकारी उत्पादन समूहबाट १२हजार  ६ सय ५५,मच्छेडाँडी पानी टयाँकि खजुरे उपभोक्ता समितिको ५ हजार ३ सय ५५ तथा मच्छेडाँडी आमा समूहबाट ५ हजार ५ रुपैयाँ, नगद सहयोग प्राप्त भएको थियो ।

उक्त मन्दिरका लागि आवश्यक जग्गा स्वर्गीय पिता देवी बहादुर र माता भक्त कुमारीको स्मृतिमा उहाँका छोराहरू स्थानीय कृष्ण बन्धु र श्याम के सी तथा स्वर्गीय हजुरबुवा शिव शङ्कर स्वर्गीय हजुरआमा अम्बिका देवी,र स्वर्गीय बुबा यादव कृष्ण सुवेदी समेतको स्मृतिमा उहाँका छोरा मेघराज सुवेदीबाट प्राप्त भएको र सोही  जग्गामा मन्दिर निर्माण गरिएको उक्त मन्दिर निर्माण समितिका अध्यक्ष गोविन्द प्रसाद सुवेदीले जानकारी दिनु भयो ।

प्राण प्रतिष्ठा कार्यक्रममा  वडा नं १ का वडा अध्यक्ष होम प्रसाद पौडेल,ज्येष्ठ नागरिक र स्थानीय श्रद्धालुजनहरुको उल्लेखनीय रहेको थियो । सो अवसरमा सहयोगी र जग्गादाताहरूलाई पनि सम्मान गरिएको थियो । 

Share14Tweet9Share2

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

२५ फाल्गुन २०८०, शुक्रबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

२५ फाल्गुन २०८०, शुक्रबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

२५ फाल्गुन २०८०, शुक्रबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

२५ फाल्गुन २०८०, शुक्रबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

२५ फाल्गुन २०८०, शुक्रबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

२५ फाल्गुन २०८०, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero